AnonymousUser

Logout

मेस्सीसँगै सन्यास लिने सुआरेजको चाहना

अमेरिकी क्लब मियामी जान असफल भएका उरुग्वेली फरवार्ड लुइस सुआरेजले बार्सिलोनाका पूर्वसहकर्मी लिओनल मेस्सीसँगै सन्यास लिने चाहना रहेको बताएका छन्।

बज्दैनन् पशुपतिका घन्टी, रालो हराएको वर्षौंसम्म भएन मर्मत (भिडियो कथा)

पशुपति परिसर क्षेत्रमा भएका कतिपय घन्टीबाट रालो हराएको झण्डै एक दशक भइसकेको छ। तर फेरि रालो नराख्दा ती घन्टी आवाजविहीन भएका छन्।

मधेशमा जनमत पार्टीले मन्त्री फेर्ने, एक मन्त्री र राज्यमन्त्रीले दिए राजीनामा

जनमतका विनाविभागीय मन्त्री वसन्त कुशवाह र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा गरेका छन्। जनमतले अब चन्दन सिंह र रन्जु खत्वेलाई सरकारमा पठाउने निर्णय गरेको छ।

अमेरिकामा जाडोले काँप्ने र गर्मीमा पसिना आउने रोबोट

यो रोबोट मान्छेले जस्तै गर्मीमा पसिना बगाउँछ। यसलाई चिसोले काम छुट्छ र यसले सास पनि लिनसक्छ। यसलाई एएनडीआई अर्थात्, एड्भान्स्ड न्यूटन डायनामिक इन्स्ट्रुमेन्ट नाम दिइएको छ।

रकम भुक्तानी माग गर्दै बालुवाटारमा निर्माण व्यवसायीको प्रदर्शन

सरकारले रकम भुक्तानी नदिँदा आफूहरूले मजदुरलाई पनि भुक्तानी दिन नसकेको निर्माण व्यवसायीहरूले बताएका छन्।

भारतमा हुने बिहार संग्रहालयको कला प्रदर्शनमा नेपालले पनि सहभागिता जनाउने

सो संग्राहलयले नेपाललाई प्रदर्शनीमा देवीदेवतासँग सम्बन्धित कला र संस्कृति झल्काउने तस्वीरहरू प्रदर्शन गर्ने अवसर दिएको छ।

एकीकृत समाजवादीको सचिवालयदेखि केन्द्रीय कमिटी बैठकका लागि नयाँ तालिका

एकीकृत समाजवादीले यसअघि स्थगित गरिएका केन्द्रीय सचिवालय स्थायी कमिटी, पोलिट ब्युरो र केन्द्रीय कमिटीका बैठकहरू अब साउन १९ गतेदेखि शुरू गरेर भदौ ७ गते सक्ने भएको छ।

तनहुँका विद्यालयमा विद्यार्थीलाई सीपसँग जोड्न ‘पढ्दै कमाउँदै’ कार्यक्रम

तनहुँमा पढ्दै कमाउँदै र एक वडा एक उत्पादन कार्यक्रम लागू भएका गाउँपालिकामा विद्यार्थीले कृषि फार्म चलाउने गरेका छन्। विद्यालयको लगानीमा सञ्चालित फार्मको नाफा विद्यार्थीकै हुन्छ।

ग्लोबल टी२० लिगमा दीपेन्द्र सम्मिलित मोन्ट्रियल टाइगर्स शीर्ष स्थानमा

नेपाली समयअनुसार सोमबार बिहान सकिएको खेलमा टाइगर्सले टोरन्टो नेसनल्सलाई २३ रनले पराजित गरेको छ। प्लेइङ ११ मा परेका दीपेन्द्रले खेलमा ब्याटिङ र बलिङ गर्न भने पाएनन्।

प्रचण्ड सरकारको कार्यसम्पादन: दैनिक प्रशासन र आयोजना कार्यान्वयनमा कमजोर, भ्रष्टाचारविरुद्ध आशाप्रद

सिंहदरबार सजिलै छिर्न सक्ने, देशका ‘ठूला दरबार’मा सहजै पहुँच पाउने र नेताहरूसँग सजिलै भेटघाट गर्न सक्ने एउटा ‘सर्कल’ले हाम्रा नेताहरूलाई गलत ढंगले प्रभाव पारिरहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा बाढी पहिरोको चेतावनी

कोशी, बागमती, गण्डकी र लुम्बनी प्रदेश तथा आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भैरहेको हुँदा बाढी र पहिरोको जोखिम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

डेंगीको ‘हटस्पट’ धरान, जेठ दोस्रो सातायता आठ संक्रमितको मृत्यु

धरान उपमहानगरपालिकामा डेंगी संक्रमण उच्च दरमा वृद्धि हुँदै गएको छ भने जेठ दोस्रो सातायता आठ संक्रमितले ज्यान गुमाएका छन्।

हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा भ्याट नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

त्रियुगा पुल निर्माण एक वर्षभित्रै सम्पन्न गर्ने भौतिक पूर्वाधारमन्त्रीको प्रतिबद्धता

उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाएका छन्।

सांसद भन्छन्– नेपाल सुन तस्करको स्वर्णभूमि, मुख देखाउनै लाज भयो

सांसदहरूले नेपाल तस्करहरूको स्वर्णभूमि बनेको बताउँदै जनतासमक्ष आफूलाई मुख देखाउनै गाह्रो भएको बताएका छन्।

रास्वपाको १२१ सदस्यीय केन्द्रीय समितिमा ८२ पद रिक्त, किन गरिँदैन मनोनयन?

रास्वपा विधानमा केन्द्रीय समिति १२१ सदस्यीय भए पनि स्थापनाको एक वर्षमा ३९ जना मात्र समेटिएका छन्। दुईपटक विस्तार हुँदा संसदीय दलका उपनेता, प्रमुख सचेतक र सचेतकलाई समेत केन्द्रीय समितिमा राखिएन।

पाकिस्तानको बाजौरमा विस्फोट हुँदा ३५ जनाको मृत्यु, २०० भन्दा बढी घाइते

पाकिस्तानमा बाजौरी जिल्लामा आयोजित राजनीतिक सभालाई लक्षित गरी भएको विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्।

सुन तस्कर छुटाउन मन्त्रिपरिषद् नै थियो सक्रिय, छानबिन समितिमाथि अर्थमन्त्रीको दबाब

सुन तस्करीबारे तत्कालीन संसदीय समितिको छानबिन प्रतिवेदन खोतल्दा तस्करीका प्रवृत्ति र पात्र फेरिएको देखिन्न। विडम्बना, प्रजातन्त्र, शाही शासनदेखि गणतन्त्रसम्म पनि उनीहरू कारबाहीको दायरामा आएनन्।

भ्रष्टाचार र तस्करीविरुद्धको कदम रोकिन्न, थप फाइल खोल्दै जान्छन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारविरुद्ध लडाइँ शुरू गरेपछि गठबन्धनमा फाटो पार्ने कसरत भइरहेको बताए।

राष्ट्र बैंकले अर्थतन्त्रको स्पष्ट समीक्षासहित मौद्रिक नीति ल्याएको हो: गभर्नर

गभर्नर अधिकारीले अप्ठ्यारो परेका ऋणीलाई उसको उद्यमशीलतालाई बचाउनका लागि छुट्टै फ्रेम वर्क राष्ट्र बैंकले बनाउने तयारी रहेको बताए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।