नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। पाकिस्तानले भने अफगानिस्तानमाथि १८१ रनको फराकिलो जित हासिल गरेको थियो।
बुधबार सम्पन्न खेलमा मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै पुलिसले पाँचौँ जित हात पारेको छ। ९७ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८.३ ओभरमा ४ विकेट गुमाउँदै ९९ रन बनायो।
समूह चरणको अन्तिम खेलमा सिरियासँग १–० ले पराजित भएसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ।
एपीएफ अर्को विभागीय टोली आर्मीसँग ४ विकेटले पराजित भयो। एपीएफले दिएको १२२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
कर्णालीले कोशीलाई ६ विकेटले पराजित गरेको छ। १५१ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले २८.३ ओभरमा ४ विकेट गुमाउँदै १५३ रन बनायो।
आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करणको उद्घाटन समारोहमा घलानलाई नगद ५० हजार पाँच रुपैयाँसहित सम्मान गर्न लागिएको हो।
सोमबार सम्पन्न खेलमा अर्को विभागीय टोली एपीएफलाई ५८ रनले पराजित गर्दै पुलिस शीर्ष स्थानमा उक्लिएको हो।
बागमतीले कर्णालीलाई ७ विकेटले पराजित गरेको छ। कर्णालीले दिएको ८० रनको लक्ष्य बागमतीले १३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
लिभरपुलको जितमा डार्विन नुनेज र डियोगो जोटाले समान २–२ गोल गरे। सबै गोल दोस्रो हाफमा भएका थिए।
नेपालका ओपनर अर्जुन कुमालले ९० रनको इनिंस खेले पनि उनलाई दरिलो साथ दिने खेलाडी भएनन्।
गण्डकीले पहिलो जित दर्ता गर्ने क्रममा कोशी प्रदेशलाई १४२ रनले पराजित गरेको हो।
विश्वकपमा नेपाल र न्युजिल्यान्डको यो तेस्रो भेट हो। यसअघि भएका दुवै खेलमा नेपाल विजयी भएको थियो।
प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा आइतबार नेपालले न्युजिल्यान्डसँग खेल्दैछ। खेल दिउँसो १:४५ मा शुरू हुनेछ।
उनले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताएका छन्।
विश्वकपअघि दक्षिण अफ्रिकामा भएका चार अभ्यास खेलमा नेपालका बलरले राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा निराश हुनु पर्यो। अहिले मात्र नभई, एक महिनाअघि यू१९ एशिया कपमा पनि ब्याटरको प्रदर्शन गतिलो थिएन।
संघले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरूको लागि १० लाख रुपैयाँ सहयोग पनि गरेको छ।
२३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा सबै विकेट गुमाएर १७० रनमा समेटियो।
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष जाका असरफले कार्यकाल सकिनुभन्दा १६ दिन अगाडि राजीनामा दिएका छन्।
शुक्रबार सम्पन्न खेलमा बागमतीले कोशीलाई ६४ रनले पराजित गरेको हो।