मकवानपुरमा मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्य त्रिरत्न मानन्धरको राजीनामा स्वीकृत गरी रिक्त सदस्य पदमा अच्युतराज पहाडीलाई मनोनीत गरेको छ।
केपी ओली कप टी२० क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबारको दोस्रो खेलमा विभागीय टोली एपीएफलाई ११ रनले पराजित गर्दै मधेशले आर्मीसँगको भेट पक्का गरेको छ।
प्रदेशगत रूपमा वयस्क पुरुष र महिलाको कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित सबैभन्दा बढी बागमतीमा ४७.६ प्रतिशत र सबैभन्दा कम ४०.१ प्रतिशत मधेशमा रहेको छ।
बाजुराको हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको बोलेरो जिप धुलाचौर बजारनजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
नामिबियामा जारी अफ्रिका छनोटअन्तर्गत बिहीबार युगान्डाले रुवान्डाविरुद्ध जित हात पारेसँगै सहभागी २० वटै टोलीको टुंगो लागेको हो।
विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट लागेको छ।
घटना कमजोर बनाउन पीडितका अभिभावकले नै पीडकका आफन्तबाट ५० हजार रुपैयाँ बुझेको र बालिकालाई यातना दिई कोठामा थुनेको सूचना पाएपछि प्रहरीले बालिकासँगै अभिभावकलाई पनि झिकाएको थियो।
दिगो विकास तथा सुशासन समितिले भूकम्प प्रभावितहरूको उद्धार, राहत र अस्थायी आवासको व्यवस्थापनलगायत विषयमा गृह मन्त्रालयले गरिरहेका कामबारे गृहमन्त्री श्रेष्ठसँग प्रगति विवरण लिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले जोशीको बिनाशर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय समुदायहरूसँग आग्रह गर्ने निर्णय भएको बताए।
उद्धारपछि यही मंसिर ११ गते उनी घर आइपुगेकी हुन्। घर आइपुगेपछि उनले ओमानको कालकोठरीबाट बाँचेर आएको बताइन्।
प्रधानन्यायाधीश श्रेष्ठले छिटो, छरितो, सरल र सुलभ तरिकाले न्याय सम्पादन र सबैलाई न्यायमा पहुँच पुर्याउन सहयोग पुग्ने उद्देश्य राखेर भिडियो कन्फ्रेन्समार्फत मुद्दाको सुनुवाइ थालिएको बताए।
१० जनाको दरबन्दी रहे पनि हाल तीन जना मात्रै रहेकाले सेवा प्रवाहमा समस्या भएको इलाका प्रशासन कार्यालय बुर्तिबाङले जनाएको छ।
राजतन्त्र फर्काउने र २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्ने भन्दै विभिन्न जिल्लाबाट महिलालाई आन्दोलनमा ल्याएका दुर्गा प्रसाईंले महिलाविरुद्ध नै बारम्बार असंवेदनशील टिप्पणी गर्ने गरेका छन्।
कुशे गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको कठ्यांग्रिएर मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।
भारतका गृहमन्त्री अमित शाहले यसलाई ऐतिहासिक सफलता बताएका छन्।
बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो।
महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ कायम छ। यो बुधबार कायम रेकर्डको स्थिर मूल्य हो।
किसिन्जरले सन् १९७३ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर यात्रा शुभारम्भ गरेका छन्।