चेल्सीले २५ वर्षीय एनकुन्कुलाई जर्मन क्लब आरबी लाइप्जिगबाट अनुबन्ध गरेको छ। चेल्सीले उनलाई ५२ मिलियन पाउन्डमा ६ वर्षका लागि अनुबन्ध गरेको हो।
टस जितेर नेपालले पहिला बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २०७ रन बनायो। अमेरिकाका शायन जहानगिरले अविजित रहँदै १०० रन बनाए।
श्रीलंकाले दिएको ३५६ रनको लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा सबै विकेट गुमाउँदै १८० रनमै समेटियो।
नेसन्स लिगको फाइनलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा पराजित गरेको स्पेनले ११ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको छ।
नेपाल जिम्बावेसँग आईसीसी एक दिवसीय विश्वकप छनोटको पहिलो खेलमा ८ विकेटले पराजित भएको छ।
ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको कीर्तिमानी साझेदारीमा नेपालले आईसीसी एक दिवसीय छनोटमा घरेलु टोली जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ।
जिम्मबावेमा जारी खेलमा कुशल भुर्तेल ९९ रनमा बोल्ड भएका छन्। उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे।
जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा भुर्तेलले घरेलु टोलीविरुद्ध ६३ बलमा अर्धशतक प्रहार गरेका हुन्।
नेपाल रहेको समूह ‘ए’ बाट भारत र पाकिस्तान एक खेल अगावै सेमिफाइनल पुगेका छन्।
गएराति भएको दोस्रो सेमिफाइनलमा इटालीलाई २–१ ले पराजित गर्दै स्पेनले फाइनलमा क्रोएशियासँगको भेट पक्का गरेको छ।
हङकङस्थित मोंग कोकमा लगातार वर्षाको कारण आउट फिल्ड ओसिलो भएपछि नेपाल र भारतबीचको खेल रद्द भएको छ।
क्रोएशियाले उपाधिका लागि इटाली वा स्पेनसँग खेल्नेछ। फाइल खेल सोमबार हुनेछ।
एलपीएल इतिहासमा पहिलोपटक भइरहेको अक्सनमा सन्दीपले स्थान बनाए पनि उनलाई कुनै पनि टोलीले अनुबन्ध गरेनन्। उनी अघिल्लो संस्करणको एलपीएलमा डम्बुला जायन्ट्ससँग अनुबन्ध भएका थिए।
बेलिङघम सन् २०२० मा बर्मिङ्घम सिटीबाट डर्टमन्ड पुगेका थिए। १७ वर्षको उमेरमै देखाएको परिपक्कताबाट प्रभावित भएर डर्टमन्डले उनलाई अनुबन्ध गरेको थियो।
२०६४ सालमा 'सी' डिभिजन छनोट पार गरेको खुमलटार १५ वर्षपछि शीर्ष डिभिजनमा उक्लियो। तर, 'ए' डिभिजनमा टिक्न नसकेपछि क्लब पदाधिकारीले एन्फालाई दोष लगाउँदा पूर्वप्रशिक्षकहरू व्यवस्थापककै कमजोरी बताउँछन्।
नेपाली राष्ट्रिय टोलीको लागि सर्वाधिक गोलकर्ता रहेकी उनले अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरिसकेकी छन्।
८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रनमात्रै बनाउन सक्यो। नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रन जोडिन्।
पहिलो सेट २१–२५ ले गुमाएको गणतान्त्रिक त्यसपछि लगातार तीन सेटमा २५–२०, २५–१९ र २५–२२ ले विजयी भयो। आयोजक ओमश्रृजनसिल समाजलाई पाखा लगाउँदै न्युटन एकेडेमी तेस्रो बन्यो।
स्पेनिस मिडफिल्डर ब्राहिम डियाज रियल मड्रिड फर्किएका छन्। सन् २०२० मा मिलान पुगेका उनी तीन सिजनपछि रियलमा फर्किएका हुन्।
सात वर्षअघि चीनले आफ्ना क्लबमा विदेशी फुटबल खेलाडी भित्र्याउन गरेको लगानीको झल्को दिने गरी साउदी अरब अघि बढिरहेको छ। त्यति मात्र नभई विश्वका ठूला प्रतियोगिता आयोजनाको दाबी पनि गरिरहेको छ।