मूर्ति पुनर्स्थापनाका विषयमा कुनै समुदायमा देखिएको उत्सुकता र कतै देखिएको अन्योललाई समुदायको परिवर्तित मूल्यमान्यता र अपनत्वको भावनाले प्रभाव पारेको विज्ञहरू बताउँछन्।
कुमारी घरबाट चोरी भएको तोरण २६ वर्षपछि कुमारी घरमै पुनर्स्थापना गरिएको छ। अब यसको संरक्षण समुदाय र स्थानीय निकायको समन्वयमा हुनेछ।
कुमारी छेँ (घर)बाट चोरी भएको तोरणलाई पुनर्स्थापना गरिएसँगै अबका दिनमा समुदाय र स्थानीय निकायको समन्वयमा सम्पदाको संरक्षण हुने प्रतिबद्धता जनप्रतिनिधि तथा सम्पदा अभियन्ताले व्यक्त गरेका छन्।
विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति पुनर्स्थापित गरिएको छ।
महाकवि देवकोटाको घरलाई संरक्षण गरेर संग्रहालय बनाउन सरकारले ६ वर्षअघि त्यसलाई किनेको थियो। यद्यपि, संग्रहालय स्थापना भएको तीन वर्ष बितिसक्दा अवलोकनकर्ता फाट्टफुट्ट मात्र पुग्ने गरेका छन्।
काठमाडौँ र ललितपुर महानगर तथा भक्तपुर नगरपालिकाभित्र सांस्कृतिक सिर्जनात्मक उद्योग उत्थान सम्भाव्यता विषयको प्रतिवेदन सार्वजनिक भएको हो।
विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा अहिले झार पलाएको छ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्राका अवसरमा नेवार समुदायले काठमाडौँका विभिन्न स्थानबाट सांस्कृतिक झाँकी निकालेका छन्।
प्राविधिक अध्ययन गरेको १० वर्ष बितिसक्दा पनि भवन भने टेको र पालको भरमा अडिएको देख्न सकिन्छ। कुनै पनि निकायले पुनर्निर्माणमा चासो देखाएका छैनन्।
भूकम्पले क्षतिग्रस्त भएको प्रहरी कार्यालयलाई हटाउन सम्पदा अभियन्ता र पुरातत्व विभागले दबाब दिए पनि नेपाल प्रहरीले निर्णय गर्न सकेको थिएन। काठमाडौँ महानगरसँगको सहकार्यमा अब सो भवन भत्काइने भएको छ।
काठमाडौँको कोर क्षेत्रमा देखिने परम्परागत फल्चा कलात्मक काठ र दाची अप्पाबाट बनेका दुई तलासम्मका छन्। काठमाडौँ महानगरले त्यस्तै सामग्री राखेर फल्चाजस्तै संरचना बनाउने अभियान नै चलाएको छ।
विसं १८२९ मा लमजुङे राजा वीरनारायणका पत्नीहरूले १४० मुरी खेतको गुठी, अन्न संकल्प गरी दान गरिएको अभिलेख यस ढुंगामा कुँदिएको छ।
भक्तपुरका साँघुरा गल्ली मेरा निम्ति प्रिय छन्। यी गल्लीका पुराना घरका बीचबीचमा रङले छोपिएका स–साना मन्दिर भेटिन्छन्। त्यहाँ बुझ्नै नसकिने अक्षर कोरिएका जुगौँ पुराना शिला छन्।
नुवाकोटमा चोरिएका मूर्तिका स्थानमा प्रतिकृति (रिप्लिका) प्रतिस्थापन भइसकेका छन्। तीन पुस्तादेखि चोरिँदै गएका त्यस्ता मूर्तिको अस्तित्व, अवशेष अब कथा–किंवदन्तीमा सीमित हुने चिन्ता पाका पुस्तालाई छ।
बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा देशभरका थारू कलाकारले आ-आफ्नो ठाउँ विशेषका मौलिक प्रस्तुति दिएका छन्।
दिल्लीस्थित अमेरिकी दूतावासअन्तर्गत रहने आईसीईका अनुसन्धानकर्ताले मंसिर २६ गते काठमाडौँमा पुरातत्त्व विभागका पदाधिकारीसँग भेटवार्ता गर्दै तलेजु हारबारे जिज्ञासा राखेका थिए।
अस्ट्रियाको भियनास्थित प्रतिष्ठित जेक ग्यालरीमा फेला परेका नेपालका पुरातात्त्विक ६ वटा सम्पदाहरूको उत्पत्ति–प्रमाण तथा आधिकारिकता पुष्टि भएर पनि घर फर्काउन सकिएको छैन।
वृक्षरोपणपछि लिम्बुहरूको मुन्धुमी सभ्यताको उद्गमस्थल इम्बिरी यङ्घङ र तमोर खोलामा जाने कार्यक्रमसँगै आन्दोलनको अर्को चरण शुरू भएको संघर्ष समितिका संयोजक लिङ्खिमले बताए।
सांस्कृतिक क्षतिबाट प्रभावित समुदाय र राष्ट्रका लागि न्याय, उपचार र मेलमिलापमा त्यस्ता सम्पदाको फिर्तीले कसरी योगदान पुर्याउँछ भन्नेबारे ‘हेरिटेज रिकभरी क्याम्पेन’मा विमर्श हुनेछ।
गोदावरीको टीकाभैरव राजकुलोबाट लगनखेलको सप्तपाताल पोखरीमा पानी झार्ने योजना ललितपुर महानगरको ‘प्राइड प्रोजेक्ट’ हो। महानगर सप्तपाताल पोखरीमा केन्द्रित हुँदा राजकुलोको अस्तित्व नै खतरामा परेको छ।