AnonymousUser

Logout

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटी लगातार चौथो उपाधिनजिक

अहिलेसम्म कुनै पनि टिमले लगातार चार पटक प्रिमियर लिगको उपाधि जित्न सकेका छैनन्। सिटीले आइतबार घरेलु मैदानमा वेस्ट हामलाई पराजित गरे लिगको ट्रफी उचाल्नेछ।  

वर्षाका कारण खेल रद्द भएपछि गुजरातको प्लेअफ सम्भावना समाप्त

वर्षाका कारण खेल रद्द भएपछि गुजरात र कोलकत्ताले १–१ अंक बाँडेका छन्। यससँगै गुजरात प्रतियोगिताबाट बाहिरिएको छ। 

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेडलाई हराउँदै शीर्ष स्थानमा उक्लियो आर्सनल

आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि १–० गोल अन्तरले जित हात पार्दै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

आईपीएल क्रिकेटमा बैंगलुरू र चेन्नाईको प्लेअफ सम्भावना कायमै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरू र चेन्नाई सुपर किंग्सले पछिल्ला खेलमा जित हासिल गर्दै प्लेअफ सम्भावना कायम राखेका छन्।

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा 

जितपछि सिटीको ३६ खेलमा ८५ अंक पुगेको छ। दोस्रो स्थानको आर्सनलको समान खेलमा ८३ अंक छ। लिगमा बाँकी दुई खेलमा जित हासिल गरे सिटीले उपाधि जित्नेछ। 

नरेन्द्र र पुष्पाले जिते कर्णाली हाफ म्याराथन

सुर्खेतको वीरेन्द्रनगरमा भएको म्याराथनमा नेपाली सेनाका रावत प्रथम भएका हुन्। उनले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ११ मिनेट २५ सेकेन्डमा पूरा गरे।

गिल र सुदर्शनको शतकमा चेन्नाईमाथि गुजरातको जित 

२३२ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन मात्र बनाउन सक्यो।

कर्णाली हाफ म्याराथन शुरू, १ हजारभन्दा बढी सहभागी

नेपालगन्ज म्याराथनको यात्रा दशक पुगेको अवसरमा दौड संस्कृतिको विकास गर्न भन्दै यस वर्षदेखि कर्णाली हाफ म्याराथन शुरू गरिएको आयोजकले बताएका छन्।  

बार्यन म्युनिखमाथि रोमाञ्चक जितसँगै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

एक गोलले पछि परेको अवस्थामा ८१औँ मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले तीन मिनेटको अन्तरमा २ गोल गरेपछि रियल उत्कृष्ट पुनरागमन गर्दै फाइनल पुगेको छ।

पीएसजीलाई हराउँदै डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा

मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा पनि फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै डर्टमन्ड ११ वर्षपछि च्याम्पियन्स लिगको उपाधि नजिक पुगेको छ।

मैत्रीपूर्ण फुटबलमा इंग्ल्यान्ड ‘सी’सँग नेपाल पराजित

बेलायतको अल्डरसटस्थित इबीबी रंगशालामा सोमबार राति भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड ‘सी’ २–० ले विजयी भएको छ। 

विश्वकप क्रिकेटको सहआयोजक वेस्ट इन्डिजलाई आतंकवादी हमलाको धम्की

टी–२० विश्वकप प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। यहीबीच सहआयोजक वेस्ट इन्डिजमा आतंकवादी हमलाको धम्की आएको छ।

आईपीएल: लखनउलाई ९८ रनले हराउँदै कोलकाता शीर्ष स्थानमा

टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २३५ रन बनाएको थियो। जवाफमा लखनउ १६.१ ओभरमा १३७ रनमा अलआउट भयो।

बार्सिलोनाको हारसँगै रियल मड्रिडलाई ला लिगा उपाधि

शनिबार राति बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएसँगै रियल ३६ पटक ला लिगा च्याम्पियन बनेको हो।

वेस्टइन्डिज ‘ए’माथि नेपालको सान्त्वना जित

वेस्टइन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।

नेपालले टस हार्‍यो, वेस्टइन्डिज ‘ए’ पहिला ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिजका कप्तान रोस्टन चेजले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले अन्तिम खेलमा पनि फिल्डिङ गर्ने भएको छ।

आईपीएल: रोमाञ्चक खेलमा राजस्थान १ रनले पराजित

आईपीएलमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्समाथि रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको खेलमा हैदराबाद १ रनले विजयी भएको हो।

एक खेलअगावै वेस्टइन्डिज ‘ए’ले जित्यो नेपालसँगको श्रृंखला

वेस्टइन्डिज ‘ए’ले एक खेलअगावै नेपालसँगको पाँच खेलको टी२० श्रृंखलाको उपाधि जितेको छ।

वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २१० रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यारेबियन टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो। 

च्याम्पियन्स लिगको पहिलो लेगमा पीएसजीको हार

बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमन्डसँग पीएसजी १–० ले पराजित भएको छ।