AnonymousUser

Logout

एन्फा यू१६ लिग: पुलिसमाथि संकटाको जित

एन्फा यू१६ लिगमा संकटा क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ। जितसँगै संकटा ९ खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा छ।

बगर सम्म्याएर खेलमैदान

म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्म्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको छ।

यू१९ विश्वकपका लागि देव खनालको कप्तानीमा नेपाली टोली घोषणा

आईसीसी यू१९ विश्वकपका लागि क्यानले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ।

मन्त्री निवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव

राखेपले पुल्चोकको हरिहर भवनस्थित मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ।

चम्किन नपाउँदै क्रिकेट 'करिअर' अन्त्य गरेकी ज्योति

ज्योति पाण्डे बल्ल क्रिकेट पिचमा जम्दै थिइन्। १२ इनिङ्स खेल्दा सर्वाधिक रन बनाउने नेपाली ब्याटरको सूचीमा पाँचौँ नम्बरमा थिइन्। तर क्रिकेटमा भविष्य नदेखेपछि करिअरको मध्यतिरै उनले सन्यासको बाटो रोजिन्।

पीएसजीले १२औँ पटक जित्यो फ्रेन्च सुपर कपको उपाधि

बुधबार राति भएको फाइनलमा टुलुजविरुद्ध २–० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो। पीएसजीको जितमा केलियन एम्बाप्पे र ली काङ–इनले गोल गरे।

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी ओपनर ज्योति पाण्डेले लिइन् सन्यास

बुधबार विभागीय टोली एपीएफले पाँचौँ पटक प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेसँगै उनले सन्यास लिएकी हुन्।

एपीएफलाई पाँचौँ पटक प्रधानमन्त्री कपको उपाधि

बुधबार सम्पन्न फाइनलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो। ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०३ रन मात्र बनायो।

यू१९ विश्वकप: नेपाली टोलीमा परिवर्तनको तयारी, लक्ष्य ‘सुपर सिक्स’

जगत टमाटाकै प्रशिक्षणमा सन् २०१६ को यू१९ विश्वकपमा नेपाल 'सुपर एट'मा पुगेको थियो। यसपटकको लक्ष्य सुपर सिक्स भएको र टोलीलाई सन्तुलित बनाउन एशिया कप खेलेका केही खेलाडी परिवर्तन गरिने टमाटा बताउँछन्।

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित

जितसँगै २० खेलबाट ४५ अंक जोडेको लिभरपुलले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको एस्टन भिल्लाको समान खेलबाट ४२ अंक छ। 

प्रधानमन्त्री कप:  उपाधिका लागि एपीएफ र कोशी प्रदेश भिड्ने

एपीएफ र कोशीले उपाधिका लागि बुधबार कीर्तिपुरमा खेल्नेछन्। खेल बिहान ११ बजेदेखि शुरू हुनेछ।

इंग्लिस प्रिमियर लिग: टोटनह्याम र फुलह्याम विजयी

आइतबार राति भएका खेलमा टोटनह्यामले बर्नमाउथलाई ३–१ गोल अन्तर तथा फुलह्यामले आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको छ।

प्रधानमन्त्री कप: दोस्रो क्वालिफायरमा कोशी र सुदूरपश्चिम भिड्ने

एपीएफसँग पराजित कोशीले फाइनलको यात्राका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग सोमबार प्रतिस्पर्धा गर्ने भएको छ।

प्रधानमन्त्री कप महिला क्रिकेट: कोशीलाई हराउँदै एपीएफ फाइनलमा

कोशीले अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग खेल्नेछ। एलिमिनेटर खेलमा आइतबार दिउँसो बागमती र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ।

इलाम गोल्डकप: लाखौँ खर्चेर अस्थायी प्यारापेट बनाउनुपर्ने बाध्यता

माघ ६ देखि १३ सम्म हुने इलाम गोल्डकपका लागि १० लाख रुपैयाँ खर्च गरेर मैदान स्तरोन्नती र बाँसको अस्थायी प्यारापेट निर्माण गरिएको छ। 

धनगढीलाई पराजित गर्दै ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि

शनिबार सम्पन्न भएको खेलमा धनगढी एफसीलाई पराजित गर्दै नेपाल सुपर लिगको उपाधि ललितपुर सिटीले जितेको छ।

खेलकुदका निकायहरूको भूमिकाबारे समीक्षा आवश्यक छ : मन्त्री लिम्बू

खेलाडीका भावनाअनुरूप काम गर्न सक्यौँ कि सकेनौँ भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको मन्त्री लिम्बूको धारणा थियो।

प्रधानमन्त्री कप: गण्डकीमाथि सुदूरपश्चिमको जित

सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले निर्धारित ओभरमा २ विकेट गुमाएर १०३ रन मात्रै बनाउन सक्यो। 

आर्थिक चुनौतीका बीच मोरङमा फुटबल एकेडेमी

जिल्ला फुटबल संघ मोरङले कात्तिक १२ देखि फुटबल एकेडेमी सञ्चालनमा ल्याएको हो। आर्थिक अभावबीच आवाससहितको एकेडेमी सञ्चालनमा ल्याइएको संघका उपाध्यक्ष नारायण लिङ्थेपले बताए।

नेपाल सुपर लिगले ल्याउन सकेन ड्रोग्बा, आइपुगे भाइचुङ भुटिया

आइभोरी कोस्ट तथा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वस्ट्राइकर डिडियर ड्रोग्बा नेपाल नआउने भएका छन्।