कांग्रेस सभापति देउवाले संघीयतामाथिका छिटपुट गुनासालाई स्वाभाविक मानेका उल्लेख गर्दै संविधान कार्यान्वयनमा आएका समस्या समाधान गरेर अगाडि बढ्न सकिने बताए।
जर्मनीकी गृहमन्त्री न्यान्सी फेसरले हमास वा उसको समर्थनमा हुने गतिविधिमाथि औपचारिक रूपमा प्रतिबन्ध लगाइएको बताइन्।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले बिजनेस दिन नसकेका कारण संसद् प्रभावकारी हुन नसकेको बताएका छन्।
तिहारको मुखमा बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरिएको जनगुनासो आएपछि सम्पूर्ण इकाइलाई सक्रिय परिचालन गरेको केन्द्रीय प्रहरी प्रवक्ता, डीआईजी कडायतले बताए।
सरकारले झुटो विवरण पेस गरिएको भन्दै काभ्रेपलान्चोकबाट निमा तामाङ र कालीकोटबाट देवराज धमालाको नाममा वंशजका आधारमा जारी नागरिकता रद्द गर्दै उनीहरूलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ।
आगामी २०८३ चैत्र मसान्तभित्र फास्ट ट्र्याक सम्पन्न गरिसक्न मन्त्रिपरिषद्ले दिएको समय सीमाभित्र नेपाली सेनाले आयोजना सम्पन्न गर्नुपर्ने रक्षामन्त्री खड्काको भनाइ छ।
गैरकानूनी गतिविधिको 'गोपनीयता' भंग हुने डरले मेयर र प्रशासकीय अधिकृतले मनपरी सरूवा गरेको उपमहानगरका कर्मचारीहरू बताउँछन्। अवैधानिक बिदाको हिसाबकिताब माग्दा उनीहरू आफूमाथि जाइलागेको मेयर साहको दाबी छ।
कृत्रिम फूल प्रयोगकर्ता घटेर प्राकृतिक फूलमा आकर्षण बढ्दा धनुषामा सयपत्री फूलको माग बढी भएको क्षीरेश्वरनाथ नगरपालिकाका कृषि अधिकृत गंगा यादवको भनाइ छ।
टी२० विश्वकप एशिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल सन् २०२४ मा हुने विश्वकपमा छनोट भएको छ। यसअघि नेपालले सन् २०१४ मा पहिलोपटक टी२० विश्वकप खेलेको थियो।
आशिफले यसअघि नेदरल्यान्ड्स, मलेसिया र यूएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए।
बहराइनले दिएको १०७ रनको लक्ष्य ओमानले १४.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो।
विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ।
बलि चढाउँदा आफूले चिताएका इच्छा, आकांक्षा पूरा हुने जनविश्वासले पाथीभरा आउने अधिकांश भक्तजनले पशुको बलि चढाउँथे। अहिले भने त्यो चलन हट्दै गएको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको छ।
शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका शाह र श्रेष्ठबीच जहाजबाट झरेपछि कुटाकुट भएको थियो।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल आयातको करिब ७०.९७ प्रतिशत अर्थात् चार लाख ५५ हजार ८९८ वटा स्मार्टफोन उत्तरी छिमेकी देश चीनबाट आयात भएको छ।
धादिङबेँसीबाट खनियबासको किन्ताङफेदी, रुविभ्यालीको सेर्तुङ हुँदै तिप्लिङको पाङसाङ पासबाट रसुवाको स्याफ्रुबेँसी पुग्न सकिने भएको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा यूएईका कप्तान मोहम्मद वासिमले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपाल फिल्डिङमा उत्रिने भएको हो।
स्युचाटारदेखि सिंहदरबारसम्म ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकाले शनिबार बिहान ७ देखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा फापर खेती गर्ने क्रम घट्दै गएको छ।