AnonymousUser

Logout

काभा पुरुष भलिबल : दोस्रो खेलमा नेपाल श्रीलंकासँग पराजित

नेपालले प्रतियोगिताको तेस्रो खेलमा बुधबार अफगानिस्तानसँग खेल्नेछ।

एशियाडमा पदक विजेता नेपाली खेलाडी स्वदेश फिर्ता

एशियाली खेलकुदमा कराँतेकी एरिका गुरुङले रजत पदक र पहिलो पटक सहभागी महिला कबड्डी टोलीले कांस्य पदक जितेको छ।

एशियाडमा आशा नै नगरिएको पदक जिताउने कबड्डीको कथाः प्रशिक्षण स्थलसमेत थिएन

चीनमा भएको १९औँ एशियाली खेलकुद अन्त्यतिर पुग्दै गर्दा पदक तालिकामा महिला कबड्डीमार्फत नेपालको नाम चढेको थियो। पदक आशै नगरेको यो खेलले कास्य जित्नु राखेपका लागि पनि 'सर्प्राइज' थियो।

विश्वकप क्रिकेट: न्युजिल्यान्डद्वारा नेदरल्यान्ड्स ९९ रनले पराजित

भारतको हैदरावादमा ३२३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४६.३ ओभरमा अलआउट हुँदै २२३ रन बनायो।

अस्ट्रेलिया भारतसँग ६ विकेटले पराजित

शनिबार भारतकाे चेन्नईमा भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २०० रनको सामान्य लक्ष्य भारतले ४१.२ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍याे।

१९औँ एशियाली खेलकुदको समापन, २०औँ संस्करण जापानमा हुने 

१९औँ एशियाली खेलकुदमा सहभागी ४५ मध्ये ४१ राष्ट्रले पदक जिते। जसमा आयोजक चीनले कीर्तिमानी २०१ स्वर्ण जित्दै आफ्नो प्रभुत्व कायम राख्दा जापान दोस्रो र दक्षिण कोरिया तेस्रो भए।

विश्वकप आयोजना गर्ने साउदी अरबकाे प्रस्तावमा नेपालको समर्थन

सन् २०३४ को विश्वकप आयोजनाका लागि एशियाली देशबाट मात्र प्रस्ताव लिने फिफाको निर्णय छ। त्यही अनुसार एशियाबाट साउदी अरबले प्रतियोगिता आयोजनामा दाबी प्रस्तुत गरेको छ। 

क्यान साधारणसभामा 'बोल्ड आउट' लाक्पा लामाका आँसु, जो हुन् सुनौलो पुस्ताका क्रिकेटर

लाक्पा लामाले कुनै बेला यू-१७ फुटबलको राष्ट्रिय प्रतियोगिता खेलेका थिए। तर उनी चर्चित क्रिकेटर बने। सन् २००२ मा नेपालले पहिलोपटक यू-१९ विश्वकप क्रिकेट खेल्दा उनी नेपाली टोलीका महत्त्वपूर्ण सदस्य थिए।

एशियाली खेलकुदमा नेपाललाई कराँतेमा ऐतिहासिक रजत पदक

नेपाललाई कराँतेमा एशियाली खेलकुदमा रजत पदक दिलाउने एरिका गुरुङ पहिलो नेपाली खेलाडी बनेकी छिन्।

एशियाली खेलकुद : कराँतेमा एरिका फाइनलमा, रजत पदक पक्का

एरिका गुरुङले स्वर्ण पदकका लागि काजकिस्तानकी सोफ्या बेरुलत्सेभासँग प्रतिस्पर्धा गर्दै छिन्

एशियाली खेलकुद: महिला भलिबलमा नेपालको सान्त्वना जित

शनिबार भएको खेलमा नेपालले मंगोलियालाई ३–२ को सेटमा पराजित गरेको छ। जितसँगै नेपाल १३ टोली सम्मिलित मिहला भलिबलमा ११औँ भएको छ।

एशियाडमा नेपाललाई पदक दिलाउने अनुजाको घर पुग्दा…

खेलमा औधी रुचि भएकी अनुजा सानो छँदा छिमेकीकोमा गएर टिभीमा कबड्डी हेर्ने गर्थिन्। त्यसपछि छोरी धेरै गाउँ हिँड्न थाली भनेर आमाले घरमा टिभी किनेर ल्याएकी थिइन्।

एशियाली खेलकुद : करातेमा पदकनजिक पुगेर विमुख भए विप्लव

विप्लव कास्यका लागि भएको पुरुष कुमुतेको ८४ केजीमाथिको प्रतिस्पर्धामा साउदी अरेबियाका तारेग हामिदसँग पराजित भए।

नेपाली क्रिकेट टोलीले राजस्थान रोयल्सको एकेडेमीमा प्रशिक्षण गर्ने

प्रशिक्षणका लागि नेपाली टोली शुक्रबार नै भारत जाने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। टोलीले राजस्थान रोयल्सको एकेडेमीमा १० दिन अभ्यास गर्नेछ। 

भारतका क्रिकेटर शुभमन गिललाई डेंगी, अस्ट्रेलियासँगको खेल गुमाउन सक्ने

शुभमन गिल आइतबार अस्ट्रेलियाविरुद्धको खेलमा उपलब्ध हुने नहुनेबारे उनको थप स्वास्थ्य परीक्षणपछि मात्र टुंगो लाग्ने बताइएको छ।

नेपाललाई कांस्य पदक दिलाएको कबड्डी टिम भारतसँग पराजित

शुक्रबार बिहान भएको सेमिफाइनलमा भारतले नेपाललाई ६१–१७ अंकले पराजित गरेको हो। यससँगै नेपाल कांस्य पदकमै सीमित भएको छ।

प्रधानसेनापति ट्रफी शुरू

प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबललगायतका खेलहरू सञ्चालन हुनेछन्।

करण भन्छन्- एक लाखको ब्याट चर्किएको थाहा पाइनँ

क्यानमाथि खेलाडीलाई गुणस्तरीय ब्याट उपलब्ध नगराएको सार्वजनिक टिप्पणी भइरहेको छ। तर ब्याट चर्किएको ड्रेसिङ रुममा पुगेपछि मात्र थाहा पाएको करण केसीको भनाइ छ।

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली टिम पहिलो क्वार्टरफाइनलमा मंगलबार भारतसँग २३ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

एशियाली खेलकुद: १ हजार २०८ पदकको छिनोफानो

चीन १७२ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित शीर्ष स्थानमा छ।