AnonymousUser

Logout

उपाधि बाेकेर स्वदेश फर्कियाे यू–१९ क्रिकेट टाेली

 मलेसियामा सम्पन्न खेलमा विजयी नेपाली टोली बिहीबार बिहान स्वदेश फर्किएको हो।

युरोपेली च्याम्पियन्स लिगमा बार्सिलाेनाकाे लगातार तेस्राे जित

बार्सिलोनाले ३ खेलमा शतप्रतिशत जितको नतिजा निकाल्दै आफूलाई शीर्ष स्थानमा राखेको छ।

विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको फराकिलाे जित

अस्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनको फराकिलो अन्तरले पराजित गरेको हो। वान डे विश्वकप इतिहासमा रनको आधारमा यो सबैभन्दा ठूलो अन्तरको जित हो।

हङकङसित यूएई ६९ रनले पराजित

यूएईसँगको खेल जिते पनि रनरेटका आधारमा भने यूएई अगाडि भएकाले हङकङले फाइनलमा स्थान बनाउन सकेको छैन।

क्रिस्टियानो रोनाल्डोको २ गोलमा अल–नासर विजयी

जितपछि नासर तीन खेलमा तीन जितसहित समूह ‘ई’को शीर्षस्थानमा छ। एक बराबरी र दुई हारसहित दुहाइल तेस्रो स्थानमा छ।

दुई वर्षको द्रुत प्रगतिले राष्ट्रिय टोलीमा उक्लिएका उत्सव

उनको सफलतामा बिर्तामोड नगरपालिकाको सैनिक बजार दंग छ। किनभने त्यस ठाउँले यतिबेला राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने कान्छो खेलाडी पठाएको गर्व गर्न पाएको छ।

यूएईलाई हराउँदै नेपालले जित्याे एसीसी यू-१९ कपको उपाधि

वर्षाका कारण खेल रोकिएपछि यूएईले २७ ओभरमा १९८ रनको नयाँ लक्ष्य पाएको थियो। तर २६.४ ओभरमा १७८ रन बनाएर अलआउट भयो। 

देवको शतकमा उपाधि जित्न नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य

नेपालका कप्तान देव खनालले १०० रनको शतकीय इनिङ्स खेले। उनले ९२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।

यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

नेपालले सेमिफाइनल खेलमा जापानलाई तथा यूएईले सिंगापुरलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्।

नेपालद्वारा यूएई ५ विकेटले पराजित

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ। योसँगै नेपालले लगातार चौथो जित निकालेको छ। 

यूएईले नेपाललाई दियो १६५ रनको लक्ष्य

नेपालका सोमपाल कामी र अविनाश बोहराले २–२ तथा गुल्शन झा र करण केसीले १–१ विकेट लिए।

हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

नेपाल समूह चरणका सबै खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ। यूएईले आजको खेलमा जित हासिल गरे फाइनल प्रवेश गर्नेछ।

विश्वकप क्रिकेट: भारतद्वारा न्युजिल्यान्ड ४ विकेटले पराजित

जितका लागि पाएको २७४ रनको लक्ष्य भारतले ४८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। भारतका लागि विराट कोहलीले सर्वाधिक ९५ रनको योगदान दिए।

देशलाई पदक दिलाएर शालीन खुशी मनाइरहेकी एरिका

उनले एशियाली खेलकुदका लागि चीन उत्रिँदासम्म पनि जित्छु भन्ने आत्मबल आर्जन गर्न सकेकी थिइनन्। आफूभन्दा बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्नुपर्दा यी १९ वर्षीया किशोरीको मनोविज्ञानले कसरी काम गर्‍यो होला?

प्रिमियर लिग: चेल्सी र आर्सनलको रोमाञ्चक बराबरी

शनिबार राति सम्पन्न खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा नसक्दा चेल्सी आर्सनलसँग २–२ को बराबरीमा रोकिएको छ।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाद्वारा इंग्ल्याण्ड २२९ रनले पराजित

दक्षिण अफ्रिकाले दिएको चारसय रनकाे लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले २२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १७० रन बनाउन सक्यो।

विश्वकप क्रिकेटमा श्रीलंकाकाे पहिलाे जित, नेदरल्यान्ड्स ५ विकेटले पराजित

नेदरल्यान्ड्सले दिएको २६३ रनको लक्ष्य श्रीलंकाले ४८. २ ओभरमा ५ विकेट गुमाएर भेटायो।

एसीसी यू-१९ प्रिमियर कप: जापानलाई हराउँदै नेपाल फाइनलमा

नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ११.५ ओभरमा ४३ रनमा अलआउट भयो।

हङकङलाई हराउँदै नेपाल त्रिदेशीय टी-२० काे फाइनलमा

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो।

कुशल र दीपेन्द्रको अर्धशतकमा नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य

नेपालका कुशल मल्लले ४१ बलमा ९ छक्का र ३ चौकासहित ९२ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ३४ बलमा ६ चौका र २ छक्कासहित ५७ रनको योगदान दिए।