AnonymousUser

Logout

यू१९ एशिया कप : पाकिस्तानसँग नेपाल पराजित

एसीसी यू१९ एशिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ। अब नेपालले दोस्रो खेल अफगानिस्तानसँग आइतबार खेल्ने छ।

यू१६ लिग अनिश्चित: खेलाडीलाई ‘करिअर’को चिन्ता, क्लबलाई लगानी डुब्ने डर

एन्फाले उमेर समूहका खेलाडीलाई लक्षित गरेर थालेको यू१६ लिग अनिश्चित बन्दा क्लबहरूको लगानी खेर जाने अवस्था त छ नै, नयाँ खेलाडीले खारिने मौका नपाएर राष्ट्रिय टोलीसम्म पुग्ने ढोकासमेत बन्द हुँदैछ।

यू१९ एशिया कप: नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य 

नेपालले एसीसी यू१९ एशिया कपमा पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ। उत्तम रंगु थापामगर र दीपेश कँडेलले अर्धशतकीय साझेदारी गरेका छन्।

पाकिस्तानविरुद्ध उत्तमको अर्धशतक

दुबईस्थित आईसीसी एकेडेमीमा जारी खेलमा उत्तमले ७० बलमा ३ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका छन्।

पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

पाकिस्तानका कप्तान साद बेगले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएपछि नेपाल ब्याटिङमा उत्रिएको छ। 

यू१९ एशिया कप शुक्रबारदेखि, नेपाल र पाकिस्तान भिड्दै

नेपाल र पाकिस्तानबीचको खेल बिहान ११:१५ बजे शुरू हुनेछ।

इन्ज्युरी समयमा लुम्बिनीले खोस्यो चितवनको जित

चितवनका लागि उत्सव राईले गोल गरे। लुम्बिनीका लागि स्टेफन समिर बिनोङले गोल फर्काए। बराबरीसँगै चितवन पाँचौँ स्थानमा यथावत् रह्यो।

एस्टन भिल्लासँग म्यानचेस्टर सिटी पराजित, लिभरपुल दोस्रो स्थानमा उक्लियो

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा एस्टन भिल्लाले साबिक विजेता म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको छ। 

अपराजित रहँदै पोखरा नेपाल सुपर लिगको शीर्ष स्थानमा

पोखरासँगै जारी लिगमा अपराजित रहने टोली धनगढी एफसी, ललितपुर र काठमाडौँ रेजर्स हुन्। पोखरा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएसँगै धनगढी दोस्रो स्थानमा झरेको छ।

नेपाल सुपर लिग: ललितपुरले वीरगन्जसँग अंक बाँड्यो

४ खेलबाट ६ अंक जोडेको ललितपुर दोस्रो स्थानमा यथावत् छ भने ३ खेलबाट १ अंकका साथ वीरगन्ज पुछारमा छ।

यू१९ टोलीलाई खेलकुदमन्त्रीको सुझाव– चौका र छक्कामा मात्रै ध्यान नदिनू, सम्हालिएर खेल्नू

‘छक्का र चौका हान्ने सुरमा चाहिँ सबै कुरा नगुमाउनू। म क्रिकेट खेलाडी होइन, तर मैले हेर्दा छक्का र चौका हान्ने सुरले नेपाली टोली चुकेको जस्तो लाग्छ,’ मन्त्री लिम्बूले भने।

झापा एफसी र काठमाडौँ रेजर्सले गोलरहित बराबरी खेल्दै अंक बाँडे

काठमाडौँ तीन खेलबाट पाँच अंकसहित चौथो स्थानमा यथावत् छ। झापा भने तीन खेलबाट दुई अंकसहित आठौँ स्थानमा छ।

यू१९ एशिया कप: नेपालको समूहमा तीन टेस्ट राष्ट्र, इतिहास दोहोर्‍याउने लक्ष्य

नेपालले ६ वटा यू१९ विश्वकप खेल्दा पाँच वटा टेस्ट राष्ट्रलाई पराजित गरेको उदाहरण छ। सन् २०१७ को यू१९ एशिया कपमा समूह चरणमा भारतलाई पनि हराएको थियो। यसपटक नेपाल त्यही सफलता दोहोर्‍याउने लक्ष्यमा छ।

दक्षिण एशियाली कराँते च्याम्पियनसिपः २९ स्वर्ण पदकसहित नेपाल पहिलो

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कांस्य पदककासाथ दोस्रो भएको छ।

ईपीएलमा लिभरपुल र चेल्सीको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल)फुटबल अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिभरपुलले फुलह्यामलाई ४–३ को गोल अन्तर तथा चेल्सीले ब्राइटनलाई ३–२ गोल अन्तरले हराएको छ।

नेपाल सुपर लिग : तीन खेलपछि बुटवलको जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा बुटवलले स्पोर्टिङ इलाम एफसी ‘डी’ मेचीलाई २–१ गोल अन्तरले पराजित गरेको छ। बुटवलको यो पहिलो जित हो।

अन्जिला र गीता आई लिग खेल्न भारत प्रस्थान

अन्जिलाले दोस्रोपटक सेथुबाट लिग खेल्न लागेकी हुन्। उनी गत सिजन पनि सेथुमा आबद्ध भएकी थिइन्।

प्रिमियर लिग: वल्भ्समाथि आर्सनलको जित

शीर्षस्थानमा रहेको आर्सनलले १४ खेलबाट ३३ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ। 

भारतले १ खेल अगावै जित्यो अस्ट्रेलियासँगको सिरिज

१७५ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन मात्र बनायो। 

लिग–२ मा नेपालको पहिलो श्रृंखला घरेलु मैदानमा, नामिबिया र नेदरल्यान्ड्स प्रतिद्वन्द्वी

आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो श्रृंखलामा नेपालले नामिबिया र नेदरल्यान्ड्सलाई प्रतिस्पर्धीका रूपमा पाएको छ।