सत्ता गठबन्धनका शीर्ष नेताले भरतपुरस्थित गेस्टहाउस चौरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
एमाले अध्यक्ष केपी ओलीले डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत नमूना मतदान गरेकाे हाे। जसमा कोही विद्यार्थी उम्मेदवार, कोही मतदाता, कोही निर्वाचन कर्मचारीको भूमिकामा देखिएका थिए।
सत्ता गठबन्धनले चितवनमा शनिबार संयुक्त चुनावी सभा गर्न लागेको कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले बताए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि प्राप्त जिम्मेवारीलाई तटस्थ र निष्पक्ष भएर पूरा गर्न मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्देशन दिएका छन्
संसदीय निर्वाचनमा ४१ वर्षदेखि नुवाकोटबाट निरन्तर उम्मेदवार बनिरहेका अर्जुननरसिंह केसी नवौँपटक प्रतिस्पर्धामा छन्। उनी पञ्चायत, प्रजातन्त्र र गणतन्त्र तीनै व्यवस्थामा लाभ लिने नेता हुन्।
प्रतिनिधिसभामा उमेर समूहको प्रतिनिधित्व (२०४८-२०७४) प्रतिनिधिसभामा २०४८ सालदेखि २०७४ सम्म २० देखि ३० वर्षका - ४० ३० देखि ४० वर्षका - ३०९ ४० देखि ५० वर्षका - ४४८ ५० देखि ६० वर्षका - २९३ ६० देखि ७० वर्षका - ११४ ७० भन्दा माथि - २१
प्रतिनिधिसभा (२०७४)मा पुरुष १८४ र महिला ९१ प्रतिनिधि थिए।
सत्ता गठबन्धनबाट लोसपाका राजेन्द्र महतो र माओवादी केन्द्रको चिह्न लिएका महेन्द्र राय यादव दुवै उम्मेदवार भएपछि कांग्रेस समर्थकको मत निर्णायक हुने भएको छ।
२०७४ को प्रतिनिधिसभाका सांसदमा साक्षर: ८ प्राथमिक तह: २ निम्न माध्यमिक तह: ३ माध्यमिक तह: ३१ प्रविणता तह: ४२ स्नातक तह: १०१ स्नातकोत्तर: ६२ विद्यावारिधि: १२ उल्लेख नभएको: १८
नेपाली कांग्रेसबाट कञ्चनपुर-३ का प्रतिनिधिसभा उम्मेदवार रमेश लेखकले आफूविरुद्ध उठेका बागी उम्मेदवारलाई ‘स्वतन्त्र’ भन्न मिल्ने बताएका छन्। उनले तिनीहरूको प्रभाव नरहने दाबी समेत गरेका छन्।
एमालेबाट कञ्चनपुर-३ की प्रतिनिधिसभा उम्मेदवार निरूदेवी पालले आफ्नो जित सुनिश्चित भएको बताएकी छन्। उनले यस क्षेत्रका लागि विभिन्न महत्वाकांक्षी योजनासमेत अघि सारेकी छन्।
निर्वाचनका बेला १७७ वटा मोबाइल टोली परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
२०७४ सालको आमनिर्वाचनमा भूमिगत रहेरै फराकिलो जित हासिल गरेका रेशम चौधरी यसपटक प्रतिस्पर्धामा छैनन्। तर, श्रीमती रञ्जिता नयाँ दल खोलेर उम्मेदवार बन्दा सत्ता गठबन्धन र एमालेलाई चुनौती बनेकी छिन्।
निर्वाचन आयोगले सञ्चालन गरिरहेको कल सेन्टरमा निर्वाचनसँग सम्बन्धित अनेकौँ प्रश्न तथा सूचना माग्दै कल आउने गरेका छन्।
अघिल्ला निर्वाचनकै मुद्दा र योजना लिएर आउने तर काम नगर्ने परिपाटीका कारण मतदाताले यस पटक उम्मेदवारका मुद्दालाई महत्व दिएका छैनन्।
निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि सबै क्षेत्रमा मतपत्र पुर्याएको छ।
आन्तरिक किचलोका कारण चितवन–१ मा एमाले उम्मेदवार सुरेन्द्र पाण्डे र कांग्रेस उम्मेदवार विश्व पौडेलले कार्यकर्ता परिचालन गर्न नसक्दा स्वतन्त्र पार्टीले भने आक्रामक चुनावी प्रचार गरिरहेको छ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले प्रतिगमनकारीविरुद्ध गठबन्धन गरेकाे बताएका छन्।
राजनीतिक दल वा उम्मेदवारले अनलाइन सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा लागेको खर्चको विवरण प्रचलित कानूनबमोजिम पेस गर्नुपर्ने निर्वाचन खर्चको विवरणमा समावेश गरी पेस गर्नुपर्ने व्यवस्था रहेको छ