नेपाल र पाकिस्तानबीचको खेल बिहान ११:१५ बजे शुरू हुनेछ।
चितवनका लागि उत्सव राईले गोल गरे। लुम्बिनीका लागि स्टेफन समिर बिनोङले गोल फर्काए। बराबरीसँगै चितवन पाँचौँ स्थानमा यथावत् रह्यो।
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा एस्टन भिल्लाले साबिक विजेता म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको छ।
पोखरासँगै जारी लिगमा अपराजित रहने टोली धनगढी एफसी, ललितपुर र काठमाडौँ रेजर्स हुन्। पोखरा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएसँगै धनगढी दोस्रो स्थानमा झरेको छ।
४ खेलबाट ६ अंक जोडेको ललितपुर दोस्रो स्थानमा यथावत् छ भने ३ खेलबाट १ अंकका साथ वीरगन्ज पुछारमा छ।
‘छक्का र चौका हान्ने सुरमा चाहिँ सबै कुरा नगुमाउनू। म क्रिकेट खेलाडी होइन, तर मैले हेर्दा छक्का र चौका हान्ने सुरले नेपाली टोली चुकेको जस्तो लाग्छ,’ मन्त्री लिम्बूले भने।
काठमाडौँ तीन खेलबाट पाँच अंकसहित चौथो स्थानमा यथावत् छ। झापा भने तीन खेलबाट दुई अंकसहित आठौँ स्थानमा छ।
नेपालले ६ वटा यू१९ विश्वकप खेल्दा पाँच वटा टेस्ट राष्ट्रलाई पराजित गरेको उदाहरण छ। सन् २०१७ को यू१९ एशिया कपमा समूह चरणमा भारतलाई पनि हराएको थियो। यसपटक नेपाल त्यही सफलता दोहोर्याउने लक्ष्यमा छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कांस्य पदककासाथ दोस्रो भएको छ।
इंग्लिस प्रिमियर लिग (ईपीएल)फुटबल अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिभरपुलले फुलह्यामलाई ४–३ को गोल अन्तर तथा चेल्सीले ब्राइटनलाई ३–२ गोल अन्तरले हराएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा बुटवलले स्पोर्टिङ इलाम एफसी ‘डी’ मेचीलाई २–१ गोल अन्तरले पराजित गरेको छ। बुटवलको यो पहिलो जित हो।
अन्जिलाले दोस्रोपटक सेथुबाट लिग खेल्न लागेकी हुन्। उनी गत सिजन पनि सेथुमा आबद्ध भएकी थिइन्।
शीर्षस्थानमा रहेको आर्सनलले १४ खेलबाट ३३ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ।
१७५ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन मात्र बनायो।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो श्रृंखलामा नेपालले नामिबिया र नेदरल्यान्ड्सलाई प्रतिस्पर्धीका रूपमा पाएको छ।
मधेश प्रदेशले दिएको १३६ रनको लक्ष पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १२४ बनाउन सक्यो।
केपी ओली कप टी२० क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबारको दोस्रो खेलमा विभागीय टोली एपीएफलाई ११ रनले पराजित गर्दै मधेशले आर्मीसँगको भेट पक्का गरेको छ।
नामिबियामा जारी अफ्रिका छनोटअन्तर्गत बिहीबार युगान्डाले रुवान्डाविरुद्ध जित हात पारेसँगै सहभागी २० वटै टोलीको टुंगो लागेको हो।
बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो।
बुधबार राति रियलको घरेलु मैदानमा सान्टियागो बर्नाबेउमा भएको खेलमा नापोली ४–२ ले पराजित भएको छ।