AnonymousUser

Logout

प्रदूषणका कारण दिल्लीमा स्कुल बन्दको समय बढाइयो

नयाँ दिल्लीमा आगामी केही सातासम्म प्रदूषणको स्तर कायमै रहने आशंका गरिएको छ। आइक्यूएयरका अनुसार आइतबार पीएम२.५ कणहरूको स्तर ५७० माइक्रो प्रतिघनमिटरसम्म पुगेको छ।

जाजरकोट भूकम्पः नदी आसपासका घरहरूमा बढी क्षति देखियो, थप अध्ययन जरुरी

हामी आइतबार बिहान नलगाड नगरपालिका– १ चिउरे पुग्दा शवहरू उठेकै थिएनन्। त्यहाँका सबै घर धुलोपिठो भएको पायौँ। घरहरू बालुवाको ढिस्कोजस्तै ढलेका थिए।

नक्कली कागजात बनाउने गिरोहमा संलग्न १० जना पक्राउ

काठमाडौँ उपत्यकाको अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विभिन्न देशमा पठाउने प्रलोभन देखाएर नक्कली कागजपत्र बनाइदिने गिरोहमा संलग्न १० जना पक्राउ गरिएको जानकारी दिएको छ।

सीबीफीनले भूकम्प प्रभावितका लागि १० लाख सहयोग गर्ने

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालले जाजरकोट भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

समस्याग्रस्त शिव शिखर सहकारीका सेवाकेन्द्र सिल

समस्याग्रस्त शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका विभिन्न जिल्लामा सञ्चालित सात वटा सेवाकेन्द्र सिल गरी कागजात बरामद गरिएको सहकारी व्यवस्थापन समितिका सदस्य–सचिव केशव पौडेलले बताए।

घाइतेको उपचार, राहत र पुनर्स्थापना सरकारको उच्च प्राथमिकतामा : रक्षामन्त्री

रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पबाट घाइते भएकाहरूको उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

जाजरकोट भूकम्प : राहत वितरणमा अनियमितता रोक्न कांग्रेसले अनुगमन गर्ने

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भूकम्प प्रभावितलाई राहत वितरणमा अन्याय हुन नदिन महामन्त्रीको संयोजकत्वमा अनुगमन तथा सहजीकरण समिति गठन गर्ने पार्टीले निर्णय गरेको जानकारी दिए।

प्रतिस्पर्धा पन्छाएर स्वास्थ्य उपकरण खरिद गरिँदै, साढे ११ करोडमा आउने सामग्रीलाई ४८ करोड तिर्ने तयारी

स्वास्थ्य सेवा विभागले बोलपत्र आह्वान गरेका सामग्री साढे ११ करोडमै आउने व्यवसायीहरू बताउँछन्। तर बोलपत्रमा ती सामान किन्न राज्यकोषबाट तिर्ने गरी विभाग आफैँले तोकेको खरिद मूल्य जोड्दा ४८ करोड पुग्छ। 

लुम्बिनीका तत्कालीन प्रदेशसचिव अधिकारीसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले लुम्बिनी प्रदेशका तत्कालीन प्रदेशसचिव अधिकारीसहित चार जनाविरुद्ध गैरकानूनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

चेम्बरले भूकम्प प्रभावितलाई खाद्यान्नलगायतका सामग्री सहयोग गर्ने

चेम्बरको विपद् व्यवस्थापन कोषअन्तर्गत भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए।

सुपर ओभरमा नेपाल चुक्दा ओमानले जित्यो विश्वकप एशिया छनोटको उपाधि

सुपर ओभरमा नेपाललाई ११ रनले पराजित गर्दै ओमानले आईसीसी टी२० विश्वकप एशिया छनोटको उपाधि जितेको छ।

तालिबानको प्रतिबन्धपछि अफगानिस्तानमा अफिम उत्पादनमा ९५ प्रतिशतले गिरावट

सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान अधिकारीहरूले अफगानिस्तानमा अवैध लागुऔषध उत्पादन अन्त्य गर्ने वाचा गरेका थिए।

भूकम्पपछिको पुनः स्थापनाका लागि एकीकृत कार्य योजना तयार गरिने

सरकारले खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सुर्खेतलाई मुख्य र नेपालगन्जलाई सहायक सम्पर्क कार्यालय तोक्ने निर्णय गरेको छ।

रोहित र गुलशनको अर्धशतकमा ओमानलाई १८५ रनको लक्ष्य

नेपालका लागि कप्तान रोहितकुमारले ५२ रन बनाए। ३७ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।

टी२० आईमा गुलशनको पहिलो अर्धशतक

गुलशनले २० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाएका छन्।

भूकम्पपीडितको नाममा कसैले खेल्न पाउँदैन, राहत वितरण एकद्धार प्रणालीबाट हुन्छ: प्रधानमन्त्री

जाजरकोट र रुकम पश्चिमका भूकम्प पीडितलाई सरकारले एकद्धार प्रणालीबाट मात्रै राहत वितरण गर्ने प्रधानमन्त्री दाहालले बताएका छन्।

भूकम्पका घाइतेका लागि रगत संकलन गर्दै नेपालगन्जवासी

भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका भूकम्पका घाइते बिरामी र बिरामीको कुरुवा तथा भेट्ने आफन्तका लागि निःशुल्क खानाको समेत व्यवस्था गरिएको छ।

के भूकम्पको सटिक पूर्वानुमान सम्भव छ?

भूकम्पको पूर्वानुमान गर्न गाह्रो छ। भूकम्पको समयमा वा पछि केही संकेत मिल्छन्, तर पहिले नै भविष्यवाणी गर्नु निकै कठिन कार्य भएको वैज्ञानिकहरू बताउँछन्।

ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, दीपेन्द्रले नखेल्ने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जित्दै नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन्।

जाजरकोट भूकम्प: मृतकका परिवारलाई २ लाख र घर भत्केकालाई १ लाख दिने सरकारको निर्णय

सरकारले सुर्खेतलाई केन्द्र बनाएर राहत वितरण प्रभावकारी बनाउनेसमेत निर्णय गरेको छ।