AnonymousUser

Logout

पार्टी

एमालेको चियापनमा शीर्ष नेताको जमघट

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दशैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।\r\n\r\nपार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अपराह्न पौने ३ बजेतिर चियापान समारोहमा सहभागी भए थिए।\r\n\r\nचियापान कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत सामवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको पनि सहभागिता थियो।\r\n\r\nत्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टी नेकपा का महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा मालेका महासचिव सिपी मैनाली, पूर्वसभामुख दमननाथ ढुंगाना, विभिन्न राजनीतिक दलका नेताहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूसहितको बाक्लो उपस्थिति रहेको थियो।\r\n\r\nएमालेले दशैँलगत्तै हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको छ। बुधबार आयोजना गर्ने भनिएको कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एक दिनपछि सारिएको हो। चियापान कार्यक्रममा एमालेका नेता–कार्यकर्ताको बाक्लो उपस्थिति थियो।\r\n\r\nयसअघि कोजाग्रत पूर्णिका दिन नेपाल कांग्रेसले आयोजना गरेको चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रममा पनि शीर्ष नेताहरूको जमघट भएको थियो।

राष्ट्रसंघद्वारा गाजाको शरणार्थी शिविरमा आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको आक्रमणको निन्दा गरेको छ।

१९५ स्थानीय तहले अझै थालेनन् अस्पताल निर्माण प्रक्रिया

सरकारले २०७७/७८ को नीति तथा कार्यक्रममा  सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य पुर्‍याउने उद्देश्यले पाँच, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो। 

बाढीले उजाडेको कागबेनी कहिले होला पुनर्निर्माण?

अनपेक्षित वर्षासँगै कागखोलामा आएको बाढीले छिनमै हिन्दु र बौद्ध समुदायको तीर्थस्थल कागबेनीलाई बगरमा परिणत गरिदिएको थियो। बाढीको पूर्वसूचना पाएका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीय बताउँछन्।

‘सिद्धान्तहीन राजनीतिले कांग्रेसका कार्यकर्तामा निराशा पैदा भयो’

कांग्रेस नेता डा. शेखर कोइराला व्यावहारिक राजनीतिका नाममा पार्टीले आफ्नो सिद्धान्त छाड्न नहुने बताउँछन्।

संरक्षित क्षेत्र व्यापारीलाई सुम्पन वन मन्त्रालय नै सक्रिय

मन्त्रालयले राष्ट्रिय निकुञ्जसहित संरक्षित इलाकामा निजी क्षेत्रलाई व्यावसायिक क्रियाकलाप सञ्चालन र केबलकार, हाइड्रोपावर लगायतका पूर्वाधार बनाएर आयआर्जन गर्न सजिलो हुने कार्यविधि ल्याउन लागेको छ।

तनहुँमा एकै दिनमा थपिए १८२ डेंगी संक्रमित

डेंगी संक्रमण बढेसँगै तनहुँका निजी क्लिनिक र अस्पतालमा दैनिक भिडभाड बढेको छ भने कतिपय बिरामी पोखरा र चितवनसम्म धाउन थालेका छन्। 

पीडितकेन्द्रित भएर शान्तिप्रक्रिया टुंग्याउनुपर्छ: ओली

शान्तिप्रक्रिया टुंगो लगाउँदा सर्वोच्च अदालत र विश्व मानवअधिकार परिषद्को सुझावलाई पनि ध्यान दिनुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ छ।

बाराका शिक्षकको हत्याको कारण विवाहेत्तर सम्बन्ध, पाँच आरोपी सार्वजनिक

स्वर्णकारलाई हत्या गर्ने योजना विद्यालयकै पूर्वकर्मचारी राधाले बनाएको र त्यसमा उनका प्रेमी भारतीय नागरिक मनोजले भूमिका खेलेको प्रहरीको भनाइ छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विद्युतीय गाडी आयात तीन गुणाले वृद्धि 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म आयात भएका कुल ३ हजार ७८८ गाडीमा विद्युतीय सवारीको हिस्सा ५६.३६ प्रतिशत रहेको छ। 

सुपारी आयात—निर्यातमा चलखेल भएको सांसदहरूको आशंका

सांसदले अन्य कृषिजन्य वस्तुको आयात–निर्यात गर्न सरकारले विशेष निर्णय गर्न नपर्ने तर सुपारीमा छुटै विशेष निर्णय किन गर्नुपर्ने भन्दै कारण माग गरेका छन्।

रिगलविरुद्धको रिटमा सर्वोच्चले बिहीबार आदेश दिने

सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी मिनाहा पाएर रिहा भएका रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दामा सर्वोच्च अदालतले बिहीबार आदेश सुनाउने भएको छ। 

अक्टोबरमा पर्यटक आगमन संख्या उल्लेख्य वृद्धि, व्यवसायी उत्साहित

गत वर्षको अक्टोबरमा ९४६ जना चिनियाँ पर्यटक नेपाल आएकोमा यस वर्षको अक्टोबरमा ६२७.३ प्रतिशत बढी आएका छन्।

समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि विचार गर्नुपर्छ: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान् र राम्रो मान्छेले निर्वाचन जित्न नसक्ने बताए।

गोठाटारमा प्रहरीको गोलीबाट १ घाइते, २ जना नियन्त्रणमा

गोठाटारमा लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गर्ने क्रममा आत्मरक्षाका लागि गोली चलाइएको प्रहरीले जनाएको छ।

राष्ट्रियसभाका १९ सदस्यका लागि माघको दोस्रो साता निर्वाचन गर्ने आयोगको तयारी 

राष्ट्रियसभाका २० सदस्यको पद आगामी फागुन २१ गतेबाट रिक्त हुँदै छ। तीमध्ये १९ पदमा माघको दोस्रो हप्तासम्ममा निर्वाचन गर्ने आयोगले तयारी गरेको छ।

क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालबारे उजुरी आह्वान

संसदीय समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान गरेको हो।

डब्ल्यूएचओको क्षेत्रीय निर्देशकमा बांग्लादेशकी वाजेद निर्वाचित, आचार्यले दिए बधाई

वाजेद विश्व स्वास्थ्य संगठनको मानसिक स्वास्थ्यसम्बन्धी सल्लाहकार तथा बांग्लादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरीसमेत हुन्।

गुटेरेसको सुरक्षार्थ खटिएका प्रहरीको लेक लागेर मृत्यु

हेलिकप्टरमार्फत आधार शिविर पुगेका ढुंगानालाई पैदल फर्कने क्रममा श्वासप्रश्वासमा समस्या देखिएको थियो।

नेपाली पर्वतारोही पाण्डेले गरे अफ्रिकाको सर्वोच्च शिखर आरोहण

विश्वका सातवटै महादेशका सात उच्च शिखर आरोहण गर्ने अभियानमा रहेका पाण्डेको यो तेस्रो महादेशमा रहेको सफल शिखर आरोहण हो।