AnonymousUser

Logout

घरेलु प्रतियोगिता शून्य, लक्ष्य विश्वकपको

एन्फाले आगामी चार वर्षभित्र महिला फुटबलको विश्वकप खेल्ने लक्ष्य राखेको छ, तर त्यसअनुसार कार्ययोजना छैन। महिला फुटबल घरेलु प्रतियोगिताबिहीन छ भने, दुई वर्षदेखि राष्ट्रिय लिग हुन सकेको छैन।

मलेसियाविरुद्धकाे सिरिज नेपाललाई

११० रनको विजयी लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका सीता रानामगरले सर्वाधिक ३४ रनको योगदान दिइन्। 

एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई

वेम्बली स्टेडियम लन्डनमा भएको फाइनलमा सिटीले म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो। सिटीका लागि दुवै गोल इल्केए गुन्डोगानले गरे। 

थ्री स्टार र एपीएफको बराबरी, सातदोबाटोसँग आर्मी पराजित

‘ए’ डिभिजन लिगमा थ्री स्टारले एपीएफसँग बराबरी खेल्दा अर्को खेलमा आर्मीलाई सातदोबाटोले पराजित गरेको छ।

चौथो खेलमा नेपाल मलेसियासँग पराजित, सिरिज बराबरी

शनिबार भएको खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको छ। योसँगै पाँच खेलको सिरिज २/२ को अवस्थामा पुगेको छ। 

काभा पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपालको टोली घोषणा

काभा पुरुष भलिबल नेसन्स लिग किर्गिस्तानको विस्केकमा १८ देखि २५ जुनसम्म हुँदैछ। लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहने छ।

साउदी जालान् मेस्सी?

अल नसरबाट खेलिसकेका मेस्सीका प्रतिद्वन्द्वी रोनाल्डो साउदी प्रो–लिग विश्वकै उत्कृष्ट लिगमा पर्न सक्ने दाबी गर्छन्। त्यसका लागि साउदीले मेस्सीजस्ता ठूला नामका खेलाडीलाई भित्र्याउनुपर्ने उनको तर्क छ।

मेस्सीले पीएसजी छाड्ने पक्का

पीएसजीका प्रशिक्षक क्रिस्टोफ ग्लाटियले लियोनल मेस्सीले क्लब छाड्ने पुष्टि गरेका छन्।

‘ए’ डिभिजन लिग : पुलिसको लक्ष्य शीर्ष तीन

एनआरटीविरुद्ध जितसँगै पुलिस अंक तालिकामा चौथो स्थानमा यथावत् छ। २३ खेलमा १० जित, ४ बराबरी र ९ हार बेहोरेको पुलिसले ३४ अंक जोडेको छ।

मलेसियामाथि नेपालको दोस्रो जित, सिरिजमा अग्रता

नेपालले तेस्राे खेलमा मलेसियालाई २७ रनले पराजित गरेकाे छ। यसअघि पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो।

दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने

दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपालले जेठ २५ मा स्कटल्यान्ड र जेठ २७ मा नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने छ। त्यसपछि टोली जिम्बावे प्रस्थान गर्ने छ।  

रोमालाई हराउँदै सेभियाले जित्यो युरोपा लिगको उपाधि  

सेभिया सातपटक फाइनल पुग्दा सातपटक नै च्याम्पियन बन्न सफल भएको छ। रोमा दुईपटक फाइनल पुगे पनि उपाधि भने जित्न सकेको छैन।

शीर्ष स्थानको चर्च ब्वाइजसँग मछिन्द्रको २ अंकको दूरी

मछिन्द्र शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा फर्किएको छ।

मछिन्द्रसहित ३ क्लबले एएफसीको लाइसेन्स पाउने

एएफसी क्लब लाइसेन्सिङ प्रकिया पूरा गरेको क्लबहरूलाई फर्स्ट इस्ट्यान्ट बडीले लाइसेन्स दिने गरेको छ।

'टर्निङ प्वाइन्ट' बन्न सक्छ रहाणेको चेन्नाई यात्रा

अजिंक्य रहाणे यसपटककाे आईपीएलमा लयमा फर्किएका छन्। उनले रन मात्र बनाएका छैनन्, स्ट्राइक रेट पनि उत्कृष्ट छ। त्यसैले पाँच वर्षपछि भारतकाे एक दिवसीय टाेलीमा स्थान बनाउन सक्छन्।

साफ च्याम्पियनसिपका लागि प्रारम्भिक टोलीको घोषणा

भारतमा असार ६ देखि शुरू हुने च्याम्पियनसिममा नेपाल समूह 'ए' मा छ। नेपालको समूहमा घरेलु टोली भारत, पाकिस्तान र कुवेत छन्।

सन्दीपको विदेश भ्रमण अनिश्चित

‘अदालतको प्रक्रिया नटुंगिएसम्म सन्दीपको विदेश भ्रमण निश्चित हुँदैन। एक साताभित्रै अदालती प्रक्रिया छ, त्यसमा उनी उपस्थित हुनुपर्छ,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने।

‘ए’ डिभिजन लिग : जावलाखेलले आर्मीलाई पराजित गरेसँगै उपाधि होड रोमाञ्चक मोडमा

‘ए’ डिभिजन लिगमा आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै जावलाखेल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

मनाङ र थ्री स्टारबीचको ‘नेपाली क्लासिको’: हरायो रौनक, रेलिगेसनबाट उम्किन संघर्ष

मनाङ र थ्री स्टारमा देख्न पाइने राष्ट्रिय टोलीका उत्कृष्टसहित विदेशी खेलाडीहरूको जमघट यसपटक छैन। दुवै क्लब युवा खेलाडीमा भर पर्दा रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेका छन्। खेलमा न रौनक छ, न चर्चा।

रुविनाको अलराउन्डर प्रदर्शनमा मलेसियामाथि नेपालको जित

जितका लागि पाएको ९७ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। योसँगै नेपालले ५ खेलको टी२० आई सिरिज १/१ को बराबरी गर्न सफल भएको छ।