AnonymousUser

Logout

वुमन्स प्रिमियर लिगको उपाधि बैंग्लोरलाई

आइतबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोरले उपाधि जितेको हो। उपाधि विजेता बैंग्लोरले ६ करोड भारतीय रुपैयाँ पुरस्कार पाएको छ।

एफए कपः डियालोको गोलले म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश

आइतबार राति भएको खेलमा युनाइटेडले ४–३ गोलको रोमाञ्चक जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का बनाएको हो।

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

इतिहाद स्टेडियममा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सिटी अन्तिम चारमा पुगेको हो। घरेलु टोलीका लागि दुवै गोल पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाले गरे। 

एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

फाइनलमा मोरङ फुटबल संघलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटी च्याम्पियन बनेको हो।

काठमाडौँमा ह्वीलचेयर म्याराथन, २०० जना सहभागी

भृकुटीमण्डपबाट शुरू भएको म्याराथन भद्रकाली, शहीद गेट, न्युरोड गेट, रानीपोखरी, जमल, दरबार मार्ग हुँदै पुनः भृकुटीमण्डपमा आएर समापन भएको थियो।

अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित

नेपालले फिफा विश्वकप र एएफसी एशियन कपको संयुक्त छनोटअन्तर्गत बहराइनविरुद्धको खेलअघि मलेसियासँग अभ्यास खेल खेलेको हो।

लिभरपुल युरोपा लिगको क्वार्टरफाइनलमा 

बिहीबार दोस्रो लेगमा स्पार्टा प्रागलाई ६–१ ले हराउँदै लिभरपुल समग्रमा ११–२ को अग्रतासहित अन्तिम ८ मा पुगेको हो।

देश चिनाउन विनिताले रोजेको बाटो : दृष्टिविहीन महिला क्रिकेटमा पहिलो शतकको कथा

नेपालले दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिता खेल्न थालेको १० वर्ष भइसकेको छ। तर यही वर्ष भारतविरुद्ध शतक प्रहार गर्दै ओपनर ब्याटर विनिता पुन नेपालको तर्फबाट पहिलो शतक बनाउने खेलाडी भइन्।

च्याम्पियन्स लिगको अन्तिम ८ मा पुग्ने सबै टिमको टुंगो

एट्लेटिको मड्रिड, बोरुसिया डर्टमन्ड, बार्सिलोना, रियल मड्रिड, आर्सनल, म्यानचेस्टर सिटी, बायर्न म्युनिख र पीएसजी च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेका छन्।

आईसीसी अध्यक्ष ग्रेग बार्कली नेपाल आउने

चार दिने भ्रमणमा आउन लागेका अध्यक्ष बार्कलीले राजनीतिक नेतृत्वहरूसँग पनि छलफल गर्ने कार्यतालिका रहेको क्यानले जनाएको छ।

एन्फाका पदाधिकारीको विदेश भ्रमणबारे मन्त्रालयको आपत्ति, कारबाही गर्न निर्देशन

युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ।

फुटबलमा झेल: आर्थिक संकटले घरेलु प्रतियोगिता नगर्ने एन्फाका पदाधिकारी लर्को लागेर विदेश भ्रमणमा

आर्थिक संकट देखाउँदै ‘बी’ तथा ‘सी’ डिभिजन लिग र ‘सी’ डिभिजन छनोट नखेलाएको एन्फाले ‘ए’ डिभिजन लिग पनि अर्को वर्षलाई सारेको छ। तर पदाधिकारी भने एन्फाकै खर्चमा धमाधम विदेश भ्रमणमा छन्।

फाइनलमा पपुवा न्युगिनीसँग नेपाल पराजित

पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ८५ रन बनाउँदा १६.३ ओभरमा अलआउट भयो।

उपाधि जित्न नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो।

च्याम्पियन्स लिग: आर्सनल र बार्सिलोना अन्तिम ८ मा

आर्सनल १४ र बार्सिलोना ४ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुगेका छन्।  

टी२० शृंखलाको फाइनलमा पपुवा न्युगिनी र नेपाल भिड्ने

हङकङविरुद्ध १२२ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १२.४ ओभरमै लक्ष्य पूरा गर्‍यो।

पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा

नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा ११३ रनमा अलआउट भयो। नेपालका कुशल भुर्तेलले १२ रन खर्चेर ४ विकेट लिए।

कुशल र सन्द‍ीपको अर्धशतकमा नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायो। नेपालका कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे।

पीएनजीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

पछिल्लो खेलबाट नेपालले टोलीमा एक परिवर्तन गरेको छ। मुख्य प्रशिक्षक मोन्टी देशाईंले अभिनाश बोहराको स्थानमा आकाश चन्दलाई अवसर दिएका छन्। 

इंग्लिस प्रिमियर लिग: लिभरपुल र म्यान्चेस्टर सिटीको बराबरी

आइतबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले सिटीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।