नेपाल पहिलो र तेस्रो खेलमा नामिबियासँग पराजित भयो। दोस्रो खेलमा नेदरल्यान्ड्समाथि जित हात पारेको नेपाल आइतबार सम्पन्न अन्तिम खेलमा नेदरल्यान्ड्ससँगै ८ विकेटले पराजित भयो।
एन्फाका बहुमत सदस्यले सोमबार हुने नियमित साधारणसभाका लागि समावेश गरिएको विषयसूचीमा असहमति जनाएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाएको छ। नेपालका कुशल भुर्तेलले ९३ बलमा ८ चौकासहित ६६ रन बनाए।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको छ। सवा ९ बजे शुरू हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्ने छ।
शनिबार प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो। नेपालको जितमा सावित्रा भण्डारीले २ गोल तथा रेखा पौडेल र गीता रानाले १–१ गोल गरे।
त्रिभुवन आर्मीलाई ६६–७ को स्कोरले पराजित गर्दै गोर्खाली क्लबले रग्बी लिग च्याम्पियनसिपको उपाधि जितेको छ।
रिया अहिले क्याम्पस भर्ना हुन आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्तामा छिन्। घरको आर्थिक अवस्था कमजोर हुँदा पढाइ मात्र नभई आफ्नो खेल पनि प्रभावित हुने गरेको उनी बताउँछिन्।
चार खेलमा तीन जित र एक पराजयसहित नामिबिया ६ अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा यथावत् छ।
नेपालको जितमा फरवार्ड सावित्रा भण्डारीले ५ गोल गरिन्। यससँगै उनको अन्तर्राष्ट्रिय फुटबलमा गोलसंख्या ५० पुगेको छ।
४० वर्षीय अल्भेसले स्पेनिस क्लब बार्सिलोनाका लागि ४०० भन्दा धेरै पटक खेलेका छन्। उनी ब्राजिलको २०२२ को विश्वकप टोलीमा पनि थिए।
नेपाल ‘ए’सँगको तीन खेलको एक दिवसीय श्रृंखला क्यानडा ११ ले २–१ ले जितेको छ।
कास्कीको भिडावारीमा बन्ने भनिएको विश्व फुटबलको सर्वोच्च निकाय फिफाको ‘ड्रिम प्रोजेक्ट’ एन्फा टेक्नोलोजी सेन्टरबारेको रिटमा उच्च अदालत पोखराले लिखत जवाफ पेस गर्न आदेश दिएको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको छ।
युरोपेली च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पोर्टोले आर्सनललाई १–० ले पराजित गरेको छ।
गत वर्षकै लयलाई दोहोर्याउने लक्ष्यसाथ मैदानमा उत्रिएको नेपालले एकनासको खेल प्रदर्शन गर्न सकेन। फलस्वरूप नामिबियाले नेपालविरुद्धको दुवै खेलमा जित हात पार्यो।
पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको थियो। जितसँगै ३ खेलबाट ४ अंक जोडेको नामिबिया तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
मल्लले बुधबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र लेख्दै फागुन ३ देखि ६ गतेसम्म बसेको कार्यसमिति बैठकको निर्णय नम्बर ४ र ५ मा असन्तुष्टि जनाएका छन्।
टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको छ। नेपालका आशिफ शेखले ६४ बलमा ८ चौका र १ छक्कासहित ५८ रन बनाए।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले नामिबियासँगको खेलमा एक परिवर्तन गरेका छन्। उनले गुल्शनकुमार झाको स्थानमा करण केसीलाई टोलीमा समेटेका छन्।
क्यानडा ११ ले दिएको २४१ रनको लक्ष्य नेपाल ‘ए’ले २ विकेट बाँकी छँदै ४९.१ ओभरमा पूरा गरेको हो। नेपाल ‘ए’का लागि सन्दीप जोराले सर्वाधिक ६६ रन बनाए।