AnonymousUser

Logout

शिक्षणको भाषा विद्यालयले नै छनोट गर्न पाउनुपर्छ: महासंघ

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले विद्यालयमा कुन भाषामा शिक्षण गराउने भन्ने कुरा अभिभावकसँगको सल्लाहमा विद्यालयले टुंग्याउनुपर्ने बताए।

त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द

उपकुलपति छनोट तथा सिफारिस समितिले यसअघि प्रकाशन भएको सूचना रद्द गर्दै त्यसबारे आवश्यक व्यवस्था गरी पछि अर्को सूचना प्रकाशन गर्ने जनाएको छ। 

त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली छ।

शिक्षकलाई स्थानीय तहमातहत नराख्ने गरी संविधान संशोधन गर्न महासंघको माग

महासंघले शिक्षक–कर्मचारीको रजिस्ट्रेसन, तालिम र पेशागत विकासमा काम गर्न एउटा शिक्षण काउन्सिल बनाउनसमेत माग गरेको छ।

जाजरकोट भूकम्प प्रभावितलाई फेकनद्वारा ५ लाख सहयोग

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले जाजरकोट भूकम्प प्रभावितको आवास पुनर्निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ।

सार्वजनिक चासोले रूपान्तरित हुँदै विद्यालय

महोत्तरी– लगनपूर्वक काममा लाग्दा असम्भव केही रहेनछ भन्ने उदाहरण बर्दिबास–९ का दुई सामुदायिक विद्यालयले देखाएका छन्। आम रूपमा सामुदायिक विद्यालयको साख गिर्दै गइरहेका बेला ‘विद्यालय रूपान्तरण अभियान’ले यहाँका दुई विद्यालयले स्वरूप मात्र फेरेक…

गुरुकुल शिक्षामा बढ्दो आकर्षण: संस्कृत पढ्न भारतबाट झापा

गुरुकुल शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ। झापामा सञ्चालित विभिन्न गुरुकुलमा भारतको आसामदेखि आएका विद्यार्थीसमेत अध्ययन गरिरहेका छन्।

नियमित पोसाकभन्दा फरक पोसाक किन्न लगाउने विद्यालयलाई काठमाडौँ महानगरले कारबाही गर्ने

विद्यालयहरूले नियमित पोसाकबाहेक चाडपर्वका नाममा विभिन्न पोसाक खरिद गर्न लगाएको भन्ने गुनासो आएपछि काठमाडौँ महानगरले त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।

बाल संगठनलाई काठमाडौँ महानगरको ३० लाख सहयोग

बाल संगठनमा आश्रय लिइरहेका बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि  ३० लाख रुपैयाँ सहयोग गरिएको काठमाडौँ महानगरले जनाएको छ।

परशुरामको सिद्धनाथ माविमा घाँस बेचेर शिक्षकलाई तलब

निजी स्रोतका शिक्षक एवं कर्मचारीलाई तलब दिन चन्दा सहयोगदेखि विद्यालयको दुई बिघा क्षेत्रफलमा हुने घाँस बिक्री गरेरसमेत आर्थिक जोहो गर्नुपरेको विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराई बताउँछन्।

दिवा खाजा कार्यक्रम रोकिँदा समस्यामा चेपाङ बालबालिका

खाजा पाइने भएपछि कतिपय बालबालिका घरमा खाना नखाई विद्यालय जाने गरेका थिए। अहिले दिवा खाजा कार्यक्रम रोकिँदा विद्यालयमा विद्यार्थीको संख्या पनि घटेको छ।

सिभिल इन्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून

त्रिवि, काठमाडौँ, पोखरा, पूर्वाञ्चल, मध्यमाञ्चल, लुम्बिनी–बौद्ध र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा गरी प्रतिवर्ष करिब १० हजार विद्यार्थीले इन्जिनियरिङ पढ्न सक्ने क्षमता रहेको छ।

एशियामा शिक्षकको श्रमको सम्मान निराशाजनक

शिक्षकको मानव अधिकार, श्रमिक अधिकार तथा सेवा सुविधाको समग्र अवस्था निराशाजनक रहेको 'एजुकेशन इन्टरनेशनल'ले गरेको अध्ययनको निचोड छ।

त्रिविको क्याम्पस: शिक्षकले प्रयोगात्मक परीक्षामा दिएको नम्बर कसले घटायो?

आरआर क्याम्पसमा स्नातक तहको प्रयोगात्मक परीक्षामा शिक्षकले दिएको नम्बर मार्कसिटमा घटेर आएपछि विद्यार्थी रुस्ट छन्। क्याम्पस नै नआउने विद्यार्थीलाई भने मार्कसिटमा नम्बर बढाइएको उनीहरूको आरोप छ।

आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अस्पतालमा चार प्रकारका शल्यक्रियाका लागि जनशक्ति रहेको तर उपकरण अभावका कारण सेवा सञ्चालनमा समस्या भइरहेको जानकारी दिए।

जब ११ वर्षीया आशाले कोदो काट्न हेडसरसँग ४ दिन बिदा मागिन्... 

आशालाई बारीमा पाकिसकेको कोदो बाँदरले सिध्याउला भन्ने पिर रहेछ। त्यही कोदो आफू एक्लैले काटेर थन्क्याउनका लागि उनलाई कक्षाबाट चार दिन लामो छुट्टी चाहिएको थियो।

सेमेस्टर प्रणालीमा सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि त्रिविले ‘कुलपति पदक’ वितरण रोक्यो

सेमेस्टर प्रणालीमा ग्रेडिङका आधारमा नतिजा प्रकाशन गर्ने भएपछि को सर्वोत्कृष्ट भन्ने छुट्याउन समस्या भएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।

त्रिविको इन्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

प्रवेश परीक्षाको नतिजा प्रकाशन भई भर्नाका लागि मंगलबारदेखि सूचना प्रकाशन प्रारम्भ भएको छ। आंगिक क्याम्पसका विभिन्न कोटामा आवेदन दिन चाहने उम्मेदवारलाई गत कात्तिक २४ गतेभित्र आवेदन दिन भनिएको थियो।

कृषि पढ्ने विद्यार्थी घटे, पाठ्यक्रम परिमार्जन गर्ने तयारी

प्रयोगात्मक कक्षा बढ्ने गरी नयाँ पाठ्यक्रम लागू गर्न लागिएको छ। हालसम्म प्रयोगात्मक ३७ र लिखित ६३ प्रतिशत रहेकामा प्रयोगात्मकलाई ४५ प्रतिशत पुर्‍याउने तयारी छ।

भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

विद्यार्थीले टमाटर, काउली, ब्रोकाउली, च्याउलगायतको व्यावसायिक खेती गर्दै आएका छन्। तरकारी बिक्रीबाट आएको रकम प्रोत्साहनका रूपमा विद्यालयले विद्यार्थीलाई दिने गरेको छ।