मुख्य प्रशिक्षक मोन्टी देसाईले आजको खेलमा एक परिवर्तन गरेका छन्। उनले दीपेन्द्रसिंह ऐरीको स्थानमा तीव्र गतिका बलर तथा अलराउन्डर गुलशन झालाई मौका दिएका छन्।
एसीसी प्रिमियर कपको उपाधि विजेता टोलीले भारत र पाकिस्तानसमेत सहभागी हुने एशिया कपमा स्थान बनाउने छ। तर, वर्षाले 'रिजर्भ डे'मा समेत खेल नहुने अवस्था आए वरीयतामा अगाडि रहेको नेपाल एशिया कपमा पुग्नेछ।
इमर्जिङ कप जुलाईमा हुनेछ। उक्त प्रतियोगितामा नेपाल, ओमान र यूएईसँगै भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशको ए टोलीले भाग लिने छन्।
बार्सिलोना यामलले क्लबमा निरन्तरता दिनेमा विश्वस्त छ, उनलाई व्यावसायिक सम्झौता प्रस्ताव गर्ने र उनको भविष्य सुरक्षित गर्दिने बचन पनि दिएको छ। यद्यपि, यामलसँग जमाल मुसियालाजस्तै अरू क्लब जाने विकल्प छ।
ला लिगामा दोस्रो स्थानमा रहेको रियलले ३२ खेलबाट ६८ अंक जोडेको छ। शीर्षस्थानको बार्सिलोनाको समान खेलबाट ७९ अंक छ।
काठमाडौँ उपत्यकामा भइरहेको वर्षाका कारण शनिबारलाई तय भएका शहीद स्मारक 'ए' डिभिजन लिगअन्तर्गतका खेल प्रभावित भएका छन्।
डीएल मेथडमा ओमानलाई पराजित गर्दै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। यूएईले उपाधिका लागि नेपालसँग खेल्ने छ।
एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा कुवेतविरुद्धको खेल वर्षाको कारण रद्द भएपछि नेपाल फाइनलमा पुगेको छ।
कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३६ रन जोड्न सकेको छ। नेपालका लागि करण केसीले पाँच र सोमपाल कामीले एक विकेट लिए।
नेपालले समूह ‘ए’को विजेता र कुवेतले समूह ‘बी’को उपविजेताका रूपमा अन्तिम चारमा स्थान बनाएका हुन्।
जितका लागि २५८ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले १९.५ ओभरमा अलआउट हुँदै २०१ रन मात्र बनायो।
जुनमा हुने छनोटमा सहभागी खेलाडीमध्ये योग्य खेलाडीहरूलाई छनोट गरिने प्रतियोगिताका लागि नेपालको संयोजन गरिरहेका अबिन कार्कीले बताए।
थ्री स्टार क्लबलाई पराजित न्युरोड टिम (एनआरटी) शहीद स्मारक 'ए' डिभिजन लिगको रेलिगेसनबाट उम्किएको छ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले दिन लागेको ‘ट्याक्टिल ट्रेनिङ’ प्रशिक्षणका लागि २८ खेलाडी डाकिएको छ।
२०३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन मात्र बनायो।
'स्थिति कहिलेकाहीँ अनुकूल हुँदैन। त्यसैले यसलाई म ठूलो चुनौतीका रूपमा लिन चाहन्नँ। सबै कुरा वान बल ब्याटलबाट नै समाधान हुन्छ। आजको खेलले मलाई नयाँ कुरा सिकायो,' प्रशिक्षक देसाईले भने।
एपीएफले १३ खेल खेल्दा १८ अंक जोडेको छ भने अर्को टोली फ्रेन्ड्सले समान १३ खेलबाट १५ अंक बनाएको छ।
एसीसी प्रिमियर कपअन्तर्गत समूह 'बी'को अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गर्दै फाइनल प्रवेशका लागि नेपालसँगको भेट पक्का गरेको छ।
एसीसी प्रिमियर कपमा नेपालले बलिङमा उत्कृष्ट पुनरागमन गर्दै कतारलाई पराजित गरेको छ। नेपाल अपराजित रहँदै समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने छ।
एसीसी प्रिमियर कपअन्तर्गत समूह 'ए'को अन्तिम खेलमा कतारविरुद्ध खराब ब्याटिङ गरेको नेपालले १५८ रनको लक्ष्य दिएको छ। ४०.२ ओभरमा अलआउट भएको नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए।