अकुपङ्चर विधिबाट उपचार गर्न प्रयोग गरिने मोक्जा तितेपातीबाट तयार हुन्छ। पूर्वी नेपाल र काठमाडौँ आसपासबाट संकलित तितेपातीबाट उत्पादन गरेको मोक्जा जापान निर्यातसमेत हुनथालेको छ।
काठमाडौँ- शय्यामा सुतिरहेकी कञ्चन राईको शरीरमा सुई रोपिएका छन्। तारहरू जोडिएका केही यन्त्र पनि राखिएका छन्। सुईमाथि धूपजस्तै वस्तु राखेर सल्काइएको छ। सितापाइलास्थित शरणपुरमा रहेको दिव्य संजीवनी हस्पिटलमा उनी अकुपङ्चर थेरापी गराइरहेकी छन्।
शरीरमा गाडिएका सुईमा राखेर धूपजस्तै सल्काइएका वस्तु मोक्जा हुन्। थेरापिस्ट ईश्वर बलामीले अकुपङ्चर थेरापीको यो विधि जापानमा अध्ययन गरेका हुन्।

यो अस्पतालमा हरेक बिहान थेरापी गराउनेको लामै लाइन हुन्छ। त्यसैले थेरापिस्ट बलामी व्यस्त हुन्छन्। प्राय: बाथ, पक्षघात, जोर्नी दुखाइ, शरीरका विभिन्न भागको दुखाइलगायत समस्या भएका बिरामी उपचारका लागि पुग्छन्।
काठमाडौँको सीतापाइलामै जन्मे हुर्केका बलामीले अकुपङ्चरसम्बन्धी अध्ययन जापानमा गरेका हुन्। तितेपातीबाट बन्ने मोक्जाबारे उनले त्यहीँ अध्ययन गरेका हुन्।

पढाइ सकेर १२ वर्षअघि नेपाल फर्किएपछि बलामीले मोक्जा उत्पादन र अकुपङ्चर सेवा थाले। मोक्जा बनाउनका लागि पूर्वी नेपाल र काठमाडौँ आसपासबाट तितेपाती संकलन गर्छन्। उनले उत्पादन गरेको मोक्जा जापान निर्यातसमेत हुन्छ।
थप जानकारी भिडियोमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
