AnonymousUser

Logout

डेब्यू खेलमै चन्दनले ५ विकेट लिएपछि एपीएफको जित

सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछ्याएको एपीएफले १४.१ ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनायो। जितसँगै एपीएफले ७ खेलबाट ८ अंक बनाएको छ।

इराकलाई हराउँदै जोर्डन एशियन कपको क्वार्टरफाइनलमा

जोर्डनले सेमिफाइनल प्रवेशका लागि फेब्रुअरी २ मा ताजिकिस्तानविरुद्ध खेल्ने छ।

प्रधानमन्त्री कप : २ खेलअगावै पुलिस फाइनलमा, आर्मीको पनि सम्भावना बलियो

गण्डकीलाई ६ विकेटले पराजित पुलिसले प्रधानमन्त्री कपको फाइनलमा स्थान सुरक्षित गरेको छ। अर्को खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ।

आईसीसीद्वारा श्रीलंका क्रिकेटमाथि लगाएको निलम्बन फुकुवा

आईसीसी सदस्यका रूपमा श्रीलंका क्रिकेटले दायित्व उल्लंघन गरेको भन्दै गत नोभेम्बरमा निलम्बन गरेको थियो।

एएफसी एशिया कपमा इन्डोनेसियालाई हराउँदै अस्ट्रेलिया क्वाटरफाइनलमा

कतारमा जारी प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले इन्डोनेसियालाई ४–० गोल अन्तरले पराजित गरेको हो।

प्रधानमन्त्री कप : आर्मी र मधेश प्रदेश विजयी

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारका खेलमा त्रिभुवन आर्मी र मधेश प्रदेश विजयी भएका छन्।

अस्ट्रेलिया घरेलु मैदानमा २७ वर्षपछि वेस्ट इन्डिजसँग पराजित

अस्ट्रेलियालाई पराजित गर्दै वेस्ट इन्डिजले शृंखला १–१ को बराबरीमा सकाएको छ। पहिलो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो।

स्पेनिस ला लिगामा रियल मड्रिडको पुनरागमन जित

रियल २१ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको जिरोनाको समान खेलबाट ५२ अंक छ। 

थ्रिस्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा

थ्रिस्टार विदेशी पाहुना टोली भुटानको पारोलाई पराजित गर्दै आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रधानमन्त्री कप: बागमतीसँग लुम्बिनी ६ विकेटले पराजित

९ खेलबाट १२ अंक जोडेको बागमती तालिकाको दोस्रो स्थानमा छ। ६ खेलमा समान अंक रहेको पुलिस शीर्ष स्थानमा छ। 

यू१९ विश्वकप : अफगानिस्तानलाई पराजित गर्दै ‘सुपर सिक्स’मा नेपाल

नेपाल अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै आईसीसी यू१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’मा पुगेको छ।

क्लोपले सिजनको अन्त्यमा लिभरपुल छाड्ने

जर्मन प्रशिक्षक योर्गेन क्लोपले सिजनको अन्त्यमा इंग्लिस क्लब लिभरपुल छाड्ने भएका छन्।

एपीएफलाई पराजित गर्दै पुलिस आहा रारा गोल्डकपको क्वार्टरफाइनमा

एपीएफलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनमा प्रवेश गरेको छ।

प्रधानमन्त्री कप : दिलीपको अर्धशतकमा पुलिसको छैटौँ जित

कर्णालीले दिएको १७२ रनको लक्ष्य पुलिसले २३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। पुलिसका ओपनर दिलीप नाथले अविजित रहँदै सर्वाधिक ७५ रन बनाए।

यू१९ विश्वकप: अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

नेपाल र अफगानिस्तानले विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यस खेलमा जसले जिते पनि सुपर सिक्समा स्थान बनाउने छन्।

प्रधानमन्त्री कप : मधेश, बागमती र एपीएफको जित

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न भएका खेलमा मधेश, बागमती प्रदेश र विभागीय टोली एपीएफ विजयी भएका छन्।

मैदानमा ९० मिनेट बिताउन १६० किलोमिटर यात्रा गर्ने ‘सिन्धु एफसी’को संघर्ष

खुमलटार एफसीबाट यू१६ लिग खेलिरहेको सिन्धुपाल्चोक एफसीका खेलाडी खेल हुने दिन लामोसाँघुबाट ८० किमि टाढाको काठमाडौँ आउँछन् र त्यही दिन फर्किन्छन्। फुटबलमा भविष्य खोजिरहेका यी खेलाडीहरूको कथाः

कोपा डेल रेको क्वार्टरफाइलनबाट बाहिरियो बार्सिलोना

बुधबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग ४–२ ले पराजित भएसँगै बार्सिलोना क्वार्टरफाइनलबाट बाहिरिएको छ। 

यू१९ विश्वकप: पाकिस्तानसँग नेपाल पराजित

आईसीसी यू१९ विश्वकपअन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाललाई पाकिस्तानले पाँच विकेटले हराएको हो।

वाफ महिला च्याम्पियनसिप: नेपालबाट प्रारम्भिक टोलीको घोषणा

खाडी राष्ट्रहरू प्रतिस्पर्धा गर्ने प्रतियोगितामा यसपटक नेपाललाई आमन्त्रित टोलीको रूपमा पठाउने एन्फाले निर्णय गरेको हो।