AnonymousUser

Logout

तामा पिटेर टिप्ली टल्काइरहेका ज्ञानेन्द्र (भिडियो कथा)

ज्ञानेन्द्रका अधिकांश ग्राहक विदेशी नागरिक नै हुन्। उनका अनुसार बौद्ध धर्म मान्ने नेपालीले पनि किन्छन्। तर उनले बनाएका धेरैजसो टिप्ली भारत र चीन जान्छन्।

घान्द्रुकमा होटल व्यवसायको जग बसाउने ‘शंकरमान’

घान्द्रुकका करिब ३०० घरधुरीमध्ये १०५ मा विभिन्न व्यवसाय सञ्चालित छ। जसमा ५५ होटल, १८ होमस्टे र बाँकी रेस्टुरेन्ट, चिया कफी पसल छन्। 

भोजपुरे खुकुरी संरक्षणमा जुटेका महेन्द्र, वार्षिक १० लाखसम्म कमाउँछन् 

खुकुरी बनाउने पेसालाई अपहेलनाका रूपमा हेरिने गरिएका कारण यसमा नयाँ पुस्ता लागेका छैनन्। व्यवसाय सञ्चालनका लागि कच्चा पदार्थसँगै गुणस्तरीय फलामको अभाव छ। 

डब्लूएचओ क्षेत्रीय निर्देशकका उम्मेदवार डा. शम्भु आचार्य: ३० वर्षदेखि स्वास्थ्य व्यवस्थापनका सारथि

डब्लूएचओ दक्षिणपूर्वी एशिया निर्देशकका लागि हुने निर्वाचनमा नेपालका डा. शम्भु आचार्यसँगै बंगलादेशकी सायमा वाजिद प्रतिस्पर्धामा छन्। को हुन् डब्लूएचओ दक्षिणपूर्वको उच्च पदमा पुग्न चाहिरहेका डा. आचार्य?

मजदुरी गर्दागर्दै विदेशमा गलैँचा निर्यात गर्ने उद्यमी बनेकी देवीलक्ष्मी

सात जनालाई रोजगारी दिइरहेकी देवीलक्ष्मीले बुनेका गलैँचा चीन, श्रीलंका, जापान लगायत देशहरूमा गइरहेका छन्। कोरोना महामारीपछिको मन्दीका बीच अहिले पनि उनी वार्षिक सात लाख रुपैयाँ कमाइरहेकी छन्। 

पशुपतिमा दुनाटपरी गाँस्दा खुशी भेटिरहेकी गायत्री आमा (तस्वीर–कथा)

‘आफ्नै लगानी, आफ्नै पौरख र आफ्नै कमाइमा बाँच्न पाउनु जति रमाइलो जीवनमा अरू केही हुँदो रहेनछ।’

६ दशकदेखि आरनमा फलाम पिट्दै पदमलाल, भन्छन्– पुर्ख्यौली पेसा छाड्न मन लाग्दैन

प्रविधिको विकासले खेतबारीमा ट्र्याक्टरको प्रयोग हुन थालेपछि हलो, चाँदे, कोदालीको प्रयोगमा कमी हुँदै जाँदा आरन पेसा पनि संकटमा परेको छ।  

अमेरिकामा ‘मुटु सम्हाल्ने’ डा. मलखको ख्याति

विश्वकै ठूलो अस्पतालमध्येको मेयो क्लिनिकमा मुटुको शल्यक्रिया गर्छन् डा. मलख श्रेष्ठ। अन्य अंगभन्दा मुटु शल्यक्रिया संवेदनशील हुनाले हरेक बिहान ‘बिरामी मर्न दिन्नँ’ भनेर सजग हुने गरेको उनी बताउँछन्।

साइकलमा ‘फुड डेलिभरी’ गर्नेलाई सुरक्षासम्बन्धी तालिम 

साइकलमा ‘फुड डेलिभरी’ गर्नेहरू सडकमा अपहेलित र बढी असुरक्षित रहेकाले तालिम प्रदान गरिएको नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठको भनाइ छ। 

चाडपर्व खर्च जोहो गर्न भारत जानेको लर्को

प्रत्येक वर्ष नेपालगन्जस्थित जमुनाह नाका हुँदै चाडपर्व खर्च जुटाउन भारत जानेको लर्को लाग्ने गर्छ। हाल दैनिक २०० जनाभन्दा धेरै नेपाली भारत गइरहेको सीमानाका जमुनाहले जनाएको छ।

तनहुँका विद्यालयमा विद्यार्थीलाई सीपसँग जोड्न ‘पढ्दै कमाउँदै’ कार्यक्रम

तनहुँमा पढ्दै कमाउँदै र एक वडा एक उत्पादन कार्यक्रम लागू भएका गाउँपालिकामा विद्यार्थीले कृषि फार्म चलाउने गरेका छन्। विद्यालयको लगानीमा सञ्चालित फार्मको नाफा विद्यार्थीकै हुन्छ।

अप्ठ्यारा बाटा र अँध्यारो विगत पन्छाएर मिहिनेतले चम्किएकी मीना

उनी आफ्ना प्रशिक्षार्थी बहिनीहरूलाई भनिरहेकी हुन्छिन्– ‘कठिन समयमा कहिल्यै आत्तिनु हुँदैन। धैर्य लिएर मिहिनेत गरिराखे मैले जस्तै दिनको ५ देखि ६ हजारसम्म आम्दानी गर्ने दिन अवश्य आउँछ।’

विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार

भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै कमलबहादुर बोहोरा जागिरको सिलसिलामा अस्ट्रेलिया पुगी मूर्तिकारको सहयोगीका रूपमा काम गरे। अस्ट्रेलियामा सिकेको सीप अहिले पोखरामै प्रयोग गरिरहेका छन्।

श्रीकृष्णको ‘फार्मस्टे’ काभ्रेमा बेमौसमी स्याउबारी

काठमाडौँ विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा मास्टर्स गरेका श्रीकृष्ण अमेरिका जान भिसा शुल्क तिर्ने लाइनबाटै अचानक घर फर्की गाउँमै 'फार्मस्टे' खोलेर उदाहरणीय व्यवसायी बनेका छन्।

पूर्वी नेपालको कोसेली निगुरो

मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत  सामुदायिक वनमा निगुरो टिप्न बिहानदेखि साँझसम्म स्थानीयको भीड लाग्छ। पूर्व–पश्चिम राजमार्गका यात्रुको रोजाइमा परेको छ, यहाँको निगुरो।

नौमती बाजामार्फत जातीय भेदभाव मेटाउँदै महिला

इटहरीस्थित तलेजु नौमती बाजा महिला समूहमा ३० महिला आबद्ध छन्। एकपटक नौमती बाजा बजाएको रू २५ देखि रू ३० हजार लिने गरेका छन्। वर्षमा ६ महिनाजति व्यस्त हुने गरेको उनीहरू बताउँछन्।

रन्जना गल्लीमा तीन तलामाथि दयानाथको चिया पसल

कुनै समय नयाँ सडकमा ठेलामा चिया बेच्ने दयानाथ अहिले रन्जना गल्लीभित्र तीन तलामाथि त्यही काम गर्छन्। दैनिक २० हजार रुपैयाँसम्मको चिया बिक्री गर्ने उनी भन्छन्– मिहिनेत गर्नेलाई स्वदेशमै पैसा छ।

श्रीलंकामा नेपाली सेफ प्रवीण क्षेत्रीलाई गोल्ड मेडल

पाँच वर्षको उमेरदेखि भारतको पन्जाब प्रान्तको जम्मुमा बसेका क्षेत्रीले पेसाले ‘कुक’ रहेका आफ्ना बुवाबाट नै खाना पकाउने विधा सिकेको बताउँछन्।

काठमाडौँमा कसरी गरिखाँदैछन् ठेला र साइकलमा व्यवसाय गर्नेहरू?

गत वर्ष भएको स्थानीय तह निर्वाचनपछि काठमाडौँमा ठेला र साइकलमा व्यवसाय गर्नेको जीवन संकटतिर धकेलिएको छ। कतिपयले कम आम्दानी हुने वैकल्पिक पेसा थालेका छन्, कोही भने लुकिछिपी व्यापार नै गरिरहेका छन्।

लेक चढ्न थाले भेडी गोठ

पहिला लेकतिर हजारौँ भेडाबाख्रा हुने गरे पनि,पछिल्लो समय गोठ राख्ने चलन हराउँदै गएको भेडा गोठाला बताउँछन्। युवापुस्ता लेकमा बस्न छाडेको हुँदा धेरैले घरैमा खोर बनाएर भेडाबाख्रा पाल्न थालेका छन्।