फिफाको वरियतामा ७४औँ स्थानमा रहेको जोर्डन र ९३औँ स्थानमा रहेको गुआमबाहेक अन्य टोली नेपालभन्दा तुलनात्मक रूपमा कमजोर मानिन्छन्। त्यसैले यसपटक उपाधि जित्ने टोलीको दह्रो आत्मविश्वास छ।
सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको जित निकाल्दै मधेश दोस्रोपटक च्याम्पियन बन्न सफल भयो।
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको बडोदा र गुजरातसँग फ्रन्डसिप कप टी२० प्रतियोगिता खेल्ने भएको छ।
आठौँ संस्करणको स्वर्गीय कृष्णध्वज स्मृति टेबुल टेनिस प्रतियोगिता आगामी फागुन १३ गतेदेखि हुने भएको छ।
नामिबियाले दिएको १२४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।
विभागीय टोली एपीएफ क्लबका पार्कीले २०८० मंसिर ९ गते सम्पन्न नवौँ संस्करणको नेपालगन्ज म्याराथनको उपाधि जितेका थिए।
इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएका खेलमा म्यानचेस्टर युनाइटेड र ब्राइटन विजयी भएका छन्।
नभनीत धालिवाल र निखिल दत्तको अर्धशतकप्रेरित क्यानडा ११ ले एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ।
शनिबार ब्रेन्टफोर्डको घरेलु मैदानमा लिभरपुलले ४–१ को सहज जित निकालेको हो।
नेपालका लागि अनिल शाह र आसिफ शेखले अर्धशतक पूरा गरे। आसिफ ४५ बलमा ५४ रन तथा अनिल ३६ बलमा ५७ रनसहित नटआउट रहे।
नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामीले १–१ विकेट लिए।
नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाईंले करण केसी र पवन सर्राफलाई बेन्चमा राख्दै दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएका छन्।
योसँगै मलेसिया यो वर्ष आयोजना हुने टी–२० एशिया कपमा पनि छनोट भएको छ।
शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध मैदान उत्रिएको नेपालले लय समात्न सकेन। कप्तान भन्छन्– ‘हामीले पहिलो ४५ मिनेटमा राम्रो ब्याटिङ गर्नुपर्ने थियो। तर, शुरूआती चार ब्याटरले राम्रो जिम्मेवारी लिएनन्।’
नेपालले लिग२ शृंखला हारबाट शुरूआत गरेको छ। नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियासँग टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन बनायो।
त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान ग्रेहार्ड इरास्मसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि घरेलु टोली नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।
पीएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा रियल सोसिडाडलाई २–० गोल अन्तरले पराजित गरेको छ।
नेपाली टोलीले बिहीबार नामिबियासँग प्रतिस्पर्धा गर्दै लिग२ को शुरूआत गर्ने छ। खेलाडीहरू पछिल्लो समय राम्रो लयमा रहेको कारण तीन वटै टोलीबीच राम्रो प्रतिस्पर्धा हुने कप्तान रोहित बताउँछन्।