भक्तपुरको तौलाछेँ टोलस्थित एक हिटीबाट ४२ वर्षअघि चोरिएको पूर्ण कदको तारामूर्ति अमेरिकाको न्युयोर्कस्थित लिलामीगृहमा फेला परेको छ।
खोकनाका स्थानीय ७८ वर्षीय मदनकृष्ण डंगोलको नेवा शैलीको मौलिक घर जीर्ण अवस्थामा छ, जुन नेपालको पहिलो बिजुली बत्ती बलेको घरका रूपमा चिनिन्छ।
किल्लामा पहिले राजा ठोकरचेनले शासन चलाउने गरेको मुस्ताङ जिल्लाको ऐतिहासिक दस्तावेजहरूमा उल्लेख छ।
ऐतिहासिक ग्यालरी कक्षमा द्रव्य शाह, पृथ्वीनारायण शाह, सुरप्रताप शाहदेखि राणाकालीन समयमा प्रयोग भएका हातहतियार प्रदर्शनीमा राखिएको छ।
हनुमानढोका दरबारमा २०१२ सालमा जिल्ला प्रहरी कार्यालय राखियो। तर यो क्षेत्र २०३६ सालमा विश्व सम्पदा सूचीमा पर्यो। २०७२ सालको भूकम्पमा भवन क्षतिग्रस्त भयो र खाली गरियो, तर प्रहरीले अझै पहरा दिइरहेको छ।
ब्रिटिस इस्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थलमा बर्सेनि विजय महोत्सव हुने गरेको छ। यस वर्ष पुस १९ गते पर्सागढी २१०औँ विजय महोत्सव आयोजना हुँदैछ।
भारतको पुराना किल्ला म्युजियममा भेटिएको यो सूर्यमूर्तिमा नेपालले पहिलोपटक ‘उत्पत्तिको पहिचान’सहित प्रमाण पेस गर्न सक्नेछ।
सन् १९८० दशकको मध्यतिर बसन्तपुर दरबार क्षेत्रस्थित कुमारी घरबाट चोरिएको एक पुरातात्त्विक काष्ठ तोरन फ्रान्सको पेरिसस्थित एक व्यक्तिको निजी संग्रहमा पाइएको छ।
पाटनबाट सन् ७० र ८० को दशकमा चोरिएका बौद्ध सम्पदा फ्रान्स र अस्ट्रेलियामा भेटिएका छन्।
लमजुङ दरबार र कालिका मन्दिरको पुनर्निर्माणमा सरकारले पर्याप्त बजेट नपठाउँदा निर्माणकार्य अलपत्र परेको छ।
छठ पर्वको मुख्य दिन बिहीबार व्रतालुहरूले सूर्यको आराधना, उपासना र पूजा गरी अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिएका थिए।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ। छठको मुख्य दिन भएकाले बिहीबार सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
तलेजु भवानीको मूर्ति दर्शन गर्न पुजारी, धामी र राष्ट्रप्रमुख गरी ६ जनाले पाउँछन्। हराएको मूर्ति कस्तो थियो स्थानीयलाई थाहा छैन। चोरिँदा खण्डित भएर छुटेको मूर्तिको खुट्टा २०७२ सालको भूकम्पपछि टहरोमा छ।
ललितपुरको लगनखेलमा व्यापारिक लाभका निम्ति हडपिएको सम्पदा, सप्तपाताल पोखरी फिर्ता ल्याएर नयाँ जीवन दिएका स्थानीयले लडेको १७ वर्ष लामो लडाईंको कथा:
दरबारलाई संग्रहालयका रूपमा विकास गर्न थालिएको छ। दरबारभित्र राजाहरूले प्रयोग गरेका हतियार, पोसाक, टेलिभिजन, सोफालगायत सामग्री संग्रहित गरिएको छ।
३६५ दिन भक्तपुर घुम्दा उनले अनेक चोक, चोकभित्रका पनि चोक, मन्दिर, भग्न घरहरू र मूर्ति भेट्टाए। ती ठाउँबाट हराएका पूजापाठ संस्कृति र जीवनशैली केवल कल्पनामा आए, अनुभव गर्न पाएनन्।
लैनसिंह वाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ मा ‘चोरिएको’ भनेर उल्लेख भएको बोधिसत्व पद्मपाणीको मूर्ति किलागल टोलमा फेला परेको हो।
बुद्धमूर्ति फिर्ता हुने निर्णय सार्वजनिक भए पनि नेपाल ल्याउन कूटनीतिक र कानूनी प्रक्रिया बाँकी छ। अब पुरातत्त्व विभाग र कूटनीतिक नियोगको तदारुकता जरुरी छ।
भुइँसहित ६ तला रहेको यस गुफामा करिब ५० वटा कोठा छन्। हरेक तलाको बीच भागमा बाटो र दायाँबायाँ कोठा छन्। एउटा तलादेखि अर्को तलामा उक्लिनेसमेत भर्याङ छ।
चारैतिर हरियाली जंगलले घेरिएको मझुवागढीमा घुमफिर गर्न, वनभोज खान, अध्ययन भ्रमण गर्न, साहित्यिक तथा सांगीतिक कार्यक्रमका लागि मानिसहरू पुग्ने गरेका छन्।