नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले अफगानिस्तानको राष्ट्रिय फुटबल टोली पुनर्निर्माण गर्ने बताएका छन्।
नेपालले दोस्रो ओभरको दोस्रो बलमा नै विकेट गुमाएको छ। कुशल भुर्तेल ८ बलमा २ रन बनाएर बाहिरिए। अहिले आसिफ सेख र भीम सार्की ब्याटिङमा छन्।
दोस्रो स्थानमा रहेको सिटीले शीर्षस्थानको आर्सनलमाथि ४–१ को सानदार जित दर्ता गरेको छ।
समूह 'ए'को आफ्नो अन्तिम खेलमा साउदी अरबलाई ३६७ रनको विशाल लक्ष्य दिएको ओमान ७२ रनले विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ। यो समूहबाट नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ।
यूएई बहराइनलाई ८ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूहको विजेता बन्न भने यूएईले हङकङ र कुवेतबीच हुने खेल कुर्नुपर्ने भएको छ।
नरेन्द्र मोदी स्टेडियममा २०८ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन मात्रै बनायो।
कतारले दिएको २१६ रनको लक्ष्य मलेसियाले ३४.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। मलेसियाका सैयाद अजिजले सर्वाधिक ८० रन बनाए। उनले ६६ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार सम्पन्न खेलमा फ्रेन्ड्सले एनआरटीलाई र पुलिसले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ।
नेपालको लागि विनीता पुनले विस्फोटक ब्याटिङ गर्दै ५७ बलमा अविजित रहँदै १११ रन प्रहार गरिन्।
सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछ्याएको कुवेतले २६.३ ओभरमा ६ विकेट गुमाउँदै ११८ रन बनायो। कुवेतका ओपनर अदनान इद्रिसले सर्वाधिक ३८ रन बनाए।
जितसँगै एपीएफले १२ खेलबाट १७ अंक जोडेको छ। पाँचौँ स्थानमा रहेको एपीएफले ५ जित, २ बराबरी र ५ हार बेहोरेको छ।
नेपालले फिलिपिन्ससँग आगामी जेठ ३२ मा मैत्रीपूर्ण खेल खेल्ने छ। यो खेल फिफा डेअन्तर्गत खेल्न लागिएको एन्फाका प्रवक्ता सुरेश शाह जानकारी दिए।
एसीसी प्रिमियर कपअन्तर्गत सोमबारको खेल वर्षाका कारण रद्द भएपछि नेपाल र साउदी अरबले अंक बाँडेका छन्।
मूलपानी मैदानमा नेपालले पहिलो पटक ५० ओभरको खेल खेल्दै छ। नेपाल र साउदी अरबबीचको खेल बिहान ९ बजेदेखि माथिल्लो मैदानमा शुरू हुने तय थियो।
जारी सिजनमा चेन्नईको यो पाँचौँ जित हो भने कोलकत्ताको पाँचौँ हार हो।
शेर्पा ११ खेलबाट १० अंक जोडेर रेलिगेसन जोनमा रहेको छ।
आइतबार यूएईले दिएको ४७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७० रन मात्रै बनाउन सक्यो।
मलेसियाले दिएको २२८ रनको लक्ष्य ओमानले ४१.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ४७१ रन बनाएको हो।
पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो।