AnonymousUser

Logout

एशिया कप: अफगानिस्तानलाई हराउँदै बंगलादेश 'सुपर फाेर'मा

टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३४ रन बनाएको थियो।

ओपनर सञ्जय श्रेष्ठको शतकप्रेरित नेपालसँग कुवेत भेट्रान ४३ रनले पराजित

नेपालले दिएको २६१ रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन मात्रै बनाउन सक्यो।

म्यानमारसँगको मैत्रीपूर्ण खेल : उत्सव र हिसुब पहिलो पटक राष्ट्रिय टोलीमा, विमल र विशाल अटाएनन् 

फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरूप नेपालले म्यानमारसँग सेप्टेम्बर ८ र ११ मा दुई मैत्रीपूर्ण खेल खेल्दैछ।

भुटानलाई हराउँदै नेपाल समूहको शीर्षस्थानमा 

जितका लागि पाएको ४० रनको लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। 

आईसीसी महिला टी–२० विश्वकप छनोट: भुटानले नेपाललाई दियो ४० रनको लक्ष्य

नेपालकी तीव्र गतिकी बलर पुजा महतोले ३ विकेट लिइन्। कप्तान रुविना क्षेत्री, खुशी डंगोल र कविता कुँवरले समान १/१ विकेट लिए।

भारत र पाकिस्तानको खेल रद्द, नेपाललाई फाइदा

पाकिस्तानले जितको लागि २६७ रनको लक्ष्य पाएको थियो। तर, दोस्रो इनिङमा वर्षाको कारण ब्याटिङ गर्न पाएन।

पथरी ११ ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

ताप्लेजुङ गोल्डकपमा फिदिम स्पोटिङ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै पथरी ११ फुटबल क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ।

इजरायली लिगको डेब्यु खेलमै सावित्राको ४ गोल

हापोएल रानानाबाट इजरायलको शीर्ष लिगमा डेब्यु गरेकी सावित्राले शुक्रबार राति रमाट हाशोरोनविरुद्ध ४ गोल गरेकी हुन्।

क्रिकेट संघ हाँक्ने लक्ष्यमा अघि बढेका पारस खड्का

खेल मैदान छाडेको दुई वर्षपछि पारस खड्का प्रदेशको क्रिकेट हाँक्ने ठाउँमा पुगेका छन्। उनको लक्ष्य क्यान नेतृत्वमै पुग्ने छ। तर यसैपालि या अर्कोपटक, टुंगो लागिसकेको छैन।

पारस खड्का भन्छन्– अब ममाथि नै प्रश्न उठ्ने छ

प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित पारस खड्का यसअघि आफैँले उठाउँदै आएको परिवर्तनको प्रश्न अब आफैँमाथि आउने बताउँछन्।

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

पारस खड्का २३ मत ल्याएर बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्।

बहराइनमाथि नेपालको १० विकेटको जित

बहराइनले दिएको ३२ रनको विजयी लक्ष्य नेपालले २.५ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्‍यो।

आइसीसी महिला टी–२० विश्वकप छनोट: नेपालद्वारा बहराइन ३१ रनमा अलआउट

बहराइनका कप्तान दीपिका रसांगिकाले सर्वाधिक ११ रन बनाइन्।  नेपालका इन्दु बर्माले ३ र खुशी डंगोलले २ विकेट लिए।

मेस्सीलाई पछि पार्दै हालान्ड बने वर्ष खेलाडी, महिलातर्फ स्पेनकी बोनमाटी उत्कृष्ट 

सिटीका मुख्य प्रशिक्षक पेप गार्डिओला र लायोनेसेसका मुख्य प्रशिक्षक सरिना विग्म्यानले सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन्। 

च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख एकै समूहमा

सिजनको विजेता म्यानचेस्टर सिटी समूह ‘जी’मा परेको छ। सो समूहमा आरबी लाइपजिग, रेड स्टार बेलग्रेड र योङ ब्वाइज छन्। 

टिम डेभिड अस्ट्रेलियाको एक दिवसीय टोलीमा

अस्ट्रेलियाली क्रिकेट टोली छनोटकर्ता टोनी डोडामेडले टिम डेभिडको क्षमता हेर्न टोलीमा राखिएको जानकारी दिएका छन्।

आईसीसी महिला टी–२० विश्वकप छनोट: नेपालद्वारा मलेसिया ५ रनले पराजित 

नेपालका कविता जोशी र कविता कुँवरले समान २/२ विकेट लिए। सीता रानामगरले सर्वाधिक ३८ रनको योगदान दिइन्।

नेपालद्वारा मलेसियासामु ८५ रनको लक्ष्य प्रस्तुत

नेपालका सीता रानामगरले सर्वाधिक ३८ रनको योगदान दिइन्। उनी ५४ बलमा नटआउट रहिन्।

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट: मलेसियाविरुद्ध नेपाल ब्याटिङमा

 प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्।

एशिया कप : नेपाल पाकिस्तानसँग पराजित

पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै समेटियो।