AnonymousUser

Logout

पार्टीका कार्यक्रम छरितो बनाउन एमालेको मापदण्ड, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने

एमालेको साउन २९ गतेको सचिवालय बैठकले पार्टी तथा मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बुधबार साँझदेखि नै सडक अवरुद्ध भएको छ। वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ।

आप्रवासी बोकेको डुंगा आन्ध्र महासागरमा पल्टियो, ६० जनाभन्दा बढीको मृत्यु

दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको बीबीसीले जनाएको छ। ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान छ।

विदेशी ब्याटिङ प्रशिक्षक आएपछि उत्साही महिला क्रिकेट टोली, एशियालीस्तर नाघ्ने लक्ष्य

नेपालको महिला क्रिकेट टोलीले अहिलेसम्म एशियाबाहिरका देशहरूसँग प्रतिस्पर्धा गर्न पाएको छैन। टेस्ट राष्ट्रबाहेक यूएई र थाइल्यान्डको दबदबा हुँदा नेपालले उनीहरूको चुनौती पार लगाउन नसकेको हो।

अचार बिक्रीबाट आम्दानी गर्दै कैलालीका महिला, दैनिक २५ जनालाई रोजगारी 

१७ जना महिलाले  एक–एक लाख लगानी गरेर उद्योग सञ्चालन गरेका हुन्। उनीहरूले यसपटक मात्रै आँपको अचार साढे सात क्विन्टल र गल्का एक क्विन्टल उत्पादन गरेका छन्।

पाकिस्तानमा गिर्जाघर जलाइयो, इसाईहरूको घरमा तोडफोड

पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडले हिंसामा संलग्नलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन्। 

सेप्टीक ट्यांकमा परेर जंगली हात्तीको मृत्यु

मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टीक ट्यांकमा परेर जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ। 

सदाचार पालना गर्ने पर्व ‘गुँला’ शुरू, स्वयम्भूमा विशेष मेला लाग्ने

नेवार समुदायले श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म धर्मकर्म एवं राम्रो काम गरेर मनाउने  गुँला पर्व मनाउँछन्। यस अवसरमा मनाइने केपु बाजाको पूजा गर्ने परम्परा भने लोप हुँदै गएको छ।

खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र, सबैभन्दा धेरै चिनियाँ

दैलेखस्थित पेट्रोलियम सम्भावित भण्डार क्षेत्रको अन्वेषणका लागि चीन र नेपाल सरकारबीच सम्झौता भई अन्वेषण कार्य भइरहेको छ।

जमिन भासिन थालेपछि पहिरोको जोखिममा गोरखाको खानीगाउँ

बस्तीमाथिको जमिन चिराचिरा परेर भासिन थालेपछि गाउँपालिकाले खानीगाउँवासीलाई अन्यत्र सर्न भनेको छ। यहाँका ३२ परिवारका १०५ जना प्रभावित भएका छन्। 

'मोरल पुलिसिङ'को सीमा के?

सामाजिक मर्यादाको कुनै विश्वव्यापी र बदल्नै नमिल्ने नियम हुन्छ जस्तो लाग्दैन। हरेक स्थान, परिवेश र उमेरअनुसार तय हुन्छन् ती सीमा। त्यस्तो सीमा निरन्तर रूपमा सम्झौता गर्न मिल्ने खालको हुन्छ।

सुपर कपको उपाधि म्यानचेस्टर सिटीलाई, सेभिया टाइब्रेकरमा पराजित

गत सिजन तेहोरो उपाधि जितेको सिटी सुपर कपमा पहिलो सहभागितामा नै च्याम्पियन बन्न सफल भएको हो। 

कोशी र बागमतीमा चट्याङसहित भारी वर्षाको सम्भावना

गण्डकी, कोशी, बागमती र कर्णालीका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मोहन बगानसँग पराजित भएपछि एएफसी कप छनोटबाट बाहिरियो मछिन्द्र

कोलकातामा भएको खेलमा घरेलु टोली मोहन बगानसँग पराजित भएपछि मछिन्द्र क्लब एएफसी कपको प्लेअफमा पुग्न असफल भएको छ।

बिनास्वीकृति सामाजिक सञ्जालमा विज्ञापन गर्ने दुई मेनपावरलाई जरिबाना

वैदेशिक रोजगारीमा पठाइदिने विज्ञापन सामाजिक सञ्जालमार्फत गरेर राहदानी संकलन गर्ने क्यापिटल रिक्रुरमेन्ट सर्भिस र इगल मेनवापर कन्सल्ट्यान्ट प्रालिलाई वैदेशिक रोजगार विभागले जरिबाना गरेको छ।

१७ वर्षअघिको गौर हत्याकाण्ड: भएको के थियो, किन गरिएन अनुसन्धान?

रौतहटको गौरमा २०६३ चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरूले आक्रमण गर्दा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो।

टी–२० महिला विश्वकपको एशिया छनोट खेल्न मलेसिया जाने टोलीको बिदाई

मलेसियामा नेपालले टी–२० विश्वकपको एशिया छनोटअघि चार देश सम्मिलित टी२० आई श्रृंखला खेल्नेछ।

देउवापुत्र जयवीरलाई बतास ग्रुपले किन नामसारी गरिदियो कास्कीको जग्गा?

फेवाताल सिरानतर्फको पाँच रोपनी जग्गा व्यावसायिक घराना बतास समूहले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई नामसारी गरिदिएको फेला परेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था परिवर्तन गर्न कार्यदल बनाउने सरकारको तयारी

विमानस्थलको सुरक्षा प्रबन्धबारे गम्भीर समीक्षा र अध्ययन गर्नुपर्ने भन्दै छिट्टै विज्ञ र सरोकारवाला निकायका प्रतिनिधि रहेको कार्यदल बनाइने प्रधानमन्त्री दाहालले बताएका छन्।

महिला विश्वकप फुटबल उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्ने

अस्ट्रेलियामा बुधबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोलीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलोपटक विश्वकपको फाइनलमा पुगेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।