AnonymousUser

Logout

उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा परेनः प्रदीप पौडेल

काँग्रेसका सांसद पौडेलले विश्व विद्यालयलाई राजनीतिक भागबण्डाका आधारमा चलाउन नहुने बताएका छन्।

संघीय शिक्षा विधेयक पुनर्लेखन गर्न शिक्षाविद‍्हरूको माग

प्रतिनिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा संघीय शिक्षा विधेयकका बारेमा आफ्ना धारणा राख्दै शिक्षाविद्हरूले संशोधन मात्रै नभई विधेयकको पुनर्लेखन आवश्यक रहेको बताएका हुन्।

म्याग्दीमा अभिभावक र विद्यार्थीले छाने उत्कृष्ट शिक्षक

अभिभावक भेला र विद्यालय व्यवस्थापन समितिको बैठकबाट छनौट भएका उत्कृष्ट चार शिक्षकलाई नगदसहित टीकामाया स्मृति दिवसका अवसरमा बुधबार पुरस्कृत गरिएको छ।

पैयुँपाटाका विद्यार्थी: पढ्दै, पञ्चेबाजा बजाउन सिक्दै

बागलुङ पञ्चेबाजाका लागि प्रख्यात मानिन्छ। तर, पछिल्लो समय युवापिँढीले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।

राष्ट्रिय परीक्षा बोर्ड भन्छ– एसईई हटाए विद्यार्थीको शैक्षिकस्तर खस्किन्छ

कक्षा १० मा अनुत्तीर्ण हुने विद्यार्थी पुनः भर्ना भएर पढ्न सक्ने, तर कक्षा १२ मा अनुत्तीर्ण भए उमेरका कारण पुनः पढ्न मन नगर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माको भनाइ छ।

विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्न संसदीय समितिमा सुझाव

नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले देशभरका सामुदायिक विद्यालयमा कार्यरत ४० हजार कर्मचारीलाई संघीय सरकारका दरबन्दीमा राखी त्यहीअनुसार सेवा सुविधा दिन माग गरेको छ।

विद्यालय समायोजन गर्दै कञ्चनपुरका स्थानीय तह

कञ्चनपुरका बेदकोट र दोधारा चादँनी नगरपालिकाले विद्यालय समायोजन गरिसकेका छन्। अन्य पालिका प्रक्रियामा छन्।

दिक्तेलमा सामुदायिक विद्यालय सुधार्ने अभियान, टोल–टोलबाट सुझाव संकलन गरिँदै

सहभागीले शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, आवासीय शिक्षा, अभिभावक शिक्षा, समय सान्दर्भिक पाठ्यक्रम लागू गर्नुपर्नेलगायत सुझाव दिएका छन्।

त्रिविको उपकुलपतिको लागि दोस्रो पटक आवेदन माग

प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गरेर दोस्रो पटक दरखास्त आह्वान गरेको हो।

शिक्षणको भाषा विद्यालयले नै छनोट गर्न पाउनुपर्छ: महासंघ

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले विद्यालयमा कुन भाषामा शिक्षण गराउने भन्ने कुरा अभिभावकसँगको सल्लाहमा विद्यालयले टुंग्याउनुपर्ने बताए।

त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द

उपकुलपति छनोट तथा सिफारिस समितिले यसअघि प्रकाशन भएको सूचना रद्द गर्दै त्यसबारे आवश्यक व्यवस्था गरी पछि अर्को सूचना प्रकाशन गर्ने जनाएको छ। 

त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली छ।

शिक्षकलाई स्थानीय तहमातहत नराख्ने गरी संविधान संशोधन गर्न महासंघको माग

महासंघले शिक्षक–कर्मचारीको रजिस्ट्रेसन, तालिम र पेशागत विकासमा काम गर्न एउटा शिक्षण काउन्सिल बनाउनसमेत माग गरेको छ।

जाजरकोट भूकम्प प्रभावितलाई फेकनद्वारा ५ लाख सहयोग

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले जाजरकोट भूकम्प प्रभावितको आवास पुनर्निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ।

सार्वजनिक चासोले रूपान्तरित हुँदै विद्यालय

महोत्तरी– लगनपूर्वक काममा लाग्दा असम्भव केही रहेनछ भन्ने उदाहरण बर्दिबास–९ का दुई सामुदायिक विद्यालयले देखाएका छन्। आम रूपमा सामुदायिक विद्यालयको साख गिर्दै गइरहेका बेला ‘विद्यालय रूपान्तरण अभियान’ले यहाँका दुई विद्यालयले स्वरूप मात्र फेरेक…

गुरुकुल शिक्षामा बढ्दो आकर्षण: संस्कृत पढ्न भारतबाट झापा

गुरुकुल शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ। झापामा सञ्चालित विभिन्न गुरुकुलमा भारतको आसामदेखि आएका विद्यार्थीसमेत अध्ययन गरिरहेका छन्।

नियमित पोसाकभन्दा फरक पोसाक किन्न लगाउने विद्यालयलाई काठमाडौँ महानगरले कारबाही गर्ने

विद्यालयहरूले नियमित पोसाकबाहेक चाडपर्वका नाममा विभिन्न पोसाक खरिद गर्न लगाएको भन्ने गुनासो आएपछि काठमाडौँ महानगरले त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।

बाल संगठनलाई काठमाडौँ महानगरको ३० लाख सहयोग

बाल संगठनमा आश्रय लिइरहेका बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि  ३० लाख रुपैयाँ सहयोग गरिएको काठमाडौँ महानगरले जनाएको छ।

परशुरामको सिद्धनाथ माविमा घाँस बेचेर शिक्षकलाई तलब

निजी स्रोतका शिक्षक एवं कर्मचारीलाई तलब दिन चन्दा सहयोगदेखि विद्यालयको दुई बिघा क्षेत्रफलमा हुने घाँस बिक्री गरेरसमेत आर्थिक जोहो गर्नुपरेको विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराई बताउँछन्।

दिवा खाजा कार्यक्रम रोकिँदा समस्यामा चेपाङ बालबालिका

खाजा पाइने भएपछि कतिपय बालबालिका घरमा खाना नखाई विद्यालय जाने गरेका थिए। अहिले दिवा खाजा कार्यक्रम रोकिँदा विद्यालयमा विद्यार्थीको संख्या पनि घटेको छ।