AnonymousUser

Logout

रियल मड्रिडले ९ वर्षपछि जित्यो कोपा डेल रेको उपाधि

गएराति भएको फाइनलमा ओसासुनालाई २–१ ले पराजित गर्दै रियल च्याम्पियन बनेको छ। रियलको जितमा दुवै गोल ब्राजिली विंगर रोड्रिगोले गरे। 

गुजरातसँग राजस्थान ९ विकेटले पराजित

गुजरात सातौँ जितका साथ अंक तालिकाको शीर्षस्थानमा कायम छ। पाँच जित र पाँच हार बेहोरेको राजस्थान पाँचौँ स्थानमा छ। 

‘ए’ डिभिजन लिग : खुमलटार र हिमालयन शेर्पा विजयी

‘ए’ डिभिजन लिगमा शुक्रबार शीर्ष स्थानको जावलाखेल युथ क्लब खुमलटार युथ क्लबसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध हिमालयन शेर्पाले स्पष्ट तीन अंक खोस्न सफल भएको छ।

कोलकत्तासँग हैदराबाद ५ रनले पराजित

जितसँगै कोलकत्ता आठौँ स्थानमा उक्लिएको छ। पराजित हैदराबाद नवौँ स्थानमा छ।

संकटा र एनआरटीलाई रेलिगेशनको डर यथावत्, मछिन्द्र उपाधि होडमा फर्कियो

बिहीबार सम्पन्न १४औँ चरणको खेलमा संकटा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि होडमा पुनरागमन गरेको छ।

म्यानचेस्टर सिटीले वेस्ट हामलाई हरायो, हालान्डको कीर्तिमानी गोल

हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमान बनाएका छन्। उनले ३३औँ खेलमा यो कीर्तिमान बनाएका हुन्।

सातदोबाटोले शीर्ष स्थानमा उक्लिने मौका गुमायो, चर्च ब्वाइज दोस्रो स्थानमा

हिमालयन शेर्पासँग १-० ले हारेर 'ए' डिभिजन लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लिने मौका गुमाएको सातदोबाटो चौँथो स्थानमा खुम्चिएको छ।

कुवेतले साफ च्याम्पियनसिप खेल्ने

भारतमा आगामी जुन-जुलाईमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा कुवेतले पनि सहभागिता जनाउने भएको छ। प्रतियोगितामा कुवेतसँगै भारत, नेपाल, भुटान, माल्दिभ्स र बंगलादेश सहभागी हुनेछन्।

राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने सरकारको निर्णय

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खेलाडीलाई जनही ६ लाख र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ।

दिल्लीद्वारा गुजरात ५ रनले पराजित 

दिल्ली ९ खेलमा ३ जित र ६ हारसहित अंक तालिकाको पुछारमा छ। गुजरात ९ खेलमा ६ जित र ३ हारसहित शीर्षस्थानमा  कायम छ।

एशिया कपमा नेपाल: २१ वर्षअघि छनोट भएर पनि खेल्न पाएन, यसपटक फेरि संशय

नेपाल सन् २००२ मा एशिया कपका लागि छनोट भए पनि भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण प्रतियोगिता भएन। अहिले, दोस्रोपटक छनोट हुँदासमेत ती देशबीचको विवादले एशिया कप हुनेमा संशय छ।

नेपाल एशिया कप क्रिकेटमा, भारत र पाकिस्तानसँग खेल्ने

एसीसी प्रिमियर कपको फाइनलमा मंगलबार यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एशिया कपमा पुगेको छ। आगामी सेप्टेम्बरमा हुने एशिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूहमा छन्।

ओडीआईमा गुलशनको दोस्रो अर्धशतक

गुलशनले १६ मार्च २०२३ मा किर्तिपुरमा भएको यूएईविरुद्धको खेलमा करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए। 

यूएईले नेपाललाई दियो ११८ रनको लक्ष्य

मंगलबार यूएईले सोमबारकै स्थितिदेखि खेल शुरू गरेको हो। तर, यूएई ३३.१ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनमा अलआउट भयो।

बैंगलोरद्वारा लखनउ १८ रनले पराजित

जितपछि बैंगलोर १० अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ। समान अंक रहेको लखनउ तेस्रो स्थानमा छ।

अन्धकारतर्फ फुटबलः अनिश्चित बन्यो ‘बी’ डिभिजन, पिरामिड संरचना भत्कने जोखिम

लिग संरचनाअनुसार तल्लोदेखि माथिल्लो ‘डिभिजन’का क्लबले सम्बन्धित श्रेणीमा प्रतिस्पर्धा गरेपछि मात्र एउटा लहरो पूरा हुन्छ, तर प्रतिस्पर्धाको यो लहरो बीचमै चुडाएर एन्फाले लिगको पिरामिड नै भत्काउँदैछ।

वर्षाले प्रभावित नेपाल–यूएईबीचको खेल मंगलबार हुने, यूएईले १०६–९ को स्थितिमै खेल्न शुरू गर्ने

वर्षका कारण प्रभावित भएको एसीसी प्रिमियर कपअन्तर्गत नेपाल–यूएईबीचको खेल मंगलबार हुने भएको छ। खेल सोमबारकै (१०६–९/२७.३ ओभर) स्थितिमै शुरू हुने बताइएको छ।

वर्षाका कारण आज खेल हुन नसके मंगलबार यूएईले २७.३ ओभरबाटै खेल्नु पर्ने

कीर्तिपुरमा वर्षा जारी रहेपछि सोमबार एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको खेल हुने सम्भावना न्यून बनेको छ। यदि आज खेल हुन नसके मंगलबार आजकै खेलले निरन्तरता पाउने छ।

एसीसी प्रिमियर कप: वर्षाले रोकिएको नेपाल र यूएईबीचको खेल पुन: शुरू

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको खेल पुन: शुरू भएको छ। वर्षाले आधा घन्टा खेल रोके पनि ओभर घटाइएको छैन।

वर्षापछि रोकियो नेपाल र यूएईबीचको खेल

एसीसी प्रिमियर लिग अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल र यूएईबीचको फाइनल वर्षाका कारण रोकिएको छ। खेल रोकिनुअघि बलिङमा रहेको नेपालले यूएईलाई दबाबमा राखेको छ।