AnonymousUser

Logout

वृत्य र रोहनको दोहोरो शतकीय साझेदारीमा यूएईद्वारा कुवेतलाई ३७२ रनको लक्ष्य

यूएईका वृत्यले १८५ रनको शतकीय इनिङ्स खेले। उनले १४७ बलमा १७ चौका र ९ छक्का प्रहार गरे। अनुभवी ब्याटर रोहन ११८ रनमा आउट भए। मुस्तफाले १२५ बलमा १० चौका र ४ छक्का प्रहार गरे।

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, चेल्सी पराजित

रियल मड्रिड क्वार्टरफाइनलको दुवै लेगमा इंग्लिस क्लब चेल्सीलाई पराजित गर्दै समग्रमा ४–० को नतिजासहित च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको छ।

बलियो प्रतिस्पर्धीमाझ आत्मविश्वासी नेपाली टोली

“हाम्रो समूहको बलियो टोली ओमान नै हो। त्यो खेल जित्यौँ भने समूह चरणको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुन्छ। त्यसैले बेस्ट दिन्छौँ,” कप्तान रोहित भन्छन्।

‘ए’ डिभिजन लिग : एनआरटीसँग खुमलटार पराजित

एनआरटीलाई जित दिलाउन सरोज तामाङ, सञ्जीव विष्ट र मोहित गुरुङले समान एक/एक गोल गरे। खुमलटारका श्याम मुर्मूले एक गोल फर्काए।

फुटबलमा अन्धकारः रोकियो ‘बी’ डिभिजन लिग, एन्फासँग छैन जवाफ

एन्फाले दुईपटक तोकिएको मितिमा पनि ‘बी’ डिभिजन लिग गर्न सकेन र नयाँ मितिसमेत घोषणा गरेको छैन। ‘बी’ डिभिजन लिग नभए ‘ए’ डिभिजन पनि संकटमा पर्ने भन्दै सरोकारवालाहरू फुटबल अन्धकारमा पुग्ने बताउँछन्।

एसीसी प्रिमियर कप : कुशल र भीमको शतकीय साझेदारीमा मलेसियामाथि नेपालको जित

कुशल मल्ल र भीम सार्कीको शतकीय साझेदारीमा घरेलु टोली नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ।

एसीसी प्रिमियर कप : बाबरको शतकमा हङकङको जित

सिंगापुरले दिएको १७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।

मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य

मलेसियाका कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाए। नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले ३/३ विकेट लिए।

एसीसी प्रिमियर कप : मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल, ज्ञानेन्द्र र करण बेन्चमा 

यसअघि ५० ओभरको खेलमा नेपाल र मलेसिया ५ पटक आमनेसामने भएका छन्। ती सबै खेलमा नेपाल विजयी भएको छ।

चेन्नईसँग बेंगलोर ८ रनले पराजित 

जितका लागि २२७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१८ रन बनायो। 

एसीसी प्रिमियर कप : नेपाललाई घरेलु मैदानको ‘एड्भान्टेज’

प्रशिक्षक मोन्टी देसाईले समर्थकको साथ खेलाडीहरूका लागि ‘सुपर मोटिभेसन’ मान्छन्। यसपटक घरेलु मैदानले नेपाली टोलीलाई फाइदा पुग्ने प्रशिक्षक देसाई बताउँछन्।

रारा म्याराथन वैशाख २२ गते

रारा म्याराथनले स्थानीय खेलाडी उत्पादनमा पनि विशेष जोड दिनेछ। यस वर्ष मुगुका खेलाडीहरूलाई म्याराथनमा भाग लिँदा शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

रेलिगेसन जोनबाट माथि उक्लियो फ्रेन्ड्स, चर्च ब्वाइजसँग थ्री स्टारले अंक बाँड्यो

‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पालाई पराजित गर्दै फेन्ड्स रेलिगेसन जोनबाट माथि उक्लिएको छ भने अर्को खेलमा चर्च ब्वाइज र थ्री स्टारले बराबरी खेल्दै अंक बाँडेका छन्।

‘बी’ डिभिजनका क्लबले गरे सांकेतिक विरोध

लिग अनिश्चित भएको भन्दै शहीद स्मारक ‘बी’ डिभिजनका क्लबले सांकेतिक विरोध गरेका छन्।

‘ए’ डिभिजन लिग : उपाधि होडमा संकटा

जितसँगै संकटाले ९ खेलमा ४ जित, ३ बराबरी र २ हारको नतिजा निकालेको छ। समान खेल खेलेको एपीएफले ११ अंक जोडेको छ।

एसीसी प्रिमियर कप : रोहितको कप्तानीमा नेपालको टोली घोषणा

एसीसी प्रिमियर कपका लागि क्यानले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।

आईपीएल क्रिकेट : पन्जाबसँग लखनऊको हार   

लखनऊले दिएको १६० रनको विजयी लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। 

मनाङलाई पराजित गर्दै जावलाखेल शीर्ष स्थानमा उक्लियो, मछिन्द्र एनआरटीसँग रोकियो

'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दीलाई ३–० गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिँदा मछिन्द्र एनआरटीसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

मैत्रीपूर्ण खेलमा ओमानविरुद्ध नेपाल ५ विकेटले विजयी

ओमानले दिएको लक्ष्य नेपालले ४४.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको छ।

हैदराबादसँग कोलकत्ता पराजित

जितका लागि २२९ रनको विशाल लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन बनायो।