संघीय सरकारले बनाएको शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन खारेजीको माग गर्दै बागमती प्रदेश सरकार सर्वोच्च अदालत पुगेको छ।
विधायन व्यवस्थापन समितिले मंगलबार बस्ने राष्ट्रियसभाको बैठकमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयकमाथिको प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताइन्।
चितवनमा चालु आर्थिक वर्षसम्म ४३ करोड ५५ लाख ७८ हजार रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले जनाएको छ।
ट्राफिक जाँचका क्रममा नागरिक एपमार्फत देखाइएको लाइसेन्सलाई मान्यता दिने व्यवस्था देशव्यापी रूपमा कार्यान्वयनमा आएको छ।
गुटेरेसको नेपाल भ्रमणलाई जलवायु परिवर्तनको असर न्यूनीकरण, शरणार्थी समस्या समाधानलगायत विषयमा संवादको अवसरका रूपमा लिनुपर्ने विज्ञहरूले बताएका छन्।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार कात्तिक १२ गतेसम्ममा सरकारले २५ अर्ब ७८ करोड ९० लाख रुपैयाँ बराबर पुँजीगत खर्च गरेको छ।
सोमबार मुलपानीमा भएको समूह 'बी'को पहिलो खेलमा यूएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको हो।
सोमबार सम्पन्न खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै नेपालले विजयी शुरूआत गरेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी सिंगापुरविरुद्धको खेलमा उनले २६ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।
४३ वर्ष पुरानो निर्णय र सर्वोच्च अदालतका दुई वटा आदेशको समेत अवज्ञा हुने गरी फेवा किनारमा बसुन्धरा पार्क मासेर नयाँ संरचना बनाउने महानगरको महत्वाकांक्षी योजनाले विवाद ल्याएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सीमावर्ती क्षेत्र तथा नाकाहरूमा कडाइका साथ जाँचसहित निगरानी भइरहेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको हो।
आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसक्दा सिमेन्ट उत्पादन बन्द गरिएको हो।
हत्या प्रकरणमा महत्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि सबै कोणबाट अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।
यस सुरुङले प्रस्तावित एशियाली राजमार्गलाई ढाका–चट्टोग्राम–कक्सबजार राजमार्गसँग जोड्नेछ।
सर्वदलीय सरकार बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको भन्दै उनले यस्तो अपिल गरेका हुन्।
मौसम अनुकूलताअनुसार उनी नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले पारेको असर विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
त्यहाँका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम एनडीटीभीले घाइतेको संख्या ४० पुगेको उल्लेख गरेको छ।
प्रतियोगिताको पहिलो दिन सोमबार कुल चार खेल हुनेछन्। समूह 'ए' मा रहेको घरेलु टोली नेपालले पहिलो खेल सिंगापुरसँग खेल्नेछ।