'ए' डिभिजन लिगमा मछिन्द्रले फ्रेन्ड्स क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दा अर्को खेलमा खुमलटार युथ क्लबले मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई पनि २–१ गोल अन्तरले पराजित गरेको छ।
एसीसी प्रिमियर कपअन्तर्गत शनिबार भएका खेलमा साउदी अरेबियाले कतारलाई ७ विकेटले र कुवेतले बहराइनलाई २ विकेटले पराजित गरेको छ।
१३५ रनको विजयी लक्ष्य चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
एसीसी प्रिमियर कपमा ओमानलाई ८४ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको छ। नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा सबै विकेट गुमाउँदै २२६ रनमा समेटियो।
सन्दीपले ४२ ओडीआईमा १०० विकेट लिँदै विश्व कीर्तिमान बनाएका छन्। यसअघि अफगानिस्तानका राशिद खानले ४४ खेलमा १०० विकेट लिएका थिए। सन्दीपले खेलेका पछिल्ला २८ ओडीआई सबैमा विकेट लिएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रन बनायो। नेपालले ओडीआईमा बनाएको यो सर्वाधिक उच्च योगफल हो।
कुशलले नेपालका तर्फबाट ओडीआईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडीको किर्तिमानसमेत बनाएका छन्। यसअघि रोहितकुमार पौडेलले सन् २०२२ मा पपुवा न्यू गिनीविरुद्ध ९१ बलमा शतक प्रहार गरेका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशलले ३१ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।
नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। अर्का ओपनर आशिफ शेख चौथो ओभरको चौथो बलमा आउट भए।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले ओमानविरुद्धको खेलमा एक परिवर्तन गरेका छन्। मलेसियाविरुद्ध खेलेका तीव्र गतिका बलर गुलशन झाको स्थानमा उनले करण केसीलाई मौका दिएका छन्।
कोलकत्ताले दिएको १२८ रनको विजयी लक्ष्य दिल्लीले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
जितसँगै चर्च ब्वाइज १८ अंक जोडेको छ भने सातदोबाटो १७ अंकमा सीमित भएको छ।
थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १-० गोलअन्तरले पराजित गरेको छ। जितसँगै थ्रीस्टार दोस्रो स्थानमा उक्लिएको छ। उसको १० खेलबाट १८ अंक पुगेको छ।
सिंगापुर बहराइनसँग १३२ रनले पराजित भएको छ। बहराइनले दिएको २८७ रनको लक्ष्य पछ्याएको सिंगापुर ४३.१ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो।
रियल बेटिसका कप्तान जोआकिन सान्चेज रोड्रिग्वेजले सिजनको अन्त्यमा संन्यास लिने घोषणा गरेका छन्।
समूह ‘ए’ को दोस्रो खेलमा मलेसियाले साउदीलाई ८ विकेटले पराजित गरेको छ। साउदीले दिएको १५४ रनको लक्ष्य मलेसियाले २१.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटी र बार्यन म्युनिखले १–१ तथा इन्टर मिलान र बेन्फिकाले ३–३ गोलको बराबरी खेलेका थिए।
रियलसँग पराजित भएपछि चेल्सीका कप्तान थियागो सिल्भा क्लबको व्यवस्थापनप्रति रूष्ट देखिए। उनले क्लबको यो नतिजको जिम्मेवार खराब ट्रान्सफर रणनीतिले ड्रेसिङ रूममा ल्याएको बेमेल रहेको आरोप लगाए।
बुधबार सम्पन्न समूह 'ए' को पहिलो खेलमा ओमानले कतारलाई ४० रनले पराजित गरेको छ। ओमानले दिएको २५० रनको लक्ष्य पछ्याएको कतारले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै २०९ रन मात्र बनायो।
यूएईले दिएको ३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा सबै विकेट गुमाउँदै २२८ रनमा समेटियो। यूएईलाई विशाल स्कोरमा पुर्याउन वृत्य अरविन्दले १८५ र रोहन मुस्तफाले ११८ रन बनाए।