नेपाली मूलका किबन राई इंग्ल्यान्डको चौँथो डिभिजन लिग–२ को क्लब न्युपोर्ट काउन्टीमा अनुबन्ध भएका छन्। उनी वेल्सको ब्रेकनमा जन्मिएका हुन्।
कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार सम्पन्न अन्तिम खेलमा नेपाल उज्बेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो।
सिजन स्पेन तथा बार्सिलोनाबाट सन्यास लिएका बुस्केट्सले पूर्वसहकर्मी लिओनल मेस्सीसँगै एमएलएसमा खेल्ने निर्णय गरेका हुन्।
भारतसँग पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ। नेपालले अब समूहको अन्तिम खेल पाकिस्तानसँग खेल्ने छ।
समूह ‘ए’बाट सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली कुवेत बनेको छ। लगातार पराजित भएसँगै पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ।
नेपाल आईसीसी एक दिवसीय विश्वकप छनोटबाट बाहिरिएको छ। नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
‘सुपर सिक्स’मा पुग्न शनिबारको खेल जित्नैपर्ने दबाबमा खेलिरहेको नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो। अमेरिकालाई ६ विकेटले हराएको थियो।
काभा पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार पाँचौँ हार बेहोरेको छ। नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भयो।
गुएराका अनुसार सुआरेजले आफ्नो चोटबारे धेरै पटक जानकारी दिएका थिए। चोट गम्भीर रहेको आशंका गर्दै सुआरेजको घुँडाको शल्यक्रिया पनि आवश्यक पर्न सक्ने उनले बताए।
श्रीलंकाले आईसीसी एक दिवसीय विश्वकप छनोटमा ओमानलाई पराजित गरेको छ। ओमानले दिएको ९९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १५ ओभरमा विकेटको क्षतिबिना १०० रन बनायो।
जारी प्रतियोगितामा वेस्ट इन्डिजविरुद्ध १०१ रनको हार बेहोरेसँगै ‘सुपर सिक्स’मा पुग्ने लक्ष्यसहित जिम्बावे पुगेको नेपाली टोलीलाई नेदरल्यान्ड्सको खेलमा भर पर्नुपर्ने भएको छ।
साफ च्याम्पियनसिपको पहिलो खेलमा लेबनानले बंगलादेशलाई २–० गोल अन्तरले पराजित गरेको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनायो।
दुई पटकको एक दिवसीय विश्वकप विजेता वेस्ट इन्डिजसित नेपालले पहिलो पटक खेल्न लागेको हो।
आगामी वर्ष कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै सुर्खेतमा रंगशाला निर्माण भइरहेको छ।
कुवेतका लागि कप्तान खालिद हजिया, शबइब अल-खल्दी र मोहम्मद अब्दुल्लाहले गोल गरे। नेपालका लागि अञ्जन विष्टले सान्त्वना गोल फर्काए।
क्यानले आधिकारिक फ्रेन्चाइज लिगका नाममा आयोजना गरेको नेपाल टी२० लिग पहिलो संस्करणमै विवादित भयो। अन्य तीन वटा लिग पनि पुरानै स्वरूपमा खेलाउन रोकिएपछि नेपाली क्रिकेट लिगबिहीन हुने अवस्थामा छ।
कुवेतले नेपालविरुद्ध दबदबाको रेकर्ड नै राखेको छ। दुवै टोलीले कुल ९ पटक एक अर्कासँग खेलेका छन्। जसमा कुवेत ८ पटक विजयी भएको छ भने १ खेल बराबरीमा टुंगिएको छ।
अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनायो। जारी प्रतियोगितामा नेपालको पहिलो जितका लागि भीम सार्कीले अविजित रहँदै सर्वाधिक ७७ रन प्रहार गरे।