मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणको खेलका लागि चर्च ब्वाइजका आशिष चौधरीसहित आठ नयाँ खेलाडी भित्र्याएको छ।
ट्विटरले नीलो रङको चरालाई हटाउँदै कालो पृष्ठभूमिमा कोरिएको सेतो ‘एक्स’लाई कम्पनीको नयाँ लोगोका रूपमा सार्वजनिक गरेको छ।
गृहमन्त्री श्रेष्ठले धनीलाई एउटा, गरिबलाई अर्कै कानूनी कारबाही हुने कुरा सरकारलाई सह्य नरहेको उल्लेख गर्दै कानून सबैका लागि बराबर हुने बताए।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरू पनि औषधि पसलहरूले बिक्रीका लागि राखेको भेटिएको बताए।
सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको छ।
परम्परागत खाद्यबाली खेती गरेर लागत पनि उठाउन नसक्ने अवस्था भएपछि विकल्पमा जडीबुटी र ओखरखेती गरेको पुर्जाले बताए।
इटलीका लागि वैकल्पिक खेलाडी किस्टियाना गिरेलीले निर्णायक गोल गरिन्।
सरकारले पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ। पशुपतिसहित हालसम्म समस्याग्रस्त सहकारीको संख्या १३ पुगेको छ।
नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।
विभागमा देखिँदै आएको भिडभाड न्यून गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन अनलाइन सेवा जरुरी रहेको मन्त्रालयले जनाएको छ।
विरोध
लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहितको प्रश्नोत्तर राखिएको भन्दै विरोध प्रदर्शन गरिएको छ। अनेरास्ववियू क्रान्तिकारीले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो। सो क्रममा प्रदर्शनकारीले लेखक राम एकवाल दासको किताब जलाएका थिए।
ठाउँ नचिनेकाले शुरूशुरूमा काम गर्न धेरै अलमल भयो। गुगल म्यापबारे थाहा नभएकोले पनि सहज रूपमा काम गर्न सकेनन्। कतिपटक म्याप हेर्न नजान्दा ग्राहकबाट गाली खानुपर्यो। राति खुट्टा दुखेर निदाउन पनि सकेनन्।
सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिकलगायत सहयोग आदानप्रदान विषयमा छलफल भएको सभामुखको घिमिरेको सचिवालयले जनाएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमा तस्करीबारे सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकै कारण १०० किलो सुन बरामद भएको दाबी गरेका छन्।
पहिरोले घर पुरिँदा बैतडीको पुर्चौडी नगरपालिका–२ भैरू टोलका दुई जनाको मृत्यु भएको छ। त्यही घरमा सुतेका अरू तीन जना घाइते छन्।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सहमहामन्त्रीहरू महेन्द्र यादव, महालक्ष्मी उपाध्याय परराष्ट्रमन्त्री एनपी साउदलगायत देउवा पक्षका केन्द्रीय सदस्यले बालकृष्ण खाँणको पक्षमा आवाज उठाएका छन्।
तीन दिने भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य युआन जियाजुन आतबार दिनभर भेटघाटमा व्यस्त भए। उनले सोमबार पनि राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ।
मणिपुरका महिलाहरूको एउटा 'अपराध' यो पनि हो कि उनीहरू आफ्नो नागरिकताबारे सचेत छन्, उनीहरू वर्षौंसम्म धर्नामा बस्छन्, आवश्यक पर्दा सेनाविरुद्ध समेत प्रदर्शन गर्छन्।
सोमबार दिउँसो देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
अफगानिस्तानको मध्य भागमा मुसलधारे वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ भने ४० जनाभन्दा बढी बेपत्ता भएका छन्।