पाँच पटकको च्याम्पियन थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मी पहिलोपटक आहा रारा पोखरा गोल्डकप च्याम्पियन बन्न सफल भएको छ।
त्रिभुवन आर्मीलाई हराउँदै पुलिसले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
उनले अध्ययन जत्तिकै खेलकुद पनि महत्त्वपूर्ण रहेको बताए। अनुशासित भएर खेल्ने हो भने खेलबाटै देशको नाम चम्किने उनको भनाइ थियो।
खेलमा निर्धारित समयसम्म पछि परेको अवस्था उल्टाउँदै दक्षिण कोरियाले अस्ट्रेलियामाथि २–१ को जित हासिल गरेको छ। कोरियाले अब फाइनल प्रवेशका लागि जोर्डनसँग खेल्नेछ।
आर्मीका प्रशिक्षक मेघराज केसी यसपटक इतिहास दोहोर्याउन नभएर बनाउन आएको बताउँछन्। थ्रीस्टार पनि उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिने भएको छ।
आईसीसी यू१९ विश्वकपअन्तर्गत बंगलादेशसँगको खेलका क्रममा आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै अर्जुन कुमाललाई आईसीसीले कारबाही गरेको छ।
नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता रहेकी सावित्राले अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरिसकेकी छन्।
बिहीबार राति रियल मड्रिडले गेटाफेलाई २–० ले पराजित गरेको छ। रियलको जितमा दुवै गोल जोसेलुले गरे।
आर्मीले गण्डकीलाई ६४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। अब आर्मीले फाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
लिभरपुल २२ खेलबाट ५१ अंकसहित शीर्ष स्थानमा कायम छ। म्यानचेस्टर सिटी २१ खेलमा ४६ अंकसहित दोस्रो स्थानमा छ।
सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि नेपालको ब्याटिङ प्रदर्शन औसत मात्रै रह्यो।
बुधबार सम्पन्न खेलमा कर्णालीसँग एपीएफ २१ रनले पराजित भएको हो। योसँगै एपीएफले 'थ्री डे एलिट ट्रफी' पनि खेल्न नपाउने भएको छ।
कोशीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रन बनाउँदै अल आउट भयो।
कुनै समय पूर्वाञ्चल विकासक्षेत्रले लगातार चार वर्ष राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेर इतिहास बनाएको थियो। पूर्वाञ्चलकै भूभाग समेटिएको कोशी प्रदेश यो वर्ष पीएम कपमा जितविहीन हुनबाट मात्र जोगिएको छ।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछ्याएको एपीएफले १४.१ ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनायो। जितसँगै एपीएफले ७ खेलबाट ८ अंक बनाएको छ।
जोर्डनले सेमिफाइनल प्रवेशका लागि फेब्रुअरी २ मा ताजिकिस्तानविरुद्ध खेल्ने छ।
गण्डकीलाई ६ विकेटले पराजित पुलिसले प्रधानमन्त्री कपको फाइनलमा स्थान सुरक्षित गरेको छ। अर्को खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ।
आईसीसी सदस्यका रूपमा श्रीलंका क्रिकेटले दायित्व उल्लंघन गरेको भन्दै गत नोभेम्बरमा निलम्बन गरेको थियो।
कतारमा जारी प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले इन्डोनेसियालाई ४–० गोल अन्तरले पराजित गरेको हो।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारका खेलमा त्रिभुवन आर्मी र मधेश प्रदेश विजयी भएका छन्।