'ए' डिभिजन लिगमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ भने संकटा क्लब र चर्च ब्वाइजले अंक बाँडेका छन्।
भारत र अस्ट्रेलियाबीच तीन एकदिवसीय शृंखला शुक्रबार शुरू हुँदैछ। यो शृंखलामा उपकप्तान स्टिभ स्मिथले टोलीको नेतृत्व गर्नेछन्।
प्यालेस्टाइनमा भएका दुवै खेल जितेर नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ। नेपालले प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड दुवैलाई समान ६–० ले पराजित गरेको थियो।
'ए' डिभिजन लिगमा हिमालयन शेर्पालाई पराजित गर्दै खुमलटार अंक तालिकाको चौँथो स्थानमा उक्लिएको छ।
सोमबार सम्पन्न खेलमा पपुवा न्यू गिनीलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोट सिधै खेल्ने सम्भावना कायम राखेको छ।
आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पीएनजीले नेपालसामु ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको पपुवा न्यू गिनी संकटमा देखिएको छ।
मोन्टी देसाईले प्रशिक्षण सम्हालेयता खेलेका १० खेलमध्ये ९ खेलमा नेपाल विजयी भएको छ। कप्तान रोहित पौडेल प्रशिक्षकले फ्रिडम दिँदा ब्याटिङ सुधारिएको बताउँछन्।
आइतबार सम्पन्न अन्तिम खेलमा नर्दन मारियाना आइल्यान्डलाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह 'बी' को विजेता बनेको छ।
'ए' डिभिजन लिगमा मछिन्द्रले मनाङलाई रोक्दै अंक तालिकामा खाता खोलेको छ भने आर्मीले एनआरटीसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।
नेपालले यूएईलाई १७७ रनको फराकिलो अन्तरले पराजित गर्दै आगामी चार वर्षका लागि ओडीआई मान्यता कायमै राखेको छ।
रोहित पौडेलले सर्वाधिक ७७ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ११२ बलमा ९ चौका प्रहार गरे।
रोहित पौडेलले ८३ बलमा ७ चौका प्रहार गर्दै ५३ रन बनाएका छन्। उनी ओडीआईमा सर्वाधिक अर्शतक प्रहार गर्ने नेपाली खेलाडी पनि बनेका छन्।
त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन्।
लिभरपुल २६ खेलबाट ४२ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ।
साउदी अरबमा आयोजित विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स–२०२२ मा सिर्जनाले विश्व वरीयतामा दोस्रो र तेस्रो स्थानका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितिन्। चीनमा हुने एशियाडमा पनि उनको लक्ष्य स्वर्ण नै छ।
‘ए’ डिभिजन लिगमा पुलिसले लगातार तेस्रो हार बेहोरेको छ भने जावलाखेल र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
थ्रीस्टारले नवप्रवेशी एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको छ। जितसँगै थ्रीस्टारले ३ खेलबाट ४ अंक जोडेको छ।
पपुवा न्युगिनीले दिएको २४७ रनको लक्ष्य पछाएको यूएई ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रनमै समेटियो।
यूएईका आयन खानले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ३ मेडनसहित ३४ रन खर्चिए।