त्रिपुरेश्वरस्थित दशथरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा १–० गोलअन्तरको अग्रता लिएको हो।
निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि विजेताको छिनोफानो पेनाल्टी सुटआउटबाट लिइएको थियो।
चीनको हाङझाउमा जारी १९औँ एशियाली खेलकुद प्रतियोगिताको चौथो दिन नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियासँग भएको पहिलो खेलमा विश्व कीर्तिमानी जितसँगै अनेक कीर्तिमानको ओइरो लगाएको छ।
यो टी–२० आई इतिहासकै सबैभन्दा फराकिलो जित हो। यसअघि चेकरिपब्लिकले टर्कीविरुद्ध २५७ रनको जित हात पारेर कीर्तिमान बनाएको थियो।
नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रनमा नटआउट रहे। दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा नटआउट रहे।
चीनमा जारी १९औँ एशियाली खेलकुदअन्तर्गत क्रिकेटमा कुशलले ३४ बलमा शतक प्रहार गरेका हुन्। यससँगै कुशलले टी–२० आईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमान बनाएका छन्।
समूह ‘ए’मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ।
गत जुनमा फ्रान्सको राज्य परिषद्ले आगामी पेरिस ओलम्पिकमा आफ्ना खेलाडीलाई मुस्लिम पाेसाक 'हिजाब' लगाउन नदिने निर्णय गरेकाे थियाे।
नेपाली फुटबलकै निम्ति कालो धब्बा बनेको आठ वर्षअघिको ‘म्याच फिक्सिङ’ प्रकरण कति घातक थियो भनेर त्यसमा मुछिएका खेलाडीहरूको बर्बादीले नै बोलिरहेको छ।
पुरुष नान्छ्वान र नान्गुन अलराउन्डमा दीपक समग्रमा १३औँ स्थानमा रहे भने महिला नान्छ्वान र नान्दोओ अलराउन्डमा निमा समग्रमा १०औँ स्थानमा रहिन्। दुवै जना १३औँ दक्षिण एशियाली खेलकुदका स्वर्ण विजेता हुन्।
जुडोतर्फ पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल काजकिस्तानका खेलाडीसँग र महिला ७८ केजीमाथि आकृति जोशी उज्बेकिस्तानका खेलाडीसँग पराजित भए।
मंगलबार बिहानसम्म आयोजक चीन ३९ स्वर्ण २१ रजत र नौ कास्यसहित ६९ पदक प्राप्त गर्दै शीर्षस्थानमा छ।
दशरथ रंगशालामा सम्पन्न समूह 'बी'को अन्तिम खेलमा भुटानलाई २-१ गोलअन्तरले पराजित गर्दै भारतले नेपालसँगको भेट पक्का गरेको हो। यसअघि माल्दिभ्सलाई हराएर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो।
एशियाली खेलकुदको तेस्रो दिन सोमबार फेन्सिङमा कोही पनि नेपाली खेलाडीले जित हासिल गर्न नसकेपछि समूह चरणमा नै यात्रा टुंगिएको छ। त्यसैगरी, महिला थ्री बाइ थ्री बास्केटबलमा पनि नेपाल पराजित भएको छ।
साफ यू–१९ प्रतियोगितामा माल्दिभ्सले नेपाललाई अहिलेसम्म पराजित गर्न सकेको छैन। सन् २०१५ मा नेपालमा आयोजना भएको पहिलो संस्करणको साफको उपाधि नेपालले जित्दा माल्दिभ्स समूह चरणबाटै बाहिरिएको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो हाफमै २–० गोलको अग्रता बनाएको हो।
अञ्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरेकी थिइन्।
१९औँ एशियाली खेलकुद अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन।
आइतबार नै भएकाे अर्को खेलमा आर्सनलले टोटेनह्यामसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेकाे छ।
आइतबार दिउँसो हाङजाओ जिम्नेजियममा भएको प्रतियाेगितामा दुवै जना ५–0 अंकले पराजित भएका हुन्।