AnonymousUser

Logout

काठमाडौँ–२ : चर्चामा तीन महिला उम्मेदवार

परम्परागत रूपमा जित्दै आएको काठमाडौँ–२ बाट एमालेले मणिराम फुयाँललाई उम्मेदवार बनाउँदा उनलाई टक्कर दिने तीन महिला उम्मेदवार ओनसरी घर्ती, कुन्तीदेवी पोखरेल र सोविता गौतमले पनि चर्चा बटुलिरहेका छन्।

नवलपरासी पश्चिम–१ : खेतखेतमा अर्बपति चौधरी, टोल भेलामा त्रिपाठी

पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्न नवलपरासी पश्चिम–१ पुगेका अर्बपति विनोद चौधरी किसानको खेतसम्म पुगेर आश्वासन बाँडिरहँदा हृदयेश त्रिपाठीसँग मतदाता पुरानो वाचा भुलेको गुनासो गरिरहेका छन्। 

नागरिकता विधेयक अड्किँदा ५ लाख बढी नागरिक मताधिकारबाट वञ्चित

जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तान नागरिकताविहीन रहेकाले उमेर पुगे पनि मतदान गर्न पाउने छैनन्। 

निर्वाचनका सुरक्षा चुनौतीमा चनाखो बन्न आइजीपीको निर्देशन

प्रहरी महानिरीक्षक सिंहले निर्वाचनसम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमान्डर तहसम्म पुर्‍याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिएका छन्।

चुनावमा मात्रै नेता पुग्ने गंगटे उपत्यका   

गङ्गटे गाउँमा चुनावताका बाध्य भएर आउने उम्मेदवार हारे पनि जिते पनि फर्किएर नआउने स्थानीय उषा मगरले बताइन्। 

आयोगसँग कलाकारको गुनासो- निर्वाचन केन्द्र अशक्तमैत्री भएनन्

आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कलाकारहरूले मतदाता शिक्षाको प्रभावकारिता, आचारसंहिता कार्यान्वयन लगायतका विषयमा चासो राखेका थिए।

बागलुङको निसेलढोर : उम्मेदवार अझै भोट माग्न पुगेका छैनन्

निसेलढोरमा ६० घरपरिवारका एक सय ५० जना मात्रै छन्।  मतदाता कम भएकाले नेताहरू भोट माग्न नआएको स्थानीय गोरख घर्तीमगरले जानकारी दिए।

जसपा नेता इस्तियाकलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले जसपा नेता मोहम्मद इस्तियाक राईलाई आचारसंहिता उल्लंघन गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ।

चुनाव प्रचारमा टोपी प्रयोग गरेको भन्दै प्रचण्ड, नारायणकाजी र रविलाई स्पष्टीकरण

निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा नेपाली टोपी तथा बालबालिकाको प्रयोगलगायत विषयमा उम्मेदवारहरूसँग स्पष्टीकरण माग गरेको छ।

विराटनगरको तीन मतदान केन्द्रमा सुरक्षाकर्मीसहित सम्पूर्ण कर्मचारी महिला

आदर्श बालिका माध्यमिक विद्यालय मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण महिला कर्मचारीले निर्वाचन गराउने मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए।

निर्वाचनको दुष्प्रचार नगर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह

प्रमुख निर्वाचन आयुक्त थपलियाले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्ने कार्य स्वीकार्य नहुने बताए। घृणा फैलाउने अभिव्यक्तिप्रति आयोग गम्भीर हुने उनको भनाइ छ।

काठमाडौँका उम्मेदवारसँग एक दिन : पुरानासँग मतदाताको गुनासै गुनासो, नयाँसँग आशा

काठमाडौँका विभिन्न क्षेत्रमा उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त हुँदा पुरानाप्रति मतदाता रुष्ट देखिएका छन् भने नयाँ उम्मेदवारप्रति आशा देखाइरहेका छन्।

लोसपाको घोषणापत्रः मिश्रित निर्वाचन प्रणाली, संविधानका पक्षपातपूर्ण धारा संसोधन गर्ने (पूर्णपाठ)

लोसपाले चुनावी घोषणापत्रमा संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणालीको निरन्तरतामा नै जोड दिएको छ।

लोसपाको घोषणापत्र : संविधान संशोधन आवश्यक

नागरिकता समस्याको हल र मधेश आन्दोलनमा संलग्नमाथि चलाइएको मुद्दा फिर्ताको विषय पनि लाेसपाकाे घोषणपत्रमा छ।

दलहरूकै सहमतिमा आचारसंहिता बनेको हो, पालना गर्नैपर्छ : आयुक्त भण्डारी

निर्वाचन आयोगले आचारसंहिता पालनामा सबै इमानदार देखिनुपर्नेमा जोड दिएको छ। आयोगले आचारसंहिता सबैको सहमतिमा निर्माण गरिएको भन्दै पालना गर्नैपर्ने बताएको हो।

सुर्खेतका २० मतदानस्थल अति संवेदनशील

सुर्खेतमा १ सय ३९ मतदान स्थल रहेको निर्वाचन आयोगले जनाएको छ।

'आयोगले सञ्चार संस्थाको अनुगमन गर्दैन, सेतोपाटीलाई लेखेको चिठी सच्याउँछौँ'

प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता पालना गरे-नगरेको अनुगमन गर्ने काम आयोगको नभई प्रेस काउन्सिलको भएको बताए।

काठमाडौँ–१ : २४ वर्षअघि कांग्रेसको जमानत जफत, त्यहीँबाट प्रकाशमानको उदय

आन्तरिक किचलोका कारण २०५६ सालमा कृष्णप्रसाद भट्टराईको जमानत जफत भएको काठमाडौँ–१ मा २०६४ सालको संविधानसभा निर्वाचन जितेर प्रकाशमानले पहिलोपटक कांग्रेस झन्डा गाडेका थिए।

मतपेटिका साटिने दिव्यज्ञान प्राप्त गरेको छैन : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजको अनुभवलाई आत्मासात् गरेर अघि बढनेसमेत बताए।

मतदातालाई अप्ठेरो : जनप्रतिनिधि चुन्ने कि ठेकेदार व्यापारी?

यसअघि सांसद बनेका व्यापारी र ठेकेदारले आफ्नो स्वार्थपूर्ति हुने खालका विधेयक बनाउन दबाब दिएका थिए। यसपटक पनि दलहरूले व्यापारी र ठेकेदारलाई महत्त्व दिँदा मतदाताको मत सदुपयोग हुने सम्भावना कति होला?