पर्यावरण संरक्षणमा सक्रिय गैरसरकारी संस्था ग्रिनहुड नेपालले प्रकृति संरक्षणमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई ‘प्रकृति पहरेदार पुरस्कार’ नामक सम्मान दिने घोषणा गरेको छ।
काठमाडौँ- पर्यावरण संरक्षणमा सक्रिय गैरसरकारी संस्था ग्रिनहुड नेपालले प्रकृति संरक्षणमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई ‘प्रकृति पहरेदार पुरस्कार’ नामक सम्मान दिने घोषणा गरेको छ। संस्थाले एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेको हो।
जैविक विविधता संरक्षण, वन्यजन्तु अपराध नियन्त्रण, संरक्षणसम्बन्धी सचेतना, खोज तथा अनुसन्धान लगायत प्रकृति संरक्षणका विभिन्न क्षेत्रमा सक्रिय रही प्रेरणादायी भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई यस्तो पुरस्कार दिइने ग्रिनहुडले जनाएको छ।
पुरस्कारका लागि २०८३ मंसिर २९ गतेसम्म आवेदन दिन सकिने पनि संस्थाले जनाएको छ। आवेदन आफ्नै लागि वा अरूका लागि दिन सकिने छ। साथै जुनसुकै उमेर, पेसा वा पृष्ठभूमिकाले पुरस्कारका लागि आवेदन दिन सक्ने छन्। पुरस्कार छनौटका लागि विविध विधाका विज्ञ सम्मिलित मूल्यांकन समिति रहनेछ। समितिले योगदान, समर्पण र प्रभावकारिताका आधारमा एकजनालाई पुरस्कारका लागि छनौट गर्ने छ। यो पुरस्कार हरेक वर्ष दिइनेछ। पुरस्कारको राशि एक लाख रूपैयाँ रहेको छ।
प्रकृति संरक्षणका लागि समर्पित व्यक्ति तथा उनीहरूले गरेका योगदानलाई सार्वजनिक रूपमा चिनाउन यस पुरस्कारले सहयोग पुर्याउने संस्थाको विश्वास छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
