विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो।
घोषणापत्र र विधानमा जे–जे लेखिए पनि हरेक राजनीतिक दलका कार्यक्रम एउटै हुँदा त्यसको फाइदा चौतर्फी रूपमा प्रभुत्व वर्गले लिइरहेका छन्।
सिटीको जितमा हालान्डले २ गोल गर्दा १ गोल फिल फोडेनले थपेका थिए।
हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ।
भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई १०० रनले पराजित गरेको छ।
राष्ट्रपति पौडेलले नेपाल जलवायु परिवर्तनको कारक नभए पनि नेपालले भोगिरहेका नकारात्मक परिणामबारे गम्भीर हुन राष्ट्रसंघका महासचिवलाई अनुरोध गरेका छन्।
कांग्रेस सभापति देउवाले महासचिव गुटेरेससँग जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे विश्वकै ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।
दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव पहिचान भएको दूतावासले जनाएको छ।
उनीहरूले ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ईसेवाको आइडी, बैंक खातासँग लिङकअप गराई खाता नवीकरण, केवाइसी फारम अपडेट, सिस्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
सन् २०१४ मा नेपालले पहिलोपटक टी२० विश्वकप खेल्दा 'स्क्रिन'मा हेरेर त्यही प्रेरणाले क्रिकेट खेल्न थालेका युवा पुस्ताको बाहुल्य रहेको राष्ट्रिय टोली एक दशकपछि सफलता दोहोर्याउने लक्ष्यमा छ।
हाँडीगाउँवासीमाझ प्रचलित विभिन्न किंवदन्तीलाई सार्थक पार्ने जात्राका खट, मैनको फूल, पूजाविधि लगायतका विभिन्न अद्वितीय कारणले ‘चोक्टे नारायण जात्रा’ले कहीँ नभएको जात्राको उपमा पाएको हो।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन्।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालका ‘हिंसालाई महिमामन्डन गर्ने क्रियाकलापले’ शान्तिप्रक्रिया टुंग्याउन असहज भएको बताएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणबाट मुलुकको समृद्धि र विकासका लागि थप अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
विशेष समय जहिल्यै ‘स्थापित व्यक्ति’हरूले मात्र पाएका छन्। महिलालाई झनै दिइँदैन। नयाँ सांसदहरूको अवस्था पनि फरक छैन। यत्ति भन्छु– ‘एभ्रिवान इज इक्वेल, बट सम आर मोर इक्वेल देन अदर्स।’
महासचिव गुटेरेसले शान्तिप्रक्रिया अन्तर्राष्ट्रिय कानून, सर्वोच्च अदालतको आदेश तथा पीडितको आवश्यकताअनुसार टुंग्याउन आग्रह गर्दै आवश्यक परे राष्ट्रसंघ सहयोग गर्न तयार रहेको बताए।
कारोबारका आधारमा नेसनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो। यो कम्पनीको चार करोड आठ लाख ५६ हजार ३१५ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो।
कानूनमन्त्री गुरङले भन्सार विधेयक २०८० मा ‘पेपरलेस कस्टम’को अवधारणा कार्यान्वयन गर्न प्रस्ताव गरिएको बताए। उनले यो व्यवस्थाबाट भन्सारमा हुने अनियमितता रोकिने विश्वास व्यक्त गरे।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।