जितका लागि पाएको २२३ रनको लक्ष्य अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
चितवनले विमल घर्तीमगरको गोलमार्फत अग्रता लिए पनि दोस्रो हाफको इन्ज्युरी समयमा जुनियर एकेन्गुइले गोल फर्काउँदै काठमाडौँलाई हारबाट जोगाए।
क्यानले यूएईमा हुने यू१९ एशिया कपका लागि देव खनालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।
अफ्रिका छनोटमा लगातार पाँचौँ जित हासिल गर्दै नामिबिया १० अंकका साथ तेस्रोपटक विश्वकपमा छनोट भएको छ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई डिसेम्बर मध्यमा नेपाल फर्किने छन्। नेपाललाई दोस्रो पटक विश्वकपमा छनोट गराएर छुट्टीमा भारत गएका उनी आएसँगै नयाँ क्यालेन्डर बनाइने क्यानको भनाइ छ।
समूह ‘सी’को अन्तिम खेलमा मंगलबार सुदूरपश्चिम प्रदेशसँग पराजित भएसँगै पुलिस पनि प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाल सुपर लिगअन्तर्गत दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा इलामले झापा एफसीलाई १–० गोल अन्तरले पराजित गरेको छ।
आइतबार राति भएको खेलमा काडिजलाई ३–० गोल अन्तरले हराउँदै मड्रिड शीर्ष स्थानमा उक्लेको हो।
तीन ब्याटरको अर्धशतकको मद्दतले भारतले चार विकेटको क्षतिमा २३५ रन बनाएको थियो।
दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा धनगढीले नवप्रवेशी वीरगन्ज युनाइटेड एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको छ।
नेटरनरेटमा विभागीय टोली एपीएफसँग पछाडि पर्दा लुम्बिनी र गण्डकी प्रदेश समूह चरणबाट बाहिरिएका हुन्।
म्यानचेस्टर सिटीका अर्लिङ हालान्ड प्रिमियर लिग इतिहासमा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडीसमेत बनेका छन्। उनले ४८ खेल खेलमा ५० गोल गर्दै कीर्तिमान बनाएका हुन्।
नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौँ धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। हाफ म्याराथन महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठले ह्याट्रिक गरेकी छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १–० ले पराजित गरेको छ।
शुक्रबार राति भएको खेलमा अल–नासरले अल–ओखदुदलाई ३–० ले पराजित गरेको छ।
शुक्रबार सम्पन्न खेलमा काठमाडौँले नवप्रवेशी स्पोर्टिङ् इलाम डी मेचीलाई पराजित गर्दै विजयी शुरूआत गरेको छ।
जितका लागि पाएको २०९ रनको लक्ष्य भारतले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो।
पोखरा क्रिकेट मैदानमा बिहीबारदेखि शुरू भएको केपी ओली टी२० क्रिकेट प्रतियोगितामा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोलाई १०९ रनले पराजित गरेको छ।
बुधबार बिहान ब्राजिलको माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिना १–० ले विजयी भएको हो।
विश्वकप छनोटअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपाल यमनसँग २–० गोल अन्तरले पराजित भएको छ।