AnonymousUser

Logout

प्लास्टिकका सामग्रीले काठका भाँडा विस्थापित गरिदिँदा संकटमा चुँदारा समुदायको पेसा

आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सस्तोमा आकर्षक तथा आधुनिक भाँडाकुँडा प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुर्ख्यौली पेसा संकटमा पर्न थालेको छ।

पाहुनाको पर्खाइमा शुक्लाफाँटाको खयरकन्द्रा घरबास

खयरकन्द्रा सामुदायिक घरबासमा आठ परिवार आबद्ध छन्। सबै परिवारका सदस्यले घरबास सञ्चालनबारे तालिम लिएका छन्।

जो काँधमा ‘कपडा पसल’ बोकेर २० वर्षदेखि गाउँ–गाउँ डुल्दैछन्

बजारमै २५० रुपैयाँ पर्ने कपडा गाउँ पुर्‍याएपछि पनि कसरी १५० रुपैयाँमा आउँछ भनेर सोध्दा उनले भने– ‘धेरै नाफा खाएर के गर्नु, ३०–४० रुपैयाँ फाइदा राखेर दिन्छु।’

हराउँदैछन् काठका ठेकी, पेसा संकटमा

परम्परागत रूपमा काठबाट बनेका ठेकी, पाथी र मानालगायत वस्तु लोप हुने अवस्थामा पुगेका छन्।

कोरिया सरकारले सम्मान गरेका त्रिलोकको कथा, ‘अब पर्यटक भएर विदेश जाने’

कुनै समय रोजगारीका लागि दक्षिण कोरिया पुगेका त्रिलोकको तलब ७० हजार रुपैयाँ थियो। १० वर्षअघि त्यहाँबाट फर्किँदा तलब २ लाख पुगिसकेको थियो। त्यसपछि, स्वदेशमै व्यवसाय थालेका उनी २५ जनालाई रोजगारी दिन्छन्।

अवकाशपछि फर्किएका ‘लाहुरे’को गन्तव्य फेरि विदेश, भन्छन्– जानेको काम गर्न पाइएन

पोखरालाई ‘लाहुरेले बनाएको शहर’ भनिन्छ। तर तिनै लाहुरे अहिले धमाधम बेलायततिरै फर्कन थालेका छन्। ‘लाहुरेले जाँड खानेबाहेक केही जान्दैनन्’ भन्ने खराब भाष्यका कारण फर्कन बाध्य भएको धेरैको गुनासो छ।

‘विदेशी हेर्छन्, स्वदेशीले किन्छन्’

पहिले अधिकांश विदेशी पर्यटकले वसन्तपुर क्षेत्रबाट हस्तकलाका सामान चिनोका रूपमा लिने गरेको भए पनि पछिल्लो समय यस्ता सामग्री बिक्री खासै नभएको व्यापारीको भनाइ छ।

भारतीय तरकारी सस्तोमा बजार आउँदा नेपाली किसानलाई मर्का

कठिन भौगोलिक अवस्थाका कारण तरकारी उत्पादन लागत बढी पर्न जाने र भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा आफूहरू मर्कामा परेको कृषकको गुनासो छ।

पढ्ने उमेरमा श्रम गर्न बाध्य छन् बालबालिका

आर्थिक अभावका कारण धेरै बालबालिका अरूका घर तथा पसल तथा यातायातका साधनमा श्रम गर्न बाध्य भएका छन्।

विदेशबाट फर्किएर आरनमा रमाउँदै अर्जुन

बन्दीपुर गाउँपालिका–२ तीनपाटेका ३२ वर्षीय अर्जुन गजमेर १० वर्षदेखि आरन पेसामा आबद्ध छन्। हातमा सीप, मनमा जाँगर र आँट भए जुनसुकै कामबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन्।

सामुदायिक वनले जन्माएका उद्यमीहरू 

सामुदायिक वन उपभोक्ता महासंघका अनुसार देशभर वनमा आधारित करिब तीन हजार साना उद्यम सञ्चालनमा छन्। ती उद्यमबाट करिब १५ हजार महिलाले प्रत्यक्ष रोजगारी पाएका छन्। 

माटाका भाँडाले धानिएको पुस्तैनी जीवन

नेपालगन्जका मोहम्मद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आएका छन्। उनले आठ वर्षको हुँदा नै बाजेसँग माटो मुछेर जानी–नजानी भाँडाको आकार दिन थाले। बुबाबाट भाँडालाई व्यावसायिक आकार दिन सिके।

पुग्ने होइन त पूर्णिमाको 'पोर्टरी' पसल?

कोभिड–१९ को महामारीका बेला 'लकडाउन' भएपछि त्यत्तिकै घर बसेर समय कटाउँदाको पट्यार भुल्ने उपायस्वरूप पूर्णिमाले 'पोर्टरी'मा लगाब बढाएकी थिइन्। 

आम्दानीको माध्यम बन्यो सयपत्री फूल, माग पुर्‍याउन धौधौ‍

कृत्रिम फूल प्रयोगकर्ता घटेर प्राकृतिक फूलमा आकर्षण बढ्दा धनुषामा सयपत्री फूलको माग बढी भएको क्षीरेश्वरनाथ नगरपालिकाका कृषि अधिकृत गंगा यादवको भनाइ छ।

दुर्गमका कुना कन्दरामा रेडियो बजाउने 'रेडियो नेपाल दाइ' [भिडियो]

मुगु जिल्लाकै अग्लो स्थानमा रहेको स्टेसन हो मुर्मास्थित रिले स्टेसन। २०० किलोवाट क्षमताको सोलार पावरबाट सञ्चालित यो स्टेसन कर्णालीको एक मात्र सोलार बत्तीजडित रेडियो स्टेसन हो।

बेमौसमी सुन्तला फलाउँदै खड्का

सुन्तला गाउँका रूपमा परिचय बनाएको बागलुङको सिगानामा वार्षिक रूपमा मौसमी सुन्तला बिक्रीबाटै तीन करोड रुपैयाँ भित्रिँदै आएको छ। 

नेपाली कागजको बजार छ, लोक्ता पाउनै मुस्किल (भिडियो कथा)

नेपाली कागज बनाउन प्रयोग हुने लोक्ता ताप्लेजुङ, बझाङ, बाजुरालगायत जिल्लाका वनमा पाइन्छ। तर लोक्ता संकलन गर्ने युवा विदेश पलायन हुँदा काठमाडौँका नेपाली कागज उद्योग प्रभावित बनेका छन्।

वैकल्पिक पेसा रोज्दै मुसहर समुदाय

नदी, खोलाको माछा र निकुञ्जको निगुरो, तामामा आश्रित यो समुदाय पेसा परिवर्तन गरेर निकुञ्जबाट बाहिर निस्कने प्रयास गरे पनि आर्थिक उत्थानमा राज्यको नजरबाट भने ओझेलमै रहेको उनीहरूको गुनासो छ।

जंगलमा उत्पादित अल्लोबाट रोजगारीसँगै आम्दानी

कृष्णकुमारी राईले आफ्नो उद्योगमा १० जना बढीलाई रोजगारी दिएकी छन्। उनका अनुसार अल्लो व्यवसायसँग प्रत्यक्ष–अप्रत्यक्ष तीन सय बढी रोजगारमा जोडिएका छन्।

कृषिमा उदाहरण बन्दै रोल्पाका स्थानीय तह, फेरिँदैछ किसानको जीवन

रुन्टीगढी गाउँपालिकाले कृषि उत्पादन व्यवस्थित गर्दा भारतको सीमावर्ती क्षेत्रबाट समेत तरकारी खरिदकर्ता स्थानीय हाट पुग्ने गरेका छन्। अहिले रोल्पाका पालिकाहरूले कृषिबाटै समृद्धिको योजना बनाइरहेका छन्।