AnonymousUser

Logout

विश्वकप छनोट : नेपालविरुद्ध लाओसलाई अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाहुना टोली लाओसले १ गोलको अग्रता बनाएको छ।

विश्वकप छनोट: नेपालविरुद्ध लाओसलाई अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाहुना टोली लाओसले अग्रता लिएको छ। 

एसीसी यू १९ प्रिमियर कप : इरानविरुद्ध नेपाल २७४ रनले विजयी

नेपालले दिएको ३५४ रनको लक्ष्य पछ्याएको इरान ७९ रनमा अलआउट भएको हो।

एसीसी यू–१९ प्रिमियर कप: इरानविरुद्ध देव खनालको शतक

नेपालका दीपक बोहराले ६५ रनको अर्धशतकीय इनिङ्स खेले। उनले उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। 

इजरायलबाट फर्किइन् सावित्रा

यूईएफएले विज्ञप्ती जारी गर्दै इजरायलमा निर्धारित सबै खेल दुई साताका लागि स्थगित गरेको छ।  

राेहितकाे कीर्तिमानी शतकसँगै अफगानिस्तानमाथि भारतकाे जित

अफगानिस्तानले दिएको २७३ रनको लक्ष्य भारतले ३५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍याे। कप्तान रोहित शर्माले कीर्तिमानी शतक कायम गरे। 

टी–२०आई त्रिकोणात्मक सिरिज: नेपालले पहिलो खेल यूएईसँग खेल्ने

खेल अक्टोबर १८ मा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो १ बजे शुरू हुने छ। 

लाओसविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, मुख्य प्रशिक्षक भन्छन्- शतप्रतिशत दिएर खेल्छौँ

मुख्य प्रशिक्षक एनिसले टिममा नयाँ र उर्जवान खेलाडी रहेको बताएका छन्। उनले टोली राम्रो बनेको बताउँदै आफ्नो तर्फबाट शतप्रतिशत दिने बताए। खेल बिहीबार साँझ ५:३० बजे दशरथ रंगशालामा हुने छ।

४ शतक बनेको खेलमा पाकिस्तानको कीर्तिमानी जित

विश्वकप इतिहासकै सर्वाधिक ठूलो (३४५ रन) लक्ष्य पूरा गर्दै पाकिस्तानले श्रीलंकामाथि कीर्तिमानी जित हासिल गरेको छ। उक्त खेलमा चार जना खेलाडीले शतक प्रहार गरेका थिए।

लाओससँग खेल्न सबै किसिमले तयार छौँ: प्रशिक्षक एनिस

खेलाडी रोहित चन्दले नेपाल र लाओस एकै स्तरको टिम भएकाले जित्ने गरी खेल्ने बताए। तयारी पनि राम्रो भएको उनको भनाइ छ।

एक दिवसीय विश्वकप : मलानको शतकप्रेरित इंग्ल्यान्डको पहिलो जित

इंग्ल्यान्डले एक दिवसीय विश्वकपमा बंगलादेशलाई पराजित गरेको छ। इंग्ल्यान्डले दिएको ३६५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८.२ ओभरमा २२७ रन बनाउँदै अलआउट भयो।

काभा पुरुष भलिबल : दोस्रो खेलमा नेपाल श्रीलंकासँग पराजित

नेपालले प्रतियोगिताको तेस्रो खेलमा बुधबार अफगानिस्तानसँग खेल्नेछ।

एशियाडमा पदक विजेता नेपाली खेलाडी स्वदेश फिर्ता

एशियाली खेलकुदमा कराँतेकी एरिका गुरुङले रजत पदक र पहिलो पटक सहभागी महिला कबड्डी टोलीले कांस्य पदक जितेको छ।

एशियाडमा आशा नै नगरिएको पदक जिताउने कबड्डीको कथाः प्रशिक्षण स्थलसमेत थिएन

चीनमा भएको १९औँ एशियाली खेलकुद अन्त्यतिर पुग्दै गर्दा पदक तालिकामा महिला कबड्डीमार्फत नेपालको नाम चढेको थियो। पदक आशै नगरेको यो खेलले कास्य जित्नु राखेपका लागि पनि 'सर्प्राइज' थियो।

विश्वकप क्रिकेट: न्युजिल्यान्डद्वारा नेदरल्यान्ड्स ९९ रनले पराजित

भारतको हैदरावादमा ३२३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४६.३ ओभरमा अलआउट हुँदै २२३ रन बनायो।

अस्ट्रेलिया भारतसँग ६ विकेटले पराजित

शनिबार भारतकाे चेन्नईमा भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २०० रनको सामान्य लक्ष्य भारतले ४१.२ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍याे।

१९औँ एशियाली खेलकुदको समापन, २०औँ संस्करण जापानमा हुने 

१९औँ एशियाली खेलकुदमा सहभागी ४५ मध्ये ४१ राष्ट्रले पदक जिते। जसमा आयोजक चीनले कीर्तिमानी २०१ स्वर्ण जित्दै आफ्नो प्रभुत्व कायम राख्दा जापान दोस्रो र दक्षिण कोरिया तेस्रो भए।

विश्वकप आयोजना गर्ने साउदी अरबकाे प्रस्तावमा नेपालको समर्थन

सन् २०३४ को विश्वकप आयोजनाका लागि एशियाली देशबाट मात्र प्रस्ताव लिने फिफाको निर्णय छ। त्यही अनुसार एशियाबाट साउदी अरबले प्रतियोगिता आयोजनामा दाबी प्रस्तुत गरेको छ। 

क्यान साधारणसभामा 'बोल्ड आउट' लाक्पा लामाका आँसु, जो हुन् सुनौलो पुस्ताका क्रिकेटर

लाक्पा लामाले कुनै बेला यू-१७ फुटबलको राष्ट्रिय प्रतियोगिता खेलेका थिए। तर उनी चर्चित क्रिकेटर बने। सन् २००२ मा नेपालले पहिलोपटक यू-१९ विश्वकप क्रिकेट खेल्दा उनी नेपाली टोलीका महत्त्वपूर्ण सदस्य थिए।

एशियाली खेलकुदमा नेपाललाई कराँतेमा ऐतिहासिक रजत पदक

नेपाललाई कराँतेमा एशियाली खेलकुदमा रजत पदक दिलाउने एरिका गुरुङ पहिलो नेपाली खेलाडी बनेकी छिन्।