कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यू गिनीका ३ खेलाडीले अर्धशतक प्रहार गरेका छन्।
भियतनाम र नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अप्रिल ५ र ८ मा दुई खेल खेल्नेछन्। शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।
युरोपा लिगअन्तर्गत प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले रियल बेटिसलाई ४–१ ले पराजित गरेको छ।
सन् २०२१ सेप्टेम्बरमा राष्ट्रिय टोलीमा डेब्यु गरेर ३२ ओडीआई खेलेका आसिफले एक हजार रन पार गरेकै दिन शतकीय इनिङ्स खेलेका छन्। उनी हजार रनको आँकडा पार गर्ने दोस्रो र शतक प्रहार गर्ने पाँचौँ खेलाडी बने।
नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २४५ रन मात्रै बनाउन सक्यो। जितसँगै नेपालले ३३ खेलबाट ३४ अंक जोडेको छ।
पपुवा न्यू गिनीका सेमो कामेअले ९.१ ओभर बलिङ गर्दै ३८ रन खर्चिएर ५ विकेट लिए।
शेखले १०१ बलमा १० चौका र २ छक्कासहित १०० रन पूरा गरेका हुन्।
आसिफ शेखले ३२औँ ओडीआईमा १ हजार रनको कोशेढुंगा पार गरेका हुन्। यसअघि नेपालबाट रोहित पौडेलले मात्र १ हजार रन पार गरेका थिए।
नेपालका प्रशिक्षक मोन्टी देसाईले प्लेइङ ११ मा एक परिवर्तन गरेका छन्। उनले नियमित ओपनर कुशल भुर्तेललाई खेलाएका छन्।
बुधबार राति भएको दोस्रो लेगमा घरेलु टोली बायर्नले पीएसजीलाई २–० ले पराजित गर्यो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबारबाट शुरू हुने अन्तिम शृंखलाका सबै खेलमा सुखद नतिजा निकाल्ने बताएका छन्।
दशरथ रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा हिमालयन शेर्पाले विभागीय टोली नेपाल पुलिसलाई १-० गोलअन्तरले पराजित गरेको छ।
सातदोबाटोको जितमा विलियम्स असिडेउले ५५ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
चेल्सीका रहिम स्टर्लिङले ४३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। हाभर्जले ५३औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै अग्रता दाेब्बर पारे।
क्यानले यूएई र पपुवा न्युगिनी (पीएनजी)सँग खेल्न रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।
चर्च ब्वाइजले खुमलटारलाई ३-१ गोल अन्तरले पराजित गरेको छ। २ खेलबाट ६ अंक जोडेको चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।
'ए' डिभिजन लिगमा थ्रीस्टार र फ्रेन्ड्स क्लबले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
नेपालले लिग-२ अन्तर्गत अन्तिम ओडीआई सिरिज त्रिवि क्रिकेट मैदानमा यूएई र पपुवा न्युगिनीसँग खेल्ने छ।
एंकल चोटको शल्यक्रिया गरेका पीएसजीका ब्राजिलियन फरवार्ड नेयमारले यस सिजनको बाँकी खेल गुमाउने भएका छन्।
यूएईले आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने अन्तिम त्रिकोणात्मक ओडीआई सिरिजका लागि टोली घोषणा गरेको छ।