AnonymousUser

Logout

महिला फुटबल टोलीका खेलाडीलाई‌ जनही ५१ हजार दिने एन्फाको घोषणा

साउदी अरबबाट शुक्रबार राति फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले प्रोत्साहनस्वरूप उक्त रकम दिने घोषणा गरेका हुन्। 

नामिबियामाथि नेपालको रोमाञ्चक जित 

त्रिकोणात्मक टी२० आई सिरिजअन्तर्गत शुक्रबारको खेलमा नामिबियालाई ३ रनले पराजित गरेको नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ।

नेपालले दियो नामिबियालाई १८१ रनको लक्ष्य

फाइनलमा पुग्नका लागि पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। नेपालले नामिबियालाई पराजित गरेमा मात्र नेपालको फाइनल पुग्ने सम्भावना कायमै रहन्छ।

अत्यधिक गतिविधिले बिग्रियो दशरथ रंगशालाको मैदान, एन्फाले गुमाउँदैछ अन्तर्राष्ट्रिय प्रतियोगिता

खेलकुद मात्र नभई अन्य कार्यक्रमसमेत हुने दशरथ रंगशाला मैदान लगातार प्रयोगले बिग्रिँदा अन्तर्राष्ट्रिय फुटबल नै नहुने अवस्था आएको छ। जस कारण ‘१२औँ खेलाडी’ भनिने दर्शक मात्र होइन र आम्दानी पनि गुम्दैछ।

त्रिकोणात्मक टी–२० क्रिकेट: नामिबियाविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल 

नामिबिया र नेदरल्यान्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नामिबियालाई पराजित गर्नु पर्ने छ।

वाफ महिला च्याम्पियनसिप: नेपाल फाइनलमा जोर्डनसँग पराजित

नेपाल पहिलो सहभागितामै उपविजेता बनेको छ। फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो।

‘डीपीआर’मै सीमित गण्डकीमा खेल पूर्वाधार

गण्डकीमा लाखौँ रुपैयाँ खर्चेर डीपीआर बनाइए पनि निर्माण शुरू नभई खेल पूर्वाधार अलपत्र परेका छन्। तर कहिले धुलाम्मे त कहिले हिलाम्मे मैदानमा खेल प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता छ।

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन टेन्डर आह्वान

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो।

नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २ रनले पराजित भएको छ।

सावित्रा भण्डारीले जोर्डनविरुद्ध फाइनल नखेल्ने

एन्फाले बुधबार विज्ञप्ति जारी गर्दै सावित्राले जोर्डनविरुद्ध फाइनल नखेल्ने जनाएको छ। प्रतियोगिताको फाइनल बिहीबार हुनेछ।

नेदरल्यान्ड्सविरुद्ध टस जित्दै नेपाल फिल्डिङमा 

नेपाल पहिलो जितको खोजीमा छ। मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।

वाफ महिला च्याम्पियनसिप: उपाधिका लागि नेपाल र जोर्डन भिड्ने

नेपालको जितमा साबित्रा भण्डारी र प्रीति राईले गोल गरे। प्रीतिले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै नेपाललाई फाइनल पुर्‍याइन्। 

नेपालले पराजयबाट शुरू गर्‍यो टी२० शृंखला

नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १८६ रन मात्रै बनाउन सक्यो।

नामिबियाले नेपाललाई दियो २०७ रनको बलियो लक्ष्य, लोफ्टीको कीर्तिमानी शतक

नामिबियाका लागि जान निकोल लोफ्टी इटनले उत्कृष्ट ब्याटिङ गर्दै ३३ बलमा शतक प्रहार गरे। इटनले नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान पनि तोडेका छन्।

यो वर्ष ‘ए’ डिभिजन लिग नहुने

शहीद स्मारक ‘ए’ डिभिजन लिग यो वर्ष नहुने भएको छ।

पाँच वर्ष कैद सजाय सुनाइएका एन्फा उपाध्यक्ष लामा पदमै, साधारणसभामा भएन विषय प्रवेश

लागुऔषध कारोबार मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका एन्फा उपाध्यक्ष दावा लामा अहिले पनि फरार छन् तर उनलाई पदमुक्त गर्न अध्यक्ष र महासचिवले चासो नदिँदा साधारणसभामा कारबाहीको विषयले प्रवेश नै पाएन।

क्यानको ‘ए’ श्रेणीमा ६ क्रिकेटर, मासिक १ लाख तलब

क्यानले पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडीको श्रेणी विभाजन गर्दै मासिक तलब निर्धारण गरेको छ। ‘ए’ श्रेणीमा पर्ने पुरुष खेलाडीले एक लाख र महिला खेलाडीले ५० हजार रुपैयाँ पाउने क्यानले जनाएको छ।

‘एन्फा नेतृत्वले पेलेर जान खोज्यो’

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले वर्तमान नेतृत्वले पेलेर जान खोजेको आरोप लगाएका छन्।

काराबाओ कप: चेल्सीलाई हराउँदै लिभरपुल बन्यो च्याम्पियन

वेम्बलीमा आइतबार राति भएको फाइनल खेलमा भर्जिल भान डाइकले गरेको गोलले लिभरपुललाई काराबाओ कपको उपाधि दिलायो।

नामिबिया र नेदरल्यान्ड्ससँग टी२० श्रृंखला खेल्न नेपाली टोली घोषणा

त्रिदेशीय टी२० श्रृंखलाका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ।