AnonymousUser

Logout

च्याम्पियन्स लिग: म्यान्चेस्टर सिटीको सहज जित

जितपछि सिटी २ खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ। लाइपजिग दोस्रो स्थानमा छ।

विश्वकप छनोट खेलेको यू–१९ नेपाली टोलीले नै प्रिमियर कप खेल्ने

यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो। क्यानले त्यही टोलीमा रहेका १४ सदस्यलाई निरन्तरता दिएको छ।

१९औँ एशियाली खेलकुद : अन्तिम ओभरमा ५ रन बनाउन नसक्दा बाहिरियो मलेसिया

बुधबार सम्पन्न खेलमा मलेसिया बंगलादेशसँग २ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। बंगलादेशले अब सेमिफाइनलमा भारतसँग खेल्नेछ।

एशियाली खेलकुद: कबड्डीले दिलायो नेपाललाई पदक

नेपालले पहिलो खेलमा सोमबार बंगलादेशलाई ३७–२४ अंकले पराजित गरेको थियो। दोस्रो खेलमा मंगलबार इरानसँग १९–४३ ले पराजित भएको थियो।

एशियाली खेलकुद: चीन १६१ स्वर्णसहित शीर्ष स्थानमा 

सहभागी ४५ मुलुकमध्ये ३६ मुलुकले पदक प्राप्त गरेका छन्। नेपाल भने हालसम्म पदकविहीन अवस्थामा छ। 

रियल मड्रिडले नापोलीलाई हरायो, लेन्ससँग आर्सनल पराजित

जितसँगै रियल समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ। नापोली दोस्रो स्थानमा छ। 

एशियाली खेलकुद : कबड्डीमा पदकका लागि इरान र बंगलादेशबीचको नतिजा कुर्दै नेपाल

बुधबारको खेलमा बंगलादेशलाई पराजित गर्दै इरान विजयी भए नेपालले एशियाडको महिला कबड्डीतर्फ पहिलो सहभागितामै कम्तिमा कास्य पदक पक्का गर्ने छ।

एशियाली खेलकुद : रसिला ब्याडमिन्टनको प्रिक्वाटरफाइनलमा, निता र नङशल बाहिरिए

बिन्जियाङ जिम्न्याजियममा भएको प्रतिस्पर्धामा रसिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा पराजित गरिन्।

भारतसँग नेपाल २३ रनले पराजित

२०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनायो। नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए।

भारतद्वारा नेपालसामु २०३ रनको लक्ष्य प्रस्तुत

नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए।

नेपालले टस हार्‍यो, भारतले पहिले ब्याटिङ गर्ने

नेपालले समूह ‘ए’मा मंगोलिया र माल्दिभ्सलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। भारतले भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो।

एशियाली खेलकुद : भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रा समाप्त

समूह ‘बी’को ६४ केजीमा नेपालकी शारदा चौधरी पाँचौँ स्थानमा खुम्चिएसँगै भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रा समाप्त भएको छ।

एशियाली खेलकुद : भलिबलमा दक्षिण कोरियासँग पराजित हुँदै बाहिरियो नेपाल

भलिबलमा दक्षिण कोरियासँग पराजित हुँदै नेपाल १९औँ एशियाली खेलकुद प्रतियोगिताबाट बाहिरिएको छ।

राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

१९औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ।

एशियाली खेलकुद: क्रिकेटकाे क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने

सोमबार भएको ड्र मार्फत् नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्ने पक्का भएको हो। खेल मंगलबार बिहान ६:४५ मा हुने छ। 

माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा, अविनाशले लिए ६ विकेट

नेपालको जितमा अभिनाश बोहराले सर्वाधिक ६ विकेट लिए। ३.४ ओभर बलिङ गरेका उनले ११ रन मात्र खर्चिए। अविनाश टी–२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर बनेका छन्।

नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य, रोहितको अर्धशतक

नेपालका कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले। उनले  २७ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५२ रन जोडे।

माल्दिभ्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेपाल र माल्दिभ्सबीच हालसम्म दुई टी–२० आई खेल भएको छ। दुवै खेलमा नेपाल विजयी भएको थियो।

पाकिस्तानलाई हराउँदै भारतले जित्यो यू–१९ साफ च्याम्पियनसिपको उपाधि

पाकिस्तानलाई हराउँदै यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ।

एशियाली खेलकुद : भारत्तोलनको ५५ केजी प्रतिस्पर्धाबाट बाहिरिइन् टीकामाया

१९औँ एशियाली खेलकुदअन्तर्गत भारोत्तोलनतर्फ ५५ केजीको प्रतिस्पर्धाबाट टीकामाया गुरुङ बाहिरिएकी छन्।