AnonymousUser

Logout

बढ्दैछन् काँक्रेविहार घुम्ने पर्यटक 

उपत्यकाको उँचो भागमा शिखरशैलीमा रहेको सो विहार हाल सुर्खेत आउने पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ।

एक महिनाको खोजबाट पुनर्स्थापना भयो ४२ वर्षअघि हराएको नागराज 

चार दशकअघि हराएको मूर्तिलाई नक्सालका स्थानीयले एक महिना लगाएर खोजबिन गरी कानूनी प्रमाण पुर्‍याएर छाउनी संग्रहालयबाट फिर्ता ल्याएका हुन्। अझै चार मूर्ति फिर्ता गर्न बाँकी छ।

विद्यासुन्दरको पथमा बालेन शाह!

काठमाडौँ महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यमाथि सम्पदा पुनर्निर्माणमा मनपरी गरेको आरोप मात्र लागेन, मुद्दा नै परेपछि तारेख धाइरहेका छन्। अहिलेका प्रमुख बालेन शाह पनि शाक्यकै बाटो पछ्याइरहेका छन्।

यी हुन् काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदामा सूचीकृत ७ सम्पदा  

विश्व सम्पदामा सूचीकृत पशुपतिनाथ मन्दिर, बौद्ध स्तूपा, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, हनुमान ढोका दरबार र स्वयम्भू महाचैत्यमा पर्यटकको घुइँचो लाग्ने गरेको छ।

विदेशबाट फर्काइएका कलावस्तुः राष्ट्रिय संग्रहालयको प्रदर्शनीमा, उद्गमस्थल फर्काउनै कठिन

नेपालबाट हराएका मूर्ति पछिल्लो दशक धमाधम फिर्ता भए पनि कतिपयलाई उद्गमस्थल पुर्‍याउन सकिएको छैन। राष्ट्रिय संग्रहालयमा राखिँदै आएका ५९ कलावस्तुको अहिले त्यहीँ अस्थायी रूपमा प्रदर्शनी गरिएको छ।

भानुजयन्ती मनाइँदै: भानुगृह पुनर्निर्माणको पर्खाइमा चुँदीरम्घा

चुँदीरम्घामा भानुगृह पुनर्निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास भएको थियो। तर आठ वर्ष बितिसक्दा पनि उक्त काम शिलान्यासमै सीमित भएको छ। 

भद्रकाली सत्तल पुनर्निर्माण: पुरातत्त्व र महानगरबीच शैलीमा विवाद

पुनर्निर्माण हुने सत्तलको शैलीका विषयमा पुरातत्त्व विभाग र काठमाडौँ महानगरबीच मतभिन्नता देखिएको छ। महानगरले विभागको स्वीकृतिबिनै निर्माण शुरू गरेको छ।

पनौतीबाट हराएको भैरव मुकुण्डो ३२ वर्षपछि हङकङमा भेटियो

३२ वर्षअघि हराएको मुकुण्डो हङकङका एक निजी संग्रहकर्तासँग भएको जानकारीमा आएको छ। लिलामका लागि राखिएको मुकुण्डो पहिचान भए पनि फिर्ता ल्याउन चुनौतीपूर्ण रहेको  यसका जानकार बताउँछन्।

जसको पीएचडी सोधले अभिलेखालयबाट चोरिएका गाताचित्र नेपाल फर्किए

सावित्री मैनालीले गरेको विद्यावारिधि सोधका कारण एक हजार वर्षअघि राजा रुद्रदेवको पालामा लेखिएको ‘शिवधर्मशाश्त्रम्’ कृतिका गाताचित्रहरू नेपाल फर्काइए। ती सम्पदा राष्ट्रिय अभिलेखालयबाटै हराएका थिए।

प्रहरी चौकीभित्र ४० वर्षदेखि बेवारिसे ब्रह्मा मूर्ति, किन हुँदैन पुनर्स्थापना?

लैनसिंह वाङ्देलले ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तकमा छैटौँ शताब्दीको भनेर उल्लेख गरेको मूर्ति गौशाला प्रहरी वृत्तमा बेवारिसे छ। उक्त मूर्ति रहेको मन्दिरको भग्नावशेष जयबागेश्वरीमा अहिले पनि छ।

वाङ्देलले उल्लेख गरेको ‘स्टोलन इमेज’ उमामहेश्वर : ५० वर्षपछि स्थानीयको घरपरिसरमा भेटियो

लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिमा चोरिएको सम्पदाका रूपमा चिनाइएको जयबागेश्वरीस्थित उमामहेश्वर मूर्ति सोही ठाउँको वैद्य परिवारको घरपरिसरस्थित मन्दिरमा पाइएको छ।

नक्साल ढुंगेधाराको पुनरुत्थान गरिँदै, निकास थुन्नेलाई जरिबाना

ढुंगेधाराको पुनरुत्थानअन्तर्गत यहाँ पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचना पुनःनिर्माण गरिने वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए।

‘कार फ्री डे’मा यस्तो देखियो हाँडीगाउँ (तस्वीरहरू)

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डबली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध गरिएको छ। 

प्रदर्शनीमा पाटनक्षेत्रका उमामहेश्वर मूर्ति : कतै बेवारिसे, कतै राख्ने ठाउँ अतिक्रमित

पाटन क्षेत्रका उमामहेश्वरका मूर्ति र तिनको तस्वीर प्रदर्शनीमा राख्ने अध्येतामध्येकी एक रिझा कतै बेवास्थाले तथा कतै पूजा गर्दा अबिर दल्ने र सफा नगर्ने चलनले ती मूर्तिको अवस्था बिग्रिँदै गएको बताउँछिन्।

रुपन्देहीको खयरडाँडामा भेटियो प्राचीन इनार

उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे तीन मिटर गहिराइ भएको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषले जनाएको छ।

काठमाडौँका सार्वजनिक स्थानमा मौलिक भित्तेचित्र 

चित्रलेखन गर्दा स्थान अनुसारका आकृतिलाई प्राथमिकता दिइने छ। रंगशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभूषा बिम्बित हुने चित्र कोरिनेछन्।

पाटनको एकल घोडेजात्रा : परम्परा जगेर्ना गर्न निरन्तरता

परापूर्वकालदेखि चलिआएको परम्परा जगेर्ना गर्न एकल घोडेजात्रालाई निरन्तरता दिइरहेको ललितपुर महानगरपालिका–९ का वडा अध्यक्ष राजु महर्जन बताउँछन्।

सम्पदालाई केले जीवन्त राख्छ?

आममानिसले असनलाई नुनदेखि सुनसम्म पाइने व्यापारिक केन्द्र ‘ओपन डिपार्टमेन्टल स्टोर’को रूपमा बुझ्छन्। असनबासीका लागि आफ्नो बासस्थान र पर्व मनाउने स्थान हो। मीनरत्नका लागि भने क्यामराको ‘अब्जेक्ट’ हो।

पोखराबाट हराउँदै छन् मौलिक संस्कृति झल्काउने चौतारो

पोखरामा बस्ती बस्न शुरू हुँदा नै चौतारो बनाइन थालेको पाइन्छ। इतिहास र संस्कृति झल्काउने यी चौतारा तीव्र शहरीकरणले मासिँदै छन्। बाँकी भएकालाई पनि पुरानो शैली मासेर सिमेन्ट प्रयोग गरी मौलिकता मेटाइँदैछ।

रूपरङ खलबलिएको चाँगुनारायण (तस्वीर कथा)

भूकम्प गएको झन्डै आठ वर्ष बितेपछि बल्ल मन्दिर मर्मत सम्पन्न भएको भनिएको छ। तर यो पहिलेको स्वरूपमा छैन।