बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा देशभरका थारू कलाकारले आ-आफ्नो ठाउँ विशेषका मौलिक प्रस्तुति दिएका छन्।
दिल्लीस्थित अमेरिकी दूतावासअन्तर्गत रहने आईसीईका अनुसन्धानकर्ताले मंसिर २६ गते काठमाडौँमा पुरातत्त्व विभागका पदाधिकारीसँग भेटवार्ता गर्दै तलेजु हारबारे जिज्ञासा राखेका थिए।
अस्ट्रियाको भियनास्थित प्रतिष्ठित जेक ग्यालरीमा फेला परेका नेपालका पुरातात्त्विक ६ वटा सम्पदाहरूको उत्पत्ति–प्रमाण तथा आधिकारिकता पुष्टि भएर पनि घर फर्काउन सकिएको छैन।
वृक्षरोपणपछि लिम्बुहरूको मुन्धुमी सभ्यताको उद्गमस्थल इम्बिरी यङ्घङ र तमोर खोलामा जाने कार्यक्रमसँगै आन्दोलनको अर्को चरण शुरू भएको संघर्ष समितिका संयोजक लिङ्खिमले बताए।
सांस्कृतिक क्षतिबाट प्रभावित समुदाय र राष्ट्रका लागि न्याय, उपचार र मेलमिलापमा त्यस्ता सम्पदाको फिर्तीले कसरी योगदान पुर्याउँछ भन्नेबारे ‘हेरिटेज रिकभरी क्याम्पेन’मा विमर्श हुनेछ।
गोदावरीको टीकाभैरव राजकुलोबाट लगनखेलको सप्तपाताल पोखरीमा पानी झार्ने योजना ललितपुर महानगरको ‘प्राइड प्रोजेक्ट’ हो। महानगर सप्तपाताल पोखरीमा केन्द्रित हुँदा राजकुलोको अस्तित्व नै खतरामा परेको छ।
मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसहरूको आस्थाको केन्द्र थियो। त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन मानिसविहीन बनेको छ।
सडक विस्तार आयोजनाले भत्काएको फल्चा र हिटी पुनर्निर्माणमा मध्यपुर थिमि नगरपालिकाले मनलाग्दी गरेपछि सर्वोच्च अदालतले मौलिक स्वरूपमै बनाउन आदेश दियो। तर नगरपालिकाले अदालतको आदेशसमेत मानेको छैन।
प्रायः जात्रामा पुरुषको बाहुल्यता र मुख्य भूमिका हुन्छ, महिला नाचगान र पूजामा सीमित देखिन्छन्। तर याक मिसायाः र नानी चायाः जस्ता जात्राले महिला सहभागिताको ऐतिहासिक परम्परालाई स्थापित गरेको छ।
वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरू भएको छ। पहिलो दिन ललितपुरको पुल्चोकबाट मत्स्येन्द्रनाथको रथलाई तानेर गाःबहाल पुर्याइएको छ।
चोरिएर विश्वका विभिन्न देशमा पुर्याइका मूर्ति र कलावस्तुमध्ये ६३ प्रतिशत अमेरिकाबाट फिर्ता आएका छन्। बाँकी बेलायत, चीन, भारतलगायत देशबाट फर्काइएका छन्। अमेरिकाबाटै किन फर्किन्छन् धेरै कलावस्तु?
आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको अन्तिम दिन शुक्रबार भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिंगो ढालिएको छ।
लस्ट आर्टस् अफ नेपालका अनुसार, यो सम्पदा अहिले चुपिङ–घाटको विपरीत दिशामा रहेको परदेशी भीमसेन मन्दिरको प्रवेश पर्खालमा जोडेर राखिएको छ।
पुरातात्त्विक महत्त्वका २१ थान कलावस्तु अमेरिकाबाट नेपाल फिर्ता आएका छन्। फिर्ता भएका कुल १७७ थान कलावस्तुमध्ये अमेरिकाबाट मात्रै १०४ अर्थात् ५९ प्रतिशत फर्काइएका हुन्।
विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए/नभएको यकिन गर्न पुरातत्त्व विभागले अध्ययन गर्ने भएको छ।
काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ। फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन।
टुँडिखेलको चारै दिशामा निर्माण गरिएका राणाकालीन समय स्मरण गराउने शालिक संरक्षणविहीन भएका छन्।
पञ्चायतकालदेखि नै मूर्ति चोरीका घटनाले चर्चा पाउँथे। त्यति बेला हराएका मूर्ति फिर्ता आइरहँदा अन्य मूर्ति हराउने क्रम रोकिएको छैन। गत साता मात्र धर्मस्थलीबाट धातुका आठ थान प्राचीन मुकुण्डो हराएका छन्।
बेँसीसहर नगरपालिका–३ स्थित लमजुङ दरबारको तीन वर्षअघि पुरातत्त्व विभागले पुनर्निर्माण थालेको थियो। दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य रहे पनि बजेट अभावले काम हुन नसकेको विभागले जनाएको छ।
हलेसीको संरक्षण, प्रवर्द्धन, भौतिक तथा पर्यटन विकासलाई ध्यानमा राखेर गुरुयोजना निर्माण शुरू गरिएको छ। पुरातत्त्व विभागबाट आएका भूगर्भविद्को टोलीले सर्वेक्षण गरिसकेका छन्।