आर्मीले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ‘ए’ वरीयताका फुटबल टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
विरोध
नगरप्रहरीको ज्यादती बन्द गर्न, गैरकानूनी कदम रोक्न, ठेला गाढा, साना सडक व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै शनिबार राष्ट्रिय सभागृहअगाडि ‘गरिबको चमेली’ गीत गाउँदै युवाहरूले प्रदर्शन गरेका छन्। स्वतन्त्र रूपमा उपस्थित भएका युवाहरूसँगै काठमाडौँमा फुटपाथ तथा सडकमा व्यापार गर्नेहरूले नगरप्रमुख बालेन शाहको कार्यकक्ष सभागृहको गेटअगाडि उभिएर प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनमा उत्रिएकाहरूले ‘गरिखान देउ ! नगरप्रहरीको दमन बन्द गर’, ‘मानवता, समानुभूति र जबाफदेहिता नभएको युवा नेतृत्व कसरी फरक भयो?’ ‘सडक– साइकल– गाडा परम्परागत मजदुर उद्यमीलाई विस्थापित गर्न बन्द गर। विकल्प देऊ’, ‘हाम्रो चिनारी क्रूरता कि करुणा’, ‘गरिब होइन गरिबी हटाऊ’ लगायतका प्लेकार्ड बोकेका थिए।
विहारको ढुकुटीमा राखिएका गोप्य सम्पदा अवलोकनका लागि बनाइएको प्रदर्शनी कक्ष निर्माणमा एक अमेरिकी संग्रहालयले आर्थिक सहयोग गरेपछि संस्कृति–सम्पदा अभियन्ता र स्थानीयले विरोध गरेका थिए।
सबैले बुझ्नै पर्ने कुरा, संरक्षण क्षेत्रभित्र घुमफिर गर्दा महत्त्वपूर्ण नियम पालन गर्नु आवश्यक छ। त्यो हो, ´तिमीले आफ्नो पदचापबाहेक केही नछोड, केही तस्वीरबाहेक अरू चीज नलैजाऊ`।
बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई राष्ट्रपति पौडेलले आह्वान गरेका हुन्।
विरोध
विवादबीच उद्घाटन भएको इतुंबहाल संग्रहालय शनिबारबाट सर्वसाधारणको लागि खुल्ला भएको छ। संग्रहालयमा विहारका विभिन्न पुरातात्त्विक वस्तुहरू प्रदर्शनीका लागि राखिएको छ। तीन कोठामा रहेको संग्रहालयमा करिब सय वटा कलावस्तुबारे नेपाल भाषा, नेपाली र अंग्रेजी तीन भाषामा जानकारी राखिएको छ। संग्रहालयमा एक हप्ताका लागि निःशुल्क भ्रमण गर्न सकिने संग्रहालयले जनाएको छ।
शनिबार बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो।
पहिरोका कारण सिंगो बस्ती नै विस्थापित हुने जोखिम छ। दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन्।
कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न पाँच जनालाई बिहीबार मृत्युदण्ड दिइएको थियो।
नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ। मध्यवर्ती क्षेत्रका मानिस घाँस दाउरा, निगुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन्।
कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।
काठमाडौँको इतुंबहालमा संग्रहालय स्थापनाका नाममा अमेरिकास्थित ‘रुबिन म्युजियम’ले गरेको सहयोगले प्राचीन सम्पदामाथि हस्तक्षेप भएको भन्दै संस्कृति र सम्पदा संरक्षणका अभियन्ता नै विरोधमा उत्रिएका छन्, किन?
कुरोग्राफर थाहा भएको अर्को कुरा के हो भने उत्तर–उत्तर आधुनिक नेपालको इतिहासमा जब–जब शेरबहादुर देउवाको नाम आउँछ, तब–तब ओलीको नाम नआउने कुरै हुँदैन।
सप्तरीमा मिटरब्याजसम्बन्धी एक हजार ५७९ निवेदन परेको छ। तीमध्ये ८१ निवेदन फर्छ्योट हुँदा चार करोड ७६ लाख रुपैयाँ पीडितले साहुलाई तिराएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गरेका छन्।
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेबाट जिपसहित चालक बेपत्ता भएको छ।
वायुसेवा सञ्चालक संघले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरूमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ।
अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
निर्वाचनपछि गठित प्रतिनिधिसभाको बैठक बस्न थालेको ७ महिना पुग्न लागिसकेको छ। संसद्को यो अवधि केवल एक थान कानून निर्माणमै व्यतीत भएको छ।
सत्तारुढ सांसदहरूले सुन तस्करी नियन्त्रणमा संसद् र संसदीय समितिहरूले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।