भारतलाई १२८ रनले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रोपटक एसीसी इमर्जिङ टिम्स एशिया कपको उपाधि जितेको छ।
शेयर बजार र घरजग्गा व्यवसाय शिथिल भएर आर्थिक गतिविधि नै सुस्त भएका बेला राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विगतभन्दा शेयर बजारप्रति केही लचिलो भएको सन्देश दिन खोजेको छ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए।
बैंकर्स संघका अध्यक्ष सुनिल केसीले चालु पुँजी कर्जा, शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने कुरा सकारात्मक रहेको बताएका छन्।
सुन तस्करी प्रकरणमा आइतबार सरकारी कर्मचारीसहित थप ६ जनालाई पक्राउ गरेको छ। योसँगै अहिलेसम्म १६ जना पक्राउ परेको राजस्व अनुसन्धान विभागले जनाएको छ।
ललिता निवास प्रकरणमा हालसम्म २१ जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताए।
मायोपिया भएको समयमै थाहा नपाएर चस्माको प्रयोग गर्न ढिला भएमा फेरि पहिलेकै जस्तो दृष्टि फिर्ता गर्न गाह्रो हुन्छ।
तत्कालीन अधिराजकुमार १५ लाख रूपैयाँ ‘पारिश्रमिक’का लागि एक क्विन्टल सुनको भरिया भएका थिए। गत साता भरिया नै पक्राउ परे। नेपाली जति प्रभावशाली भए पनि ‘भरिया मात्रै त होइनन्?’ भन्ने प्रश्न उब्जिएको छ।
नरसिंहकोटदेखि करिब एक किलोमिटर र बडिगाडको भिमगिठे बजारदेखि करिब तीन किलोमिटरको दूरीमा रहेको टाकुरामा बागलुङलगायत गुल्मीदेखि पनि आन्तरिक पर्यटक रमाउन आउने गरेका छन्।
कांग्रेसका नेता विजयकुमार गच्छदारले देशको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पार्टीको छुट्टै बैठक माग गरेका छन्।
अनावश्यक गालीगलौज गर्ने र नेतृत्वलाई खुइल्याउने किसिमका टिप्पणी नगरी एकताबद्ध भएर अगाडि बढे पार्टीलाई कसैले विस्थापित गर्न नसक्ने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको भनाइ छ।
आइतबार नेप्से उच्च अंकले वृद्धि भएसँगै तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कांग्रेस नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले सत्ता नपाएपछि विपक्षी दलले सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गरिरहेको टिप्पणी गरेका छन्।
गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने एघार हजार ४९१ व्यापारीलाई कारबाही गरेको छ।
राष्ट्रिय महिला टोलीका लागि एन्फा र राखेपले फरक प्रशिक्षक नियुक्त गरेपछि शुरू विवादले फुटबल प्रशिक्षण नै प्रभावित भएको त छ नै, एन्फासँग महिला फुटबललाई उकास्न कुनै घरेलु प्रतियोगितासमेत छैन।
नेता कोइरालाले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक, २०८० तत्काल खारेज गर्नुपर्ने बताएका छन्। सो विधेयक पारित भए देशमा दण्डहीनताले संस्थागत रूप लिने उनको भनाइ छ।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने भएको छ।
विदेश भ्रमणमा जाने नेपालीहरूले २ हजार ५ सयसम्म अमेरिकी डलर सटहीको सुविधा पाउने भएका छन्।
मौद्रिक नीतिले पहिलो आवासीय घर कर्जाको सीमा एक करोड ५० लाखलाई वृद्धि गरेर दुई करोड पुर्याइए पनि अन्य व्यवस्था भने यथावत् राखेको छ।
ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन भन्दै राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिने जनाएको छ।