AnonymousUser

Logout

‘ए’ डिभिजन लिग : एनआरटीमाथि फ्रेन्ड्सको जित, मनाङ लगातार पाँचौँ खेलमा पराजित

‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार सम्पन्न खेलमा फ्रेन्ड्सले एनआरटीलाई र पुलिसले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ।

दृष्टिविहीन महिला क्रिकेट : भारतविरुद्ध विनीता पुनको ऐतिहासिक अन्तर्राष्ट्रिय शतक

नेपालको लागि विनीता पुनले विस्फोटक ब्याटिङ गर्दै ५७ बलमा अविजित रहँदै १११ रन प्रहार गरिन्।

एसीसी प्रिमियर कप : कुवेतको सेमिफाइनल पुग्ने सम्भावना कायमै

सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछ्याएको कुवेतले २६.३ ओभरमा ६ विकेट गुमाउँदै ११८ रन बनायो। कुवेतका ओपनर अदनान इद्रिसले सर्वाधिक ३८ रन बनाए।

‘ए’ डिभिजन लिग : एपीएफसँग खुमलटार पराजित

जितसँगै एपीएफले १२ खेलबाट १७ अंक जोडेको छ। पाँचौँ स्थानमा रहेको एपीएफले ५ जित, २ बराबरी र ५ हार बेहोरेको छ।

बलियो प्रतिद्वन्द्वी फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

नेपालले फिलिपिन्ससँग आगामी जेठ ३२ मा मैत्रीपूर्ण खेल खेल्ने छ। यो खेल फिफा डेअन्तर्गत खेल्न लागिएको एन्फाका प्रवक्ता सुरेश शाह जानकारी दिए।

मूलपानीमा वर्षा नरोकिएपछि नेपाल र साउदीले अंक बाँडे

एसीसी प्रिमियर कपअन्तर्गत सोमबारको खेल वर्षाका कारण रद्द भएपछि नेपाल र साउदी अरबले अंक बाँडेका छन्।

नेपाल र साउदीको खेल अझै शुरू भएन, सापरले मैदान सुकाइँदै

मूलपानी मैदानमा नेपालले पहिलो पटक ५० ओभरको खेल खेल्दै छ। नेपाल र साउदी अरबबीचको खेल बिहान ९ बजेदेखि माथिल्लो मैदानमा शुरू हुने तय थियो।

कोलकत्तालाई हराउँदै चेन्नई शीर्षस्थानमा

जारी सिजनमा चेन्नईको यो पाँचौँ जित हो भने कोलकत्ताको पाँचौँ हार हो। 

अग्रता जोगाउन नसक्दा सातदोबाटोले शेर्पासँग अंक बाँड्यो

शेर्पा ११ खेलबाट १० अंक जोडेर रेलिगेसन जोनमा रहेको छ।

यूएईसँग पराजित हुँदै एसीसी प्रिमियर कपबाट बाहिरियो सिंगापुर

आइतबार यूएईले दिएको ४७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७० रन मात्रै बनाउन सक्यो।

जतिन्दरको शतकमा मलेसियाविरुद्ध ओमान ८ विकेटले विजयी

मलेसियाले दिएको २२८ रनको लक्ष्य ओमानले ४१.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।

यूएईले सिंगापुरलाई दियो ४७२ रनको लक्ष्य, वसिम र अरविन्दको शतक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै  ४७१ रन बनाएको हो।

पन्जाबसँग मुम्बई १३ रनले पराजित

पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो। 

'ए' डिभिजन लिग : मछिन्द्र र खुमलटार विजयी

'ए' डिभिजन लिगमा मछिन्द्रले फ्रेन्ड्स क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दा अर्को खेलमा खुमलटार युथ क्लबले मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई पनि २–१ गोल अन्तरले पराजित गरेको छ।

एसीसी प्रिमियर कप क्रिकेट : साउदी अरेबिया र कुवेत विजयी

एसीसी प्रिमियर कपअन्तर्गत शनिबार भएका खेलमा साउदी अरेबियाले कतारलाई ७ विकेटले र कुवेतले बहराइनलाई २ विकेटले पराजित गरेको छ। 

हैदराबादलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेन्नई 

१३५ रनको विजयी लक्ष्य चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। 

कुशलको शतक र सन्दीपको कीर्तिमानी विकेटमा ओमानविरुद्ध नेपालको जित

एसीसी प्रिमियर कपमा ओमानलाई ८४ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको छ। नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा सबै विकेट गुमाउँदै २२६ रनमा समेटियो।

सन्दीपले बनाए कम ओडीआईमा १०० विकेटको कीर्तिमान

सन्दीपले ४२ ओडीआईमा १०० विकेट लिँदै विश्व कीर्तिमान बनाएका छन्। यसअघि अफगानिस्तानका राशिद खानले ४४ खेलमा १०० विकेट लिएका थिए। सन्दीपले खेलेका पछिल्ला २८ ओडीआई सबैमा विकेट लिएका छन्।

कुशलको कीर्तिमानी शतकमा नेपालको इतिहासकै उच्च योगफल, ओमानलाई दियो ३११ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रन बनायो। नेपालले ओडीआईमा बनाएको यो सर्वाधिक उच्च योगफल हो।

ओडीआईमा कुशलको कीर्तिमानी शतक

कुशलले नेपालका तर्फबाट ओडीआईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडीको किर्तिमानसमेत बनाएका छन्। यसअघि रोहितकुमार पौडेलले सन् २०२२ मा पपुवा न्यू गिनीविरुद्ध ९१ बलमा शतक प्रहार गरेका थिए।