AnonymousUser

Logout

साबिक विजेता गुजरातसँग पन्जाबको हार

बिन्द्रा स्टेडियममा घरेलु टोली पन्जाबले दिएको १५४ रनको विजयी लक्ष्य गुजरातले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

'ए' डिभिजन लिग : थ्री स्टारसँग पुलिस पराजित

थ्री स्टारले आठ खेलमा चार जित, दुई बराबरी र दुई हारको नतिजासहित १४ अंक जोडेको छ। पराजय बेहोरेको पुलिसको समान खेलमा एक जित, एक बराबरी र ६ हारको नतिजासहित चार अंक छ।

मूलपानी रंगशालामा मैदानलाई ठिक्क छ जग्गा, जबर्जस्ती प्यारापेट बनाए हुँदैन क्रिकेट

आईसीसीको नियमअनुसार मूलपानीमा निर्माणाधीन तल्लो मैदानमा ‘बाउन्ड्री लाइन’ ठिक्क हुन्छ। त्यसलाई समेत मिचेर प्यारापेट बनाइयो भने अन्तर्राष्ट्रिय क्रिकेटको मापदण्ड नै पुग्दैन।

चेन्नईमाथि राजस्थानकाे रोमान्चक जित

१७६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन मात्र बनाउन सक्याे। 

च्याम्पियन्स लिग : रियल मड्रिडले चेल्सीलाई हरायो

रियल मड्रिडको जितमा करिम बेन्जेमा र एसेन्सियोले गोल गरे।

बालगोपाल महर्जन चर्च ब्वाइजको मुख्य प्रशिक्षक

प्रशिक्षक प्रदीप हुमागाईंले वर्क परमिट नपाएपछि चर्च ब्वाइजबाट राजीनामा दिएका थिए। त्यसयता क्लब प्रशिक्षकविहीन थियो।

फेयर ब्रेक टी–२० क्रिकेट :  रुविना बनिन् ५  विकेट लिने पहिलो एसोसिएट बलर

रुविना फेयर ब्रेक टी–२० क्रिकेट प्रतियोगितामा पाँच विकेट लिने चौथो खेलाडी हुन्। उनी जारी प्रतियोगिता पाँच विकेट लिने पहिलो बलरसमेत हुन्।

म्यानचेस्टर सिटीद्वारा बार्यन म्युनिख पराजित 

च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई ३–० ले पराजित गरेको छ। 

मुम्बईको पहिलो जित, दिल्लीको लगातार चौथो हार

दिल्लीले दिएको १७३ रनको विजयी लक्ष्य मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। 

जियेचलाई भित्र्याउने होडमा टोटनह्यामसँगै वेस्टह्याम र फुलह्याम

चेल्सीले ३० वर्षीय जियेचका लागि २० मिलियन युरोको प्रस्ताव गरेको छ। उनी सन् २०२० मा आयाक्सबाट ३३.३ मिलियनमा चेल्सी आएका थिए।

एसीसी प्रिमियर कप : अहमदको कप्तानीमा मलेसियाको टोलीको घोषणा

मलेसिया क्रिकेट एसोसिएसनले मंगलबार अहमद फैजको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ।

ए डिभिजन लिग : आर्मीको तेस्रो जित

आर्मीका लागि जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदील राईले गोल गरे। जावलाखेलका सुनिल खड्काको गोल सान्त्वना रह्यो।

'ए' डिभिजन लिग : खुमलटारमाथि मछिन्द्रको फराकिलो जित, अफिजले गरे ५ गोल

मछिन्द्रले खुमलटारविरुद्ध ७ गोल गर्‍यो। खुमलटारले भने ३ गोल मात्रै फर्काउन सक्यो।

बेंगलोरलाई हराउँदै शीर्षस्थानमा उक्लियो लखनऊ 

‍विकेट किपर निकोलस पुरनले विष्फोटक ब्याटिङ गरेपछि लखनऊले बेंगलोरलाई एक विकेटले पराजित गरेको छ। जितसँगै लखनऊ शीर्षस्थानमा उक्लिएको छ। 

बलियो नेपाल कप : स्टार क्रिकेट एकेडेमीलाई उपाधि

सोमबार सम्पन्न फाइनल खेलमा कर्णाली एकेडेमीलाई ७ विकेटले हराउँदै स्टार क्रिकेट एकेडेमीले बलियो नेपाल कपको उपाधि जितेको छ।

‘ए’ डिभिजन लिग : पुलिसको पहिलो जित, चर्च ब्वाइज र एपीएफले अंक बाँडे

पुलिस क्लबले 'ए' डिभिजन लिगमा फ्रेन्ड्सलाई पराजित गर्दै पहिलो जित हात पारेको छ भने अर्को खेलमा चर्च ब्वाइज र एपीएफले बराबरी खेल्दै अंक बाँडेका छन्।

५ बलमा लगातार ५ छक्का प्रहार गरेका रिन्कु भन्छन्- बललाई हानी मात्रै रहेँ

यश दयालको अन्तिम पाँच बलमा रिन्कुले लगातार पाँच छक्का प्रहार गरेपछि कोलकाताले २०५ रनको लक्ष्य पूरा गरेको थियो।

एसीसी प्रिमियर कपअघि नेपाल र ओमानबीच अभ्यास खेल

क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले एसीसी प्रिमियर कप प्रतियोगिताअघि ओमानसँग अभ्यास खेल खेल्न लागिएको बताएका छन्।

४१ वर्षीया ऋतु: मैदानमा खेलाडी, डगआउटमा प्रशिक्षक

नेपालको महिला क्रिकेट टोलीले १६ वर्षअघि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा महत्त्वपूर्ण सदस्य रहेकी ऋतु कनौजिया अहिले पनि सुदूरपश्चिमबाट खेलिरहेकी छन्। उनी प्रदेशको कप्तान र प्रशिक्षक दुवै हुन्।

शीर्ष स्थानको आर्सनल अग्रता जोगाउन नसक्दा लिभरपुलसँग बराबरीमा रोकियो

खेलको पहिलो हाफमा नै ३ गोल भएको थियो। लिभरपुलको मैदानमा आर्सनलले २५ मिनेटभित्र २ गोल गरेको थियो। उसले आठौँ र २५ मिनेटमा गोल गरेको थियो।