हारको संघारमा रहेको अस्ट्रेलियाका लागि म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गर्दै अविजित २०१ रन बनाए।
राखेपले प्रतिखेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरेको छ।
श्रीलंकाका ब्याट्सम्यान म्याथ्युज टाइम आउट नियममा आउट हुने पहिलो खेलाडी बने। अन्तर्राष्ट्रिय क्रिकेटको १४६ वर्षे इतिहासमा टाइम आउटका कारण खेलाडी आउट भएको यो पहिलो घटना हो।
राखेपले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न ठेक्का लगाएको छ। फ्लड लाइट जडानपश्चात् मैदानमा राति पनि खेल आयोजना गर्न सहज हुने छ।
फिफा वरियतामा १५६औँ स्थानमा रहेको यमनसँग १७३औँ स्थानमा रहेको नेपालले मंसिर ५ गते खेल्ने तय छ।
जारी विश्वकपमा घरेलु टोली भारत र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेका छन्।
क्यानले आईसीसी टी२० विश्वकपमा छनोट भएको नेपाली राष्ट्रिय टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको छ।
श्रीलंकाका ब्याट्सम्यान एन्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम आउट’ हुने पहिलो खेलाडी बनेका छन्।
विराट कोहलीको ४९ औँ शतक र रविन्द्र जडेजाको पाँच विकेटको मद्दतले भारतले दक्षिण अफ्रिकालाई ८३ रनमा अलआउट गर्दै विश्वकपमा लगातार आठौँ जित दर्ता गरेको छ।
सुपर ओभरमा नेपाललाई ११ रनले पराजित गर्दै ओमानले आईसीसी टी२० विश्वकप एशिया छनोटको उपाधि जितेको छ।
नेपालका लागि कप्तान रोहितकुमारले ५२ रन बनाए। ३७ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
गुलशनले २० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जित्दै नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन्।
नेपाल क्रिकेट संघले फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ।
अहिले नेपाली क्रिकेट टिम धानिरहेका सबै खेलाडीको विश्वकप खेल्ने सपना हो। विद्यालय तहदेखि नै विश्वसामु नेपाललाई चिनाउने सपना बोकेको र यूएईविरुद्धको खेलमार्फत पूरा भएको उनीहरू बताउँछन्।
तीन प्रतियोगिताको पूर्वघोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए।
टी२० विश्वकप एशिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल सन् २०२४ मा हुने विश्वकपमा छनोट भएको छ। यसअघि नेपालले सन् २०१४ मा पहिलोपटक टी२० विश्वकप खेलेको थियो।
आशिफले यसअघि नेदरल्यान्ड्स, मलेसिया र यूएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए।
बहराइनले दिएको १०७ रनको लक्ष्य ओमानले १४.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको छ।