AnonymousUser

Logout

उद्योगसचिव भन्छन्– भारतले प्रतिबन्ध नहटाएसम्म चिनीको समस्या समाधान गर्न कठिन

चिनीको समस्या समाधान गर्न आन्तरिक उत्पादन बढाउने उद्देश्यले सरोकारवालासँग छलफलको थालनी भएको उद्योगसचिव मुकुन्दप्रसाद निरौलाको भनाइ छ।

संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न भूमिका खेल्न सक्छ : गुटेरेस [सम्बोधनको पूर्णपाठ]

नेपालले शान्तिप्रक्रियाको अन्तिम चरणको तयारी गरिरहेको उल्लेख गर्दै महासचिव एन्टोनियो गुटेरेसले संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल एक खेलअगावै सेमिफाइनलमा

मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरी आईसीसी टी२०आई विश्वकप एशिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।

स्तन क्यान्सर भएका पुरुष, रोग जितेर जनचेतना फैलाउँदैछन्

स्तन क्यान्सरबाट महिला मात्र नभई पुरुष पनि पीडित छन् भन्ने उदाहरण हुन् ज्ञानु पाख्रिन। महिलाको तुलनामा पुरुषलाई निकै कम मात्र स्तन क्यान्सर हुन्छ। अहिले रोगमुक्त ज्ञानु जनचेतना फैलाउने काममा छन्।

गाजाका नागरिकको जीवनरक्षाका लागि संयुक्त राष्ट्रसंघको ध्यानाकर्षणपत्र

मानवअधिकार तथा शान्ति समाजले गाजामा नागरिकको जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै संयुक्त राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र बुझाएको छ।

बुद्ध जन्मस्थलबाट संसारभर भइरहेका द्वन्द्व अन्त्य गर्न महासचिव गुटेरेसको आह्वान

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसंघको ‘मिसन’ मिल्दोजुल्दो छ। यो शान्तिको मुहान लुम्बिनी घुमौँ र यहाँबाट सबैले सिकौँ।”

सैयदको अर्धशतकप्रेरित मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो।

संक्रमणकालीन न्याय प्रक्रिया तत्काल शुरू गर्न माग गर्दै द्वन्द्वपीडितको प्रदर्शन

द्वन्द्वपीडितले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण अल्झिरहेको संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सफल होस् भन्ने कामनासमेत गरेका छन्।

गाजामा इन्धन सकिएपछि दाउरा र टाँगाको प्रयोग बढ्यो (तस्वीरहरू)

गाजामा रहेका १२ ठूला अस्पताललाई दैनिक ९४ हजार लिटर इन्धन चाहिन्छ। अहिले इन्धन अभावका कारण मानिसको उपचार गर्न कठिन भएको छ।

टी–२० विश्वकप एशिया छनोटः सिंगापुरमाथि ओमान र हङकङमाथि बहराइनको जित

समूह ‘ए’ अन्तर्गत ओमानले सिंगापुरलाई २२ रनले हराएको छ भने समूह 'बी' अन्तर्गतको खेलमा बहराइनले हङकङलाई २० रनले हराएको हो।

मलेसियासँगको खेलमा नेपालले फिल्डिङ गर्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान अहदम फैजले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला फिल्डिङ गर्ने भएको हो।

एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु 

ठक्करले गम्भीर घाइते भएकी उनको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

राजमार्ग नै छेक्ने पशु चौपायाका बथान (तस्वीरहरू)

लामो दूरीका सवारी साधनहरू तीव्र गतिमा गुड्ने देशकै मुख्य राजमार्गमा यसरी छोडिएका चौपायाले आफैँ जोखिममा रहेर सवारी दुर्घटनाको खतरा पनि निम्त्याइरहेका छन्। 

जलवायु अनुकूलनको लागि छुट्याइएको रकम नेपालले पाउनुपर्छः महासचिव गुटेरेस

महासचिव गुटेरेसले जलवायु अनुकूलनको लागि बनाइएका कोषहरूको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल लगायतका देशहरूले पाउनुपर्नेमा जोड दिए।

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच भेटवार्ता

भेटघाटका क्रममा मन्त्री साउदले अल्पविकसित देशबाट मध्यमस्तरको देशमा स्तरोन्नतिका लागि नेपालले कार्ययोजना बनाएकाले थप सहयोगको खाँचो औँल्याएका थिए।

खेलाडीलाई चुम्बन गरेको घटनामा रुबियाल्समाथि फिफाले लगायो ३ वर्षको प्रतिबन्ध

रुबियाल्सले भने प्रतिबन्धको विरुद्धमा पुनरावेदन गर्ने बताएका छन्। 

काठमाडाैँमा ट्राफिक जाँच तीव्र, २४ घण्टामा १ हजार ५२७ चालकलाई कारबाही

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामा विशेष टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ। 

बारा शिक्षक हत्या प्रकरण: ६ जना पक्राउ

पक्राउ पर्नेमा एकजना महिला रहेको र उनी बाल एकता स्कुलकै पूर्व शिक्षिका रहेको खुलेको छ।

अन्नपूर्ण आधारशिविर भ्रमण गरेर महासचिव गुटेरेस लुम्बिनी जाँदै

मंगलबार बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यहाँ पुगेका गुटेरेसले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद गरेका छन्।

बंगलादेशमा गार्मेन्ट मजदुर पारिश्रमिक बढाउन माग गर्दै प्रदर्शनमा, दुईको मृत्यु

बंगलादेश विश्वको सबैभन्दा ठूलो गार्मेन्ट निर्यातकर्ताहरूमध्ये एक हो, जहाँ कपडा उद्योगले देशको वार्षिक ५५ अर्ब डलर बराबर निर्यातको ८५ प्रतिशत हिस्सा ओगटेको छ।