शहरी र ग्रामीण परिवेशमा मातृ मृत्युदरदेखि सुत्केरी हुने स्वास्थ्य चौकीलगायत सेवामा ‘ग्याप’ छ। यो स्वास्थ्य सेवामा नपुगेको न्यायोचित पहुँचको सवाल हो। यद्यपि, यो आधारभूत मानव अधिकार हो।
उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे।
प्रायः हरेक वर्ष चाडपर्वका बेला हुने विभिन्न खेलकुद प्रतियोगिता यस वर्ष पनि स्थानीय तह, वडा र युवा क्लबको आयोजनामा धमाधम सञ्चालन भइरहेका छन्।
अभ्रद व्यवहार, वैयक्तिक गोपनियता तथा प्रतिष्ठा विरुद्धको कसूरमा कारबाहीका लागि माग गरेका छन्।
माझकिरात भनेर चिनिने पर्यटकीयस्थल मझुवागढी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेपछि उनीहरूको आवतजावतमा सहज पार्नका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ।
मोटरसाइकलमा सवार रहेका १६ वर्षीय ती किशोरले झोलामा रकम बोकेको अवस्थामा प्रहरीले फेला पारेको थियो।
उक्त अवसरमा मन्त्री साउदले अमेरिकाका निजी क्षेत्रलाई नेपालमा लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गरेका थिए।
मंगलबार मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएकोमा बुधबार बाँकी सुनुवाइ हुँदैछ।
जलवायु परिवर्तनका कारण नेपालजस्ता कम विकसित देश पीडित बन्नु परेको कुरा उठाएका गुटेरेसले पीडितमैत्री तथा नेपाली मोडलको संक्रमणकालीन न्यायमा पनि जोड दिए।
इजरायली सेनाको हवाई हमलाका कारण विस्फोट भएको हमास शासित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
छैटौँ पराजयसँगै दुई अंक जोडेर नवौँ स्थानमा रहेको बंगालदेशको सेमिफाइनल सम्भावना समाप्त भएको छ।
उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी२० विश्वकपमा नेपालको खेल देखेर क्रिकेटर बनेका कुशल सेमिफाइनल जितेर विश्वकपमा पुग्न आतुर देखिन्छन्।
कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको जसपाले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भने यथावत् राख्ने भएको छ।
निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलको मूल्य यथावत् राख्दै डिजेल र मट्टितेलको मूल्य घटाएको जनाएको छ।
कालिमाटी थोक बजारमै प्याजको औसत मूल्य १२२ रुपैयाँ ५० पैसा पुगेको छ। यहाँको दैनिक मूल्यसूचीअनुसार कात्तिक १ गतेदेखि मंगलबारसम्मको १४ दिनमा प्याजको भाउ ६५ प्रतिशतले बढेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रसंघका महासचिव गुटेरेसले नेपालको शान्तिप्रक्रियाबारे राम्रो धारणा राखे तापनि नेपालकै नेताहरूले देश विभाजित छ भनेर देखाउन खोजेको गुनासो गरे।
मुख्य सरोकारवालाका रूपमा हिंसात्मक द्वन्द्वका पीडितहरूले वर्षौंदेखि एक्लो संघर्ष गर्दै आएको भन्दै पत्रमा महासचिव गुटेरेसलाई उनीहरूको भूमिका र महत्वबारे स्मरण गराइएको छ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी मिनाहा पाएर रिहा भएका रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
तीनचार दिनको अन्तरालमा एउटा उडान गर्ने निजी जहाजले फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका सर्वसाधारण बताउँछन्।